शुक्रबार, २१ बैशाख २०८१

समाचार

चन्द्रागिरि उद्योग वाणिज्य संघको अध्यक्षमा बानियाँ

काठमाडौँ, २३ असार (रासस) ः चन्द्रागिरि नगर उद्योग वाणिज्य संघको प्रथम साधारण सभाले उद्यमी राजेन्द्रविक्रम बानियाँको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । आगामी तीन वर्षे कार्यकाल रहने सो कार्यसमितिको उपाध्यक्षद्वयमा सुनिल रिजाल र कृष्णभक्त श्रेष्ठ, महासचिवमा घनश्याम लुइँटेल, कोषाध्यक्षमा विष्णुप्रसाद शाही, सचिवमा रमेश कार्की, सहकोषाध्यक्षमा इन्द्रवीर महर्जन...बाँकी अंश →


बाढी नियन्त्रणमा प्रभावकारी “प्रकोपाइन” प्रविधि

विराटनगर, २३ असार (रासस) ः मोरङ जिल्ला भएर बग्ने विभिन्न नदीमा आउने बाढीबाट जमीनको कटान रोक्नका लागि ‘प्रकोपाइन’ प्रविधि उपयोगी भएको छ । जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय विराटनगरले कटान नियन्त्रणका लागि अपनाइने यो प्रविधि मोरङमा प्रभावकारी बन्दै गएको छ । बाँस, बाँसको कर्च, र घाँस, पराल, भुुसको प्रयोग...बाँकी अंश →


सरकारले प्रतिपक्षलाई मिलाएर जान सकेन ः सांसद प्रधान

काठमाडौँ, २३ असार (रासस)ः काठमाडौँ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधि सभाका सांसद भीमसेनदास प्रधानले सरकारले प्रतिपक्षलाई मिलाएर जान नसकेको बताउनुभएको छ । आज क्षेत्र नं ६ वडा तोर्केश्वर नगरपालिका–९ का जनतासँग भेटघाट गर्दै पूर्व रक्षामन्त्रीसमेत रहनुभएका नेपाली काँगे्रसका नेता प्रधानले अहिलेको सरकार मिलेर भन्दा दमन गरेर अघि बढिरहेको आरोप...बाँकी अंश →


राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माण

नेपालगञ्ज, २३ असार (रासस)ः नेपालगञ्ज रंगशालामा खेलकूदका भौतिक पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको छ । नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी भौतिक पूर्वाधार निर्माणको कार्यलाई तीव्रता दिइएको हो । त्यसै क्रममा अहिले नेपालगञ्ज रंगशालास्थित कबर्ड हलको स्तरोन्नतिको काम भइरहेको छ । रंगशाला क्षेत्रको बाहिर रहेको कबर्ड हलको...बाँकी अंश →


केन्द्रबाटै घटनाको छानबिन होस् ः सासद पाण्डे

काठमाडौँ, २२ असार (रासस) ः नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले राष्ट्रिय सभा सदस्य मुक्ताकुमारी यादवका छोरा लोकेशकुमार यादवको मृत्युसम्बन्धी घटनाको छानबिनका लागि माग गर्नुभयो । गत चैत २ गते साँझ धनुषास्थित गणेशमान नगरपालिका, पोताहा चोकमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको भनिए पनि यादवको दुर्घटनाबाट नभई हत्या नै भएको दाबी गर्दै...बाँकी अंश →


अपराध नियन्त्रण भए सुशासन र समृद्धि हुने– गृहमन्त्री थापा

काठमाडौँ, २२ असार (रासस) ः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अपराध नियन्त्रण गर्न सकेमात्र मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । नेपाल प्रहरी, अपराध अनुसन्धान विभागले आज यहाँ आयोजना गरेको ‘अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको प्रथम प्रदेश सम्मेलन’ शुभारम्भ गर्दै उहाँले अपराध नियन्त्रण गर्न सके विकास र...बाँकी अंश →


मुखियालाई राष्ट्रपति कृषक पुरस्कार

महेन्द्रनगर, धनुषा, २२ (रासस) ः माछा उत्पादनमा देशभरमै उत्कृष्ट ठहरिएका धनुषाका बौएलाल मुखिया राष्ट्रपति कृषक पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । कृषिमन्त्री चक्रपाणि खनालले मुखियालाई बुधबार उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित गर्नुभएको हो । पुरस्कारको राशी रु एक लाख रहेको छ । बौएलालले माछापालनबाट वार्षिक रु ३० लाखसम्म आम्दानी गर्दैआउनुभएको छ ।...बाँकी अंश →


प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध

काठमाडौँ, २२ असार (रासस) ः प्रतिनिधिसभाको दोस्रो बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध गरेको छ । काँग्रेसले आमरण अनशरत डा गोविन्द केसीको उपचार र जीवन रक्षासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा छलफलका लागि कार्यसूचीमा ल्याउन माग गर्दै दोस्रो बैठक पनि अवरुद्ध गरेको हो । संसद्को बैठक शुरु हुनेबित्तिकै नेपाली...बाँकी अंश →


नारायणी नदीको प्रदूषण रोक्न माग

काठमाडौँ, २२ असार (रासस) ः मुलुककै धार्मिक तथा पर्यटकीय महत्वको नारायणी नदीमा बढ्दै गएको प्रदूषण रोक्न सरोकारवालाले सम्बन्धित निकायसँग माग गरेका छन् । नदी किनारमा स्थापित उद्योगबाट उत्सर्जन भएका प्रदूषित वस्तु एवं हानिकारक रसायनिक पदार्थ प्रशोधन नगरी नारायणी नदीमा विसर्जन गर्ने गरेकाले प्रदूषण बढेको सरोकारवालाहरूको आरोप छ । पूर्वी नवलपरासीको...बाँकी अंश →


काँग्रेसद्वारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँ, २२ असार (रासस) ः प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आमरण अनशनरत डा गोविन्द केसीको उपचारको व्यवस्था गरी जीवनरक्षा गर्न सार्वजनिक महत्वको प्रस्ताव संघीय संसद् सचिवालयमा दर्ता गराएको छ । काँग्रेसले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७१ बमोजिम जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न उक्त प्रस्ताव आज दर्ता गराएको काँग्रेसका...बाँकी अंश →


राष्ट्रियसभा बैठक १५ मिनेटका लागि स्थागित

काठमाडौँ, २२ असार (रासस) ः राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित चार मन्त्रालयअन्तर्गत विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथि छलफल भइरहेको छ । बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय योजना आयोगको सचिवालय एवं रक्षा, परराष्ट्र र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको हो । छलफलमा भाग लिँदै सांसद...बाँकी अंश →


चार नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

कञ्चनपुर, २२ असार ९रासस० ः कञ्चनपुरका चार नगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएका छन् । नगरपालिकाका शतप्रतिशत १६ देखि २३ महिनासम्मका बालबालिकाले खोप पाएको सुनिश्चित भएपछि सुनिश्चितता घोषणा गरिएको हो । यहाँका कृष्णपुर, शुक्लाफाँटा, बेदकोट र भीमदत्त नगरपालिकालाई खोप सुनिश्चितता घोषणा गरिएको छ । जन्मेदेखि १५ महिनासम्मका बालबालिकाले रोग...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter