शुक्रबार, २१ बैशाख २०८१

समाचार

नेपालीलाई स्वदेश ल्याउन परराष्ट्रमन्त्री इजरायल जाँदै

काठमाडौँ, २४ असोज : इजरायलमा आतङ्कवादी समूह हमासको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई ल्याउन नेपाल एयरलाइन्सको विमान आज राति ११ बजे त्यसतर्फ जाने भएको छ । नेपाली नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ इजरायल जानुहुने उहाँका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिनुभयो । शनिबार हमास समूहको आक्रमणमा...बाँकी अंश →


गाजापट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित ः संयुक्त राष्ट्रसङ्घ

जेरूसेलम, २२ असोज (रासस/एएफपी) : प्यालेस्टिनी लडाकू समूह हमास र इजरायलबीच द्वन्द्व सुरु भएयता गाजा पट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले सोमबार जनाएको छ । “गाजामा मुख्यतः डर, सुरक्षाको चिन्ता र उनीहरूको घर भत्काइएका कारण एक लाख २३ हजार ५३८ भन्दा बढी मानिस आन्तरिक रूपमा...बाँकी अंश →


अपडेड ः अफगानिस्थानमा भूकम्पमा परी ‘दुई हजारभन्दा बढी’ को मृत्यु

हेरात, अफगानिस्थान, २१ असोज (रासस/सिन्ह्वा) : अफगानिस्थानको हेरात प्रान्तमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजारभन्दा बढी पुगेको प्रान्तीय प्रशासनले जनाएको छ । भूकम्पमा परी घाइते हुनेको सङ्ख्या नौ हजार पुगेको प्रहरीले जनाएको छ । अफगानिस्थानको पश्चिमी भूभागमा शनिबार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको सयुक्त राज्य भूगर्भ...बाँकी अंश →


इजरायबाट नेपाली नागरिकका शव स्वदेश ल्याउन जहाज तयारी अवस्थामा

काठमाडौं, २२ असोज : सरकारले इजरायलमा जारी द्वन्द्वमा परी निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र स्वदेश ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ । इजरायलमा जारी द्वन्द्व र यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको आज...बाँकी अंश →


लोकतान्त्रिक गणतन्त्रमाथि निरन्तर प्रहार भइरहेको प्रधानमन्त्रीको गुनासो

काठमाडौँ, २० असोज : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि निरन्तर प्रहार भइरहेको बताउनुभएको छ । पार्टीका नेता एवं वामपन्थी लेखक राम कार्की ‘पार्थ’को कृति ‘विकल्प : समता, समाजवाद र मुक्त दुनियाँ’ लोकार्पण कार्यक्रममा उहाँले मुलुकमा देखिएका सङ्कट भर्खर भएको हो वा पुरानाका परिणाम...बाँकी अंश →


देशमा धार्मीक दंगा फैलिदा राज्य चुप छ, के शासकहरुको मौन समर्थन होः तीन दल

काठमाडौं । देशमा धार्मीक तथा जातिय दंगा फैलिरहँदा राज्य चुप रहनुले त्यसमा शासकहरुको मौन समर्थन हुनसक्ने तीन दलले आशंका व्यक्त गरेका छन् । सोमबार संवाद डबलीमा उनिहरुले संयुक्त पत्रकार सम्मेलन गरी, प्रचण्ड नेतृत्व सरकारले धार्मीक अतिवादीहरुलाई नियन्तरणमा तदारुकता नदेखाएको आरोप सेमत लगाएका छन् । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान...बाँकी अंश →


नेपालगञ्जको निषेधाज्ञा यथावत्, वार्ताको पहल हुँदै

नेपालगञ्ज १७ असोजः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजो दिउँसो १ बजेदेखि जारी भएको निषेधाज्ञा (कर्फ्यू) यथावत् रहेको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रशासकीय अधिकृत विष्णु शाहनीले आज जारी गर्नुभएको विज्ञप्तिमा निषेधाज्ञाका क्रममा भएको झडपमा पाँच सुरक्षाकर्मी र १७ सर्वसाधरणसहित २२ जना घाइते भएका तथा उनीहरुमध्ये २१ जना उपचारपछि घर...बाँकी अंश →


बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका 12 भूकम्प

काठमाडौँ, १७ असोज ः सुदूरपश्चिम प्रदेशको बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी रहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मङ्गलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो । खानी तथा भूगर्भ विभागका महानिर्देशक...बाँकी अंश →


बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १३५ घर भत्किए

चैनपुर (बझाङ), १७ असोज : बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो । प्रहरी टोली घटनास्थलमा गएको...बाँकी अंश →


भूकम्पमा परी सुदूरपश्चिममा सात व्यक्ति घाइते

सुदूरपश्चिम, १६ असोज : बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको जानकारी दिनुभयो । उहाँले अहिलेसम्म मानवीय क्षति भएको जानकारी नआएको बताउनुभयो । पाण्डेका अनुसार भूकम्पले...बाँकी अंश →


कपिलवस्तुमा रक्तचन्दन बरामद

कृष्णनगर (कपिलवस्तु), १४ असोज : जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आज बिहान साढे छ क्विन्टल रक्तचन्दन बरामद गरेको छ । रक्तचन्दनसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो । पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका– ३ का टीकाराम पाण्डे, शिव भर, विकास पौडेल, सतिस पन्त, राम सेवक...बाँकी अंश →


पाँच वर्षमा सडक दुर्घटनामा १२ हजार आठ सयको मृत्यु, ८० हजार घाइते

काठमाडौँ, १४ असोज : सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा सरोकारवाला तथा आमनागरिकको भूमिका र जिम्मेवारी बोध गराउने उद्देश्यले काठमाडाैँ महानगरपालिका र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वयमा आजदेखि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८०’ सुरु भएको छ । सवारी चालक, सडक प्रयोगकर्तालगायत आमनागरिकलाई सडक सुरक्षा र दुर्घटना न्यूनीकरण सम्बन्धमा सुसूचित...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter