शनिबार, २२ बैशाख २०८१

नेपाल यूथ नेटवर्कको अध्यक्षमा पुनः बिकास गुप्ता

२५ असार २०७५, सोमबार ००:०० मा प्रकाशित

नेपाल यूथ नेटवर्क ,एमनेस्टी नेपालको
तेस्रो बार्षिक साधारण सभाले कानून अध्ययनरत रहेका बिकास कुमार गुप्तालाई पुनः दोस्रो कार्यकालको लागि सर्वसहमति बाट नियुक्त गरेको छ ।

नेपाल यूथ नेटवर्क एम्नेस्टीका संस्थापक अधिवक्ता अपेक्षा निरौलाको अथित्यतामा सम्पन्न भएको सभाबाट चयन गरिएको नया कार्यसमितिमा
उपाध्यक्षमा मोहम्मद मजीद प्रवेज , सचिवमा रत्न केशरी महर्जन सल्लाहकारमा सुनीता अधिकारी परेका हुन ।
आसाढ २३ गते शनिवारका दिन
काठमांडौको नेपाल ल क्याम्पसमा सम्पन्न भएको उक्त सभामा
“ Legislation about abortion “” भन्ने बिषयमा भएको बादविवाद प्रतियोगिता पनि भएको थियो ।

प्रतियोगितामा सृजला पाण्डे , रोजीना श्रेष्ठ , रोशन नेपाल क्रमशः प्रथम , द्वित्तीय र तृतीय स्थान हासिल गरे।


आगामी दिनमा नेटवर्कले तीन गुणा बढ़ी सदस्य भित्रयाउने लक्ष्य राखेको बताउदै विभिन्न संघ संगठन सँग सहकार्य गरी मानवाधिकार बारे समाजमा चेतना फैलाउन निरन्तर प्रयास गर्ने बताए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter