०५ चैत २०८२

समाचार

बालुवाटारसँगै देशभरि ठाउँ-ठाउँमा प्रदर्शन, को हुन् प्रदर्शनकारी?

पोखराकी युवा अभियन्ता मोनिका रानाभाटले बुधबार फेसबुकमा भिडिओ राखेर एउटा अपिल गरिन्। अपिलमा बिहीबार पोखराको शहिदचोक जिल्ला प्रशासन कार्यालयका अगाडि बिहान ११ बजेदेखि हुन गैरहेको शान्तिपूर्ण प्रदर्शनबारे जानकारी र सहभागिताको अनुरोध थियो। मोनिकाको अपिलजस्तै फेसबुकमा सल्लाह गरेर युवाहरू बिहीबार देशका विभिन्न ठाउँमा प्रदर्शनमा उत्रिए। कोरोनाभाइरसको महामारी रोक्न लकडाउन गरेको ८१...बाँकी अंश →


लिम्पियाधुराबारे संसदमा एकै स्वर- जल्न दिँदैनौं स्वाभिमान

२७ जेठ, काठमाडौं । भारतले अतिक्रमण गरेको लम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र फर्काउन प्रतिनिधिसभामा उपस्थित दलहरु सरकारको पक्षमा उभिएका छन् । र, संसदले लिम्पियाधुरासहितका भूभाग समेटिएको नयाँ राजनीतिक नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पास गरेको छ । संशोधन विधेयकमाथि मंगलबार...बाँकी अंश →


जनता समाजवादीमा बाबुराम भट्टराई पहिलो वरियता खोसिएर चौथोमा पुगे

काठमाडौँ– आइतबार दिउँसोसम्म जनता समाजवादी पार्टी दर्ताका लागि वरियतामा पहिलो नम्बरमा रहेका डा. बाबुराम भट्टराई आइतबार साँझ चौथो वरियतामा रहन सहमत भएका छन्। डा. भट्टराईलाई संघीय परिषद्को अध्यक्षका रुपमा पहिलो वरियतामा राखेर पार्टी एकताका लागि जाने सहमति भए पनि किचलो बढेपछि संघीय परिषद् नै हटाउने सहमति जुटेको हो। संघीय परिषद्...बाँकी अंश →


कोरोनाको इपिसेन्टर बन्दै कपिलवस्तु, एक महिनामा ५ सय ५० जनामा संक्रमण

बुटवल– प्रदेश ५ को कपिलवस्तुमा कोरोना भाइरस संक्रमितको संख्या तीब्र गतिमा बढेको छ। भारतबाट आएर क्वारेन्टाइनहरुमा बसेका नागरिकको परीक्षणको दायरा बढेसँगै कपिलवस्तुमा कोरोना भाइरस संक्रमितको संख्या तीब्र देखिएको हो। गत वैशाख २५ गते मायादेवी गाउँपालिकामा २ जनामा पहिलो संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएको एक महिनामा यो संख्या बढेर...बाँकी अंश →


नेपाली मुस्लिम समुदाय र पत्रकारिता- अनलाइन गोष्टी सुसंपन्न

काठमांडू , जेठ २४ गते राति ९ बजे देखी केयर फ़ाउंडेशन को आग्रह एवं वेवस्थापनमा , मुस्लिम समुदाय र पत्रकारिता विषयक ऑनलाइन ज़ूम मीटिंग सुसंपन्न भयो मुख्य वक्ता मा , ब्रिटिश राजदूत का भूतपूर्व सल्लाहकार तथा सामाजिक शोधकर्ता श्री सत्तार अंसारी ज्यू ले ,, नागरिक समाज को नज़रमा पत्रकारिता विषय...बाँकी अंश →


वागमतीले प्रदेश चक्रपथ निर्माण गर्ने

वागमती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्ला लाभान्वित हुने गरी पुष्पलाल प्रदेश चक्रपथ निर्माण गर्ने भएको छ। प्रदेशका १३ जिल्लामध्ये उपत्यकाबाहेकका १० जिल्लालाई छुने गरी चक्रपथ निर्माण गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। प्रदेश सरकारले प्रदेशको गौरवको आयोजनाका रूपमा सरकार गठन भएको पहिलो वर्षकै नीति तथा कार्यक्रममा समावेश गरेको...बाँकी अंश →


सबै नेपालीलाई सैन्य तालिम दिन भन्दै सुवालले दर्ता गरे संविधान संशोधन विधेयक

सबै नेपाली नागरिकलाई सैन्य तालिम दिने व्यवस्था हुनुपर्ने माग राख्दै थप एउटा संविधान संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता भएको छ। सांसद प्रेम सुवालले शुक्रबार संविधान संशोधन विधेयक दर्ता गराएका हुन्। सुवालले शुक्रबार अपरान्ह २ बजेर २० मिनेटमा आफ्नो तर्फबाट संविधान संशोधन विधेयक दर्ता गराएको विधेयक शाखाकी अधिकृत सावित्रा शर्माले...बाँकी अंश →


नेपालका लागि कोरोनाको स्रोत छिमेकी देश भारत नै बन्यो

बिश्व स्वास्थ्य संगठनले यही जेठ महिनादेखि असार महिनासम्म नेपालमा कोरोनाको संक्रमण ब्यापक हुने चेतावनी दिएको छ । कोरोना भाईरसको संक्रमण संसारभर ब्यापक रुपमा फैलिईरहेका बेला  नेपालमा त्यसको प्रभाव देखिएको थिएन । तर यताका दिनहरुमा संक्रमणको बिस्तार जुन ढंगले भैरहेको छ यो अवस्थाले नेपाली जनमानसमा साच्चिकै त्रास उत्पन्न गरिदिएको पनि यथार्थ...बाँकी अंश →


चिनियाँ जहाजको उडानमाथि रोक लगाउँदै अमेरिका

अमेरिकाले बुधबार चिनियाँ यात्रुवाहक विमानहरूलाई आफ्नो मुलुकमा उडान गर्न नदिने बताएको छ। उसले जुन १६ देखि आफ्ना गन्तव्यहरूमा चिनियाँ विमानहरूलाई रोक लगाउने जनाएको हो। आफ्ना विमानहरूलाई चिनियाँ गन्तव्यमा सेवा पुनः संचालन गर्न नदिएपछि अमेरिकाले यस्तो निर्णय गरेको बताएको छ। गत महिना अमेरिकी पारवहन विभागले चिनियाँ उड्ययन विभागसमक्ष आफ्ना जहाजहरूलाई पुनः...बाँकी अंश →


पहिले नक्सासम्बन्धी विधेयक संसदबाट पारित गरिन्छ, त्यसपछि अरू: गगन थापा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले अद्यावधिक नक्सासम्बन्धी विधेयक संसदबाट पारित गरिने बताएका छन्। संघीय संसद सचिवालयमा एकपछि अर्को संविधान संशोधनका प्रस्ताव दर्ता भइरहेका बेला सांसद थापाले बिहीबार नक्सा संविधानको अंग बन्ने प्रक्रिया पहिले टुंग्याइने बताएका हुन्। लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा निशान छापमा राख्न सरकारले संविधान...बाँकी अंश →


तरकारी,फलफूल ढुवानी तथा वितरणमा अवरोध पुर्‍याए कारबाही गर्ने गृहको चेतावनी

गृह मन्त्रालयले तरकारी, फलफूल लगायतका वस्तु उत्पादन, संकलन, ढुवानी तथा विक्री वितरणमा अवरोध पुर्‍याउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ। बिहीबार मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै यस्ता काममा अवरोध पुर्‍याउनेलाई कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको हो। 'नेपाल सरकारबाट स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गराई तरकारी, फलफूल लगायतका वस्तुहरूको उत्पादन,...बाँकी अंश →


निजी प्रयोगशाला लाई किन अनुमति दिँदैन सरकार?

देशभरी कोरोना संक्रमण संख्या बढ्दै गएपछि प्रयोगशालाहरूमा परीक्षण गर्न बाँकी स्वाबको चाङ लाग्न थालेको छ। यो समस्या समाधान कसरी गर्ने भनेर सरकारले निर्णय गर्न सकेको छैन। एकातिर सरकारी प्रयोगशालाहरूको क्षमताले भ्याउन छाडेको छ। अर्कातिर देशभर पिसिआर मेसिन भएका निजी प्रयोगशाला पनि छन् जसले कोरोना भाइरस परीक्षण गर्न सक्छन्। तर सरकारले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter