०५ चैत २०८२

समाचार

कर्णालीलाई देशकै धनी प्रदेश बनाइने

सुर्खेत, १९ जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य जनार्दन शर्माले कर्णालीलाई मुलुककै धनी प्रदेश बनाउने अठोट लिएको बताउनुभएको छ । आज प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले गरिबीको उपमा पाएको यो प्रदेशलाई १० वर्षपछि देशकै धनी बनाउने अठोटका साथ लागि परेको बताउनुभयो । “संघीय सरकारले आर्थिक...बाँकी अंश →


सरकारको सम्पूर्ण ध्यान आर्थिक समृद्धितर्फ ः मन्त्री बाँस्कोटा

बनेपा, जेठ १९ (रासस) ः सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको ध्यान आर्थिक समृद्धितर्फ केन्द्रित भएको बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकास्थित ढुंखर्कमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन समिति÷बेथानचोक समन्वय समिति, ढुंखर्कले आयोजना गरिएको ‘प्रथम काभ्रे आलु महोत्सव–२०७५ को उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले देशलाई आत्मनिर्भर बनाउन...बाँकी अंश →


फोटो पत्रकारद्वारा सरकारसँग सुरक्षाको माग

काठमाडौँ, १९ जेठ (रासस) ः नेपाल फोटो पत्रकार महासंघ (एनएफपिजे) ले पछिल्लो पटक फोटो पत्रकारहरूमाथि धम्की दिनुका साथै आक्रमण भइरहेको भन्दै सुरक्षाको माग गरेको छ । महासंघले यहाँ आज पत्रकार सम्मेलन गरी नौबुँदे “चितवन घोषणापत्र–२०७५” जारी गर्दै फोटो पत्रकारमाथि सेल्फ सेन्सरसिप बढेको भन्दै फोटो पत्रकारको सुरक्षा, सम्मान र स्वतन्त्र रुपमा...बाँकी अंश →


सबै भाषाको समान संरक्षण गर्नुपर्छ

काठमाडौँ, १९ जेठ (रासस)ः राज्यले सबै भाषा, धर्म र संस्कृतिको समान रुपमा संरक्षण र प्रवर्धन गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन् । गणतन्त्र दिवसको अवसरमा गोरखापत्र दैनिकको ‘नयाँ नेपाल’ बहुभाषिक पृष्ठ संयोजक समितिद्वारा यहाँ आज आयोजित “गोरखापत्र पृष्ठः हिजो, आज र भोलि” विषयक अन्तक्र्रियामा सरोकारवालाहरूले संविधानमा व्यवस्था गरिएको बहुभाषिक, बहुधार्मिक र...बाँकी अंश →


सीमा रक्षाका लागि सशस्त्र प्रहरी खटियो

दार्चुला, १९ जेठ (रासस) ः जिल्लाको उत्तरी क्षेत्रका सीमानाकाहरूको सुरक्षाका लागि सशस्त्र प्रहरी खटिएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक विकास थापाको कमाण्डमा ३२ जना सशस्त्र प्रहरीको टोली आज उत्तरी क्षेत्रका सीमा क्षेत्रतर्फ प्रस्थान गरेको सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म, दार्चुलाका गुल्मपति अम्विकाप्रसाद जोशीले...बाँकी अंश →


तरकारी व्यापारले फेरियो सियावतीको जीवन

लहान, १९ जेठ (रासस) ः कुनै बेला घरबाट निस्कन र कसैसँग हतपति बोल्नसमेत लजाउने सिरहा लक्ष्मीपुर गाउँपालिका–६ सलोखरीकी सियावतीदेवी रामलाई अहिले बजारमा तरकारी पु¥याउन भ्याइनभ्याई भएको छ । सामान्य लेखपढ गर्नसमेत नजानेकी सियावतीलाई बिहान हुनेबित्तिकै तरकारी कहाँबाट खरिद गरेर ल्याउने र नजिकको शहर बजारमा कतिबेला पु¥याउने भन्ने हतारो हुन्छ ।...बाँकी अंश →


शेयर बजार ः दुई अर्ब बढीको कारोवार

काठमाडौँ, १९ जेठ (रासस) ः धितोपत्र बजारमा यस साता रु दुई अर्ब आठ करोड ७३ लाख ५१ हजारबराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कूल १८३ कम्पनीको ४७ लाख ४४ हजार ८१० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोवार रकम गत साताको भन्दा आठ दशमलव ५६...बाँकी अंश →


बूढीगण्डकी स्वदेशी लगानीमा निर्माण हुने, मुआब्जा वितरणलाई तीव्रता दिइँदै

काठमाडौँ, १९ जेठ (रासस) ः राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई स्वदेशी लगानीमा नै निर्माण गर्ने भएको छ । लामो समयदेखि आयोजना कुन ढाँचामा कसरी निर्माण गर्ने र त्यसको प्रक्रिया के हुने भन्ने बारेमा रहेको विवादलाई हल गर्दै सरकारले आफ्नै लगानीमा आयोजना शुरु गर्ने नीतिगत व्यवस्था गरेको हो...बाँकी अंश →


साधन स्रोतको न्यायोचित वितरण हुनुपर्छ ः मुख्यमन्त्री गुरुङ

बागलुङ, १९ जेठ (रासस) ः प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राज्यका सबै तहमा साधन स्रोतको न्यायोचित वितरण हुनुपर्ने बताउनुभएको छ । बागलुङ नगरपालिकाद्वारा आज यहाँ आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “राज्यको स्रोत साधानमा सबैको बराबरी हक लाग्छ ।” “स्रोत साधनको न्यायोचित वितरण हुनुपर्छ”, मुख्यमन्त्री गुरुङले...बाँकी अंश →


रुपन्देहीको छपिया मत्स्य पर्यटनको केन्द्र बन्दै

रुपन्देही, १९ जेठ (रासस) ः तपार्इंले कहिल्यै माछाको मःम खानुभएको छ ? खानुभएको छैन भने रुपन्देहीको छपिया आउनुस् जहाँ तपाईंले भनेजस्तै मःमसहित माछाका अनेक परिकार खान पाइन्छ । छपिया फिस भिलेज रिसोर्टको नामले परिचित छन् । सो रिसोर्टमा ती परिकारबाहेक, माछाको सुकुटी, माछा फिसिङ, फिस ससेज, फिस छोइला, फिस टिक्का,...बाँकी अंश →


वर्षैभरी विद्यार्थी ल्याऔँ, टिकाऔँ र सिकाऔँ अभियान

काठमाडौँ, १९ जेठ (रासस) ः सरकारले पहिलो चरणको विद्यार्थी भर्ना अभियानको सफलतापछि विद्यार्थीलाई टिकाइ राख्न र बाँकी विद्यार्थीलाई विद्यालयमा ल्याउन दोस्रोचरणको अभियान सञ्चालनको तयारी गरेको छ । “एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचमा सुनिश्चितता र सिकाइमा स्थायित्व” भन्ने नाराका साथ सञ्चालित पहिलो चरणको अभियानमा विद्यालय बाहिर रहेका कक्षा १...बाँकी अंश →


राष्ट्रिय स्वरुपमा सफाइ अभियान, ९४ स्थानमा सफाइ शुरु

काठमाडौँ, १९ जेठ (रासस) ः विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हालसम्म देशका ९४ स्थानमा सफाइ शुरु भएको छ । देशभर भएका सफाइ अभियानबाट २० हजार मेट्रि«क टनभन्दा बढी फोहर व्यवस्थापन भएको छ । पाँच लाखभन्दा बढी मानिस सफाइमा सहभागी भएका छन् । सफाइ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter