आइतबार, २३ बैशाख २०८१

बुटवलमा ‘जिओलोजिकल पार्क’ बनाउने तयारी

११ जेष्ठ २०७५, शुक्रबार १६:४५ मा प्रकाशित

रुपन्देही, ११ जेठ (रासस  बुटवलमा भूगर्भका बारेमा अध्ययन गर्न मिल्ने ‘जिओलोजिकल पार्क’ बनाउने तयारी शुरु भएको छ ।

“वन विज्ञान र वातावरणका विद्यार्थीका लागि प्रयोगात्मक अध्ययन गर्न मिल्ने पार्क बनाउनेबारेमा डिपिआरसहितको लिखित प्रस्ताव आउने छ, त्यसैलै पनि हामीलाई ठूलो उत्साह जागेको छ,” बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले भन्नुभयो ।

उहाँले यस क्षेत्रमा प्रदेशस्तरको जिओलोजिकल पार्क बनाउने मौखिक प्रस्ताव उपमहानगरपालिकाले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष गरेको उल्लेख गर्दै प्रदेश सरकारले तत्काल जग्गा खोज्न निर्देशन दिएको बताउनुभयो । सो पार्कका लागि शिवनगर सामुदायिक वन क्षेत्र, हिलपार्क परिषद् क्षेत्र, मणिमुकुन्द सेवा उद्यान क्षेत्रका साथै उपमहानगरपालिकामा पर्ने अन्य क्षेत्रका बारेमा अध्ययन भइरहेको सुवेदीले जानकारी दिनुभयो ।

मुख्यमन्त्री पोखरेल, प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु खनाल र योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठसहितको टोलीले सम्भावित तथा प्रस्तावित क्षेत्रको अवलोकन गरेको थियो । उपप्रमुख आचार्यले प्राविधिक अध्ययनपछि पार्क कहाँ राख्ने भन्ने विषय निश्चित हुने बताउनुभयो । बुटवलको झण्डै ५४ प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको छ भने वातावरण सन्तुलित राख्न करीब ४३ प्रतिशत भूमि वन क्षेत्रले ढाक्नुपर्ने बताइएको छ ।

जिओलोजिकल पार्कका लागि उपयुक्त जग्गा निश्चित हुनेबित्तिकै डिपिआर तयार हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद खनालले बताउनुभयो । भूगर्भीय पार्कका बारेमा अध्ययन गर्न डा सागर न्यौपानेसहित विज्ञ टोलीले हालै बुटवलका विभिन्न क्षेत्रको अध्ययनसमेत गरेको यसका अर्का अभियन्ता बलबहादुर आचार्यले बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter