०४ चैत २०८२

समाचार

प्रदेशसभाको अधिवेशन आह्वान

विराटनगर, ११ जेठ (रासस)  प्रदेश नं. १ का प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाको ‘बर्षे अधिवेशन’ यही जेठ १७ गते अपराह्न ३ बजे आह्वान गर्नुभएको छ । प्रदेश सरकार,मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको १८३को उपधारा (१) बमोजिम सो अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव रामकृष्ण गुरागाईले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।...बाँकी अंश →


रिमालको ‘बारपाक’ कम्पकाव्य सार्वजनिक

काठमाडौँ, ११ जेठ (रासस)  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले राष्ट्रिय समाचार समितिका वरिष्ठ कार्यकारी सम्पादक श्याम रिमालले लेख्नुभएको कम्पकाव्य ‘बारपाक’ आज सार्वजनिक गर्नुभएको छ । प्रेस चौतारी नेपाल रासस पत्रकारिता सम्मान तथा पुरस्कार वितरण एवम् काव्य विमोचन समारोहमा उहाँले रिमालको कृति भविष्यका पुस्ताका लागि अध्ययनको दस्तावेज बन्ने बताउनुभयो...बाँकी अंश →


औद्योगिक क्षेत्रमा वातावरणीय प्रभाव मूल्यांकन शु

रुपन्देही, ११ जेठ (रासस)  प्रदेश नं ५ को बहुप्रतिक्षित मोतिपुर औद्योगिक क्षेत्रमा वातावरणीय प्रभाव मूल्यांकन (इआए)को काम शुरु भएको छ । यद्यपि डिपिआरको पूरै प्रतिवेदन भने सार्वजनिक भइसकेको छैन । डिपिआरको काम सकिएसँगै वातावरणीय प्रभाव मूल्यांकनका लागि प्रक्रिया अगाडि बढेको उक्त आयोजनाका फोकल पर्सन तथा बुटवल औद्योगिक क्षेत्रका प्रमुख तुलबहादुर...बाँकी अंश →


वैदेशिक रोजगारमा जानेको पीडा

काठमाडौँ, ११ जेठ (रासस) गोरखाको भिमसेन गाउँपालिका–७ का ३५ वर्षीय कुमार रानामगर वैदेशिक रोजगारीका लागि २०७२ फागुनमा संयुक्त अरब इमिरेट्स जानुभयो । त्यहाँ गएको एक वर्ष नबित्दै उहाँ दुर्घटनामा पर्नुभयो । दुर्घटनाको जिम्मेवारी कम्पनीले लिएपछि रानामगर रिहा हुनुभयो । कम्पनीले अब कुनै पनि सजाय नहुने भनेपछि उहाँले ढुक्क भएर डेड...बाँकी अंश →


घरवासलाई पर्यटन प्रवद्र्धनको मेरुदण्डको रुपमा विकास गर्नुपर्छ

लमजुड, ११ जेठ (रासस) देशभरका घरवास (होम स्टे) लाई कानूनी दायरामा ल्याएर यसलाई पर्यटन प्रवद्र्धनको मेरुदण्डको रुपमा विकास गर्नुपर्ने आवश्यकतामाथि जोड दिएको छ । तारागाउँ विकास समितिद्वारा घलेगाउँमा आयोजित दुई दिने घरवास (होम स्टे) महोत्सव तथा कार्यशाला गोष्ठीको समापन अवसरमा सहभागी वक्ताले मुलुकभरीका सबै आवास घरलाई समेटेर वेभसाइट निर्माण गर्नुपर्ने,...बाँकी अंश →


नेपालमा नै स्मार्ट कार्ड उत्पादन गर्ने प्रविधि भित्रियो

काठमाडौँ, ११ जेठ (रासस)  तपाईंले सवारी साधनको चालक अनुमतिपत्र लिनका लागि कति समय कुर्नुभयो ? पक्कै पनि नौ महिना वा वर्षदिनभरि कुर्नुभयो होला । सरकारले सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्डमा रुपान्तरण गर्ने योजना अगाडि सारे पनि प्रविधिको अभावमा लामो समयदेखि अनुमतिपत्रका लागि प्रतीक्षा गरिरहनु परेको छ । नेपालका आफ्नै प्रविधिको...बाँकी अंश →


प्रशोधन केन्द्र नहुँदा पचास करोडको जैतुन खेर गयो

बाजुरा, ११ जेठ (रासस) जिल्लाका अधिकांश सामुदायिक वनमा स्थानीय जातको जंगली जैतुन प्रशस्त भए पनि संकलन र प्रशोधन केन्द्र नहुँदा खेर जान थालेको छ । जिल्लाका प्रत्येक सामुदायिक वनमा भएका जंगली जैतुनलाई संकलन गर्ने तरिका र प्रशोधन गर्ने मेशिन नहुँदा जैतुन खेर जान लागेकोप्रति स्थानीयवासी चिन्तित बनेका छन् । जंगलमा...बाँकी अंश →


सामूहिक, करार र सहकारी खेती कार्यान्वयनमा ल्याउन जोड

काठमाडौँ, ११ जेठ (रासस)  राष्ट्रियसभाको आजको बैठकमा अधिकांश सांसदले सरकारबाट प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउन जोड दिनुभएको छ । जेठ ७ गते संघीय संसद्मा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गर्नुभएको आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रमका सन्दर्भमा सांसदहरुले उक्त धारणा राख्नुभएको हो । उहाँहरुले नीति तथा कार्यक्रम शब्दमा...बाँकी अंश →


प्रादेशिक अधिकार नदिए संघीयता संकटमा: अध्यक्ष याद

राजविराज, ११ जेठ (रासस)  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिएसम्म संघीयता संकटमा रहने बताउनुभएको छ । सप्तरीको राजविराजमा आज स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष यादवले जनताको बलिदानीबाट प्राप्त भएको संघीयतालाई जोगाउनुपर्ने बताउनुभयो । स्थानीय तहलाई स्वायत्तता तथा प्रदेशलाई प्रादेशिक अधिकार नदिएसम्म संघीयता संकटमा...बाँकी अंश →


विश्व थाइराइड दिवसः नियमित औषधिले निको हुन्छ रोग

रत्ननगर, चितवन, ११ जेठ (रासस)  नियमित औषधि सेवनले थाइराइड रोग निको र नियन्त्रण हुने चिकित्सकले बताएका छन् । विश्व थाइराइड दिवसका अवसरमा आज चितवनको भरतपुरमा पुष्पाञ्जलि अस्पतालद्वारा आयोजित अन्तक्र्रिया तथा थाइराइड सम्बन्धीको सचेतनामूलक कार्यक्रममा उनीहरुले यो रोगको नियन्त्रणका लागि आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गर्नुभयो । नयाँ थाइराइड रोगी धर्मराज...बाँकी अंश →


बुटवलमा ‘जिओलोजिकल पार्क’ बनाउने तयारी

रुपन्देही, ११ जेठ (रासस  बुटवलमा भूगर्भका बारेमा अध्ययन गर्न मिल्ने ‘जिओलोजिकल पार्क’ बनाउने तयारी शुरु भएको छ । “वन विज्ञान र वातावरणका विद्यार्थीका लागि प्रयोगात्मक अध्ययन गर्न मिल्ने पार्क बनाउनेबारेमा डिपिआरसहितको लिखित प्रस्ताव आउने छ, त्यसैलै पनि हामीलाई ठूलो उत्साह जागेको छ,” बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले भन्नुभयो । उहाँले...बाँकी अंश →


साँफेबगर विमानस्थलमा प्राविधिक उडान परीक्षण सफल

अछाम, ११ जेठ (रासस)  विगत १३ वर्षदेखि बन्द रहेको अछामको साँफेबगर विमानस्थलको आज परीक्षण उडान गरिएको छ । विमानस्थलको कालोपत्रे, रनवेलगायतको काम सम्पन्न भएपछि आज समिट एयरको १९ सिटे विमानले प्राविधिक परीक्षण गरेको हो । समिट एयरको जहाज बिहान १०ः३० बजे हुम्लाको सिमिकोटबाट साँफेबगर विमास्थल साँफेबगर विमानस्थलमा अवतरण भएको थियो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter