शनिबार, ०५ जेठ २०८१

सबै भाषाको समान संरक्षण गर्नुपर्छ

१९ जेष्ठ २०७५, शनिबार २०:५५ मा प्रकाशित

काठमाडौँ, १९ जेठ (रासस)ः राज्यले सबै भाषा, धर्म र संस्कृतिको समान रुपमा संरक्षण र प्रवर्धन गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन् ।

गणतन्त्र दिवसको अवसरमा गोरखापत्र दैनिकको ‘नयाँ नेपाल’ बहुभाषिक पृष्ठ संयोजक समितिद्वारा यहाँ आज आयोजित “गोरखापत्र पृष्ठः हिजो, आज र भोलि” विषयक अन्तक्र्रियामा सरोकारवालाहरूले संविधानमा व्यवस्था गरिएको बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक लगायतका विषयलाई कार्यान्वयन गर्नुपर्ने माग गर्नुभयो ।

भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले संविधानमै व्यवस्था भएको बहुभाषिकतालाई व्यवहारिकरुपमै कार्यान्वयन गर्न सम्वन्धित समुदाय नै अग्रसर हुनुपर्छ भन्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठले सम्वन्धित निकायको सल्लाह र सुझावको आधारमा सरकारले नयाँ सञ्चार ऐन ल्याउने तयारी गरिरहेको बताउनुभयो ।

गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायले गोरखापत्र संस्थानभित्रको ‘नयाँ नेपाल’ बहुभाषिक पृष्ठमा काम गर्नेहरूका लागि समयअनुसार पारिश्रमिक वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रा डा दानराज रेग्मी, भाषाविदहरू अमितमान तामाङ र अमृत योञ्जन तामाङले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter