शुक्रबार, २१ बैशाख २०८१

मेलमिलापको महत्व दर्साउदै माइका नेपाल

२४ असार २०७५, आईतवार २१:४३ मा प्रकाशित

शमशाद आदिल, केयरखबर

माइका नेपालको आयोजनामा आज असाढ़२४ गते धार्मिक अगुवाहरुको उपस्थितिमा मेलमिलाप बारे कार्यक्रम सम्पन्न भएको छ ।
फाटेको मन सिउने काम गरी हरेक विवादको स्थानिय स्तर मै समाधान सहित जीत जीतको आभाष गराउन जरूरी रहेको माइका नेपालका अध्यक्ष डा.महेन्द्र भटराईले

बताए।

प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र सँग सहकार्य गरी माइका नेपालले करीब २५ जनालाई मेलमिलापको तालीम दिएको थियो।
तालीम प्राप्त मेलमिलापकर्ताहरुलाई अध्ययन अनुसन्धानका लागि नुवाकोट, रासुवागढ़ी लगायत विभिन्न ठाउँमा तीन दिनको लागि पठाएको थियो ।
फ़िल्ट भीजिट गरेर तयार पारेको रिपोर्टलाई समाजिक धार्मिक अगुवाहरू समक्ष पेश गर्दै मेलमिलापको महत्व ,आवश्यकता ,र समस्या बारे अवगत गराएको छ ।
काठमांडौको ग्रीनविच होटलमा सम्पन्न भएको कार्यक्रममा बिश्व हिन्दु महासंघ नेपाल , मेलमिलाप परिषद, इस्लामी संघ नेपाल , बिश्व बौद्ध महासंघ , ईसाई संघ नेपाल , प्राकृतिक स्रोत द्वन्द रूपान्तरण केन्द्र , केयर फाउंडेशन लगायत धार्मिक समाजिक क्षेत्र कार्यरत रहेका अगुवाहरुको उपस्थिति थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter