शनिबार, १५ बैशाख २०८१

वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणालीमा समस्या

१६ कार्तिक २०८०, बिहीबार ११:५८ मा प्रकाशित

काठमाडौँ, १५ कात्तिक : वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा प्राविधिक समस्या आएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आवश्यकपर्ने अनलाइन प्रणालीमा केही समस्या भएको विभागका शाखा अधिकृत भीमबहादुर शाहीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार फेमिसमा बायोमेट्रिक डेस्क एप्लिकेशनबाट हुने श्रमिकको ‘ओरेन्टेशन’ र ‘बायोमेट्रिक कनेक्सन’मा समस्या आएकाले पुनः सञ्चालनका लागि काम भइरहेको छ । यसले सूचना व्यवस्थापनमा समस्या भइरहेको उहाँको भनाइ थियो ।

फेमिसमा देखिएको समस्याका कारण वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिको काम भने पूर्णरुपमा प्रभावित नभएको शाखा अधिकृत शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “काम पूर्ण रुपमा प्रभावित भएको छैन । केही समस्या भएको छ, प्राविधिक साथीहरुले केही दिनयतादेखि काम गरिरहेका छन् ।”

विभागले एक सूचना जार गरी नयाँ र पुनः श्रम स्वीकृतिको लागि फेसिम प्रणालीमा बायोमेट्रिक खण्ड (सेक्सन)लाई छोड्ने र ओरेन्टेशन खण्डका लागि विभागमा दर्ता भएका अभिमुखीकरण संस्थाबाट जारी दुई दिने अभिमुखीकरण तालिमको प्रमाणपत्र फेमिस प्रणालीमा समावेश गर्ने व्यवस्था मिलाइएकाले सोही बमोजिम गर्न/गराउन अनुरोध गरेको छ । (रासस)

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter