मङ्गलबार, ०४ बैशाख २०८१

नेपालका लागि कोरोनाको स्रोत छिमेकी देश भारत नै बन्यो

प्रीति रमण

२२ जेष्ठ २०७७, बिहीबार २१:०१ मा प्रकाशित

बिश्व स्वास्थ्य संगठनले यही जेठ महिनादेखि असार महिनासम्म नेपालमा कोरोनाको संक्रमण ब्यापक हुने चेतावनी दिएको छ । कोरोना भाईरसको संक्रमण संसारभर ब्यापक रुपमा फैलिईरहेका बेला  नेपालमा त्यसको प्रभाव देखिएको थिएन । तर यताका दिनहरुमा संक्रमणको बिस्तार जुन ढंगले भैरहेको छ यो अवस्थाले नेपाली जनमानसमा साच्चिकै त्रास उत्पन्न गरिदिएको पनि यथार्थ हो ।

नेपालमा नै कोरोनाको संक्रमण बिकास भएको नभएर बाहिरबाट आएका ब्यक्तिहरुबाट नेपालमा संक्रमण बढेको हो भन्ने कुरा स्पष्ट छ । सुरुमा चीनबाट आएका ब्यक्तिमा देखिएको कोरोना निको भएर पनि घरमा पुगिसकेको अवस्था छ । त्यसपछि क्रमिक रुपमा बिभिन्न देशहरुबाट आएका क्यक्तिहरुमा फाट्ठफुट्ठ रुपमा संक्रमण देखा परेको थियो । तर पनि जनमानसमा खासै आतंक फैलिएको अवस्था थिएन । स्वाभाविक रुपले संक्रमण बिस्तार हुन नपाएको अवस्थामा सरकारले आफ्नो ब्यवस्थापनको पराक्रम भनेर प्रचार गर्ने काम पनि भयो ।सरकारले आफ्नो ब्यवस्थापनको प्रभावकारिता भनेर निकै प्रचार  गरिरहेको अवस्थामा दक्षिणतिरको छिमेकी देशमा कोरोना संक्रमण बढेपछि नेपालीहरुलाई अब्यवस्थित तरिकाले नेपालमा पठाउने काम सुरु भयो । त्यसपछि नेपालमा संक्रमणको रफ्तार तीब्र भएको पाईएको छ  । भारतबाट संक्रमितहरुको आवागमन बढेसंगै नेपालमा प्रतिदिन सयौंको संख्यामा संक्रमितहरु बढिरहेको अवस्थाले जनमानसमा सन्त्रास पैदा गराएको छ

क्रमिक रुपमा  कोरोनाको प्रभाव विस्तार हुन थाले पछि नेपाल सरकारको कोरोना संक्रमण बिरुद्दको ब्यवस्थापन कति कमजोर रहेछ भन्नेबारे यहाँ उल्लेख गरिरहन त्यति आवश्यक लागेको छैन । भारतबाट आएका नेपाली नागरिकहरुलाई ब्यवस्थि तगर्न नसक्नाले नै  कोरोना भाइरसको संक्रमण  देशका प्रत्येक जिल्लामा गाउँ गाउँमा बिस्तार भैसकेको अवस्था छ । समुदायमा कार्यरत ब्यक्तिहरु समेत संक्रमित भएको अव्स्थाले यस्को भयावह अवस्थालाई मध्यनजर गरेर नै बिश्व स्वास्थ्य संगठनले नेपाललाई चेतावनी दिएको होला भनेर अनुमान गर्न सकिन्छ ।

प्रहरी , सेना र चिकित्सकहरुसमेत कोरोना भाईरसको बिस्तार भैरहेको छ । यो किसिमको ब्यापकताले जनतामा पनि आतंक फैलिएको छ । अकल्पनीय रुपमा संक्रमणको बिस्तार बढेपछि सरकारले पनि आफ्नो ब्यवस्थापनमा भएको कमजोरीलाई स्वीकार गरेर फरक ढंगले राकथामका उपायहरु अवलम्बन गर्नु पर्नेमा सरकारको सावधानी त्यसतर्फ देखिएको छैन ।

अन्य अपराधिक क्रियाकलापमा जस्तै कोरोना संक्रमणको बिस्तारमा पनि छिमेकी देश भारततिरको खुला सिमाना नै नेपालका लागि सबैभन्दा ठूलो चुनौती बन्न पुगेको छ । भारत सरकारले आप्रवासी मजदुरहरुलाई घर जान दिन लकडाउन खुकुलो गर्दै रेल सञ्चालन गरेपछि कामका लागि भारत पुगेका नेपाली नागरिकहरुको आवागमन ह्वात्तै बढेको हो । भारत सरकारले नेपाल सरकारसंग गरेको प्रतिवद्दता पुरा नगरी सिमा क्षेत्रमा ल्याएर नेपाली नागरिकहरुलाई समूहमा बिचल्ली पार्ने काम गरेका कारणबाट नेपालमा कोरोना भाईरसको संक्रमण नियन्त्रण भन्दा बाहिर पुगेको अवस्था देखिन्छ ।  कोरोना रोकथामका लागि लक डाउन बाहेक अन्य कुनै सावधानीका उपायहरु अवलम्बन गर्नेतर्फ सरकारको योजना नदेखिएकाले पनि बिश्व स्वास्थ्य संगठनले नेपालमा बिस्तारको खतरा देखेको हुन सक्दछ ।

भारतको कुनैपनि कदमले नेपालको कोरोना भाइरस संक्रमणको तथ्यांकमा सिधा असर पररिहेको छ । भारतमा संक्रमणको दर बृद्दि हुने क्रम ब्यापक नै छ । कोरोनाको ब्यापकता संगै भारत सरकारले लापर्वाहीपूर्वक रेल सेवा खोलेपछि संक्रमणको दर झनै डरलाग्दो गरी बृद्दि भएको छ । त्यसैगरी, काममा खटिएका  समूहमा कार्यरत सुरक्षा निकाय र चिकित्सकहरु खासगरी नर्शहरुमा पनि भारतमा संक्रमण देखिएको छ । यो सबैभन्दा खतराको संकेतका रुपमा रहेको भएपनि भारत सरकारले पनि  उचित ब्यवस्थापन नगरेर लक डाउनलाई नै बिकल्पका रुपमा प्रयोग गरिरहेको छ , नेपाल सरकार पनि भारतको सिको गर्नु बाहेक अन्य बिकल्पहरु अपनाउने तर्फ ध्यान दिएको छैन ।

कोरोना संक्रमण रोक्न भन्दै जनतालाई लक डाउनमा राख्न थालेको तीन महिना पुग्न अब केही दिनमात्र बाँकी रहेको अवस्था छ । सरकारले कोरोना भाइरसको संक्रमण  बढेसँगै  जेठ ३२ गतेदेखि लक डाउन आदेश जारी गरेको छ । दैनिक रोजगारीबाट गुजारा चलाउँदै आएका जनतालाई कुनै बैकल्पिक ब्यवस्था नगरेर  घर भित्र भोकै बस्न बाध्य बनाउने काम भएको छ । विश्व स्वास्थय संगठनले कोरोना भाइरस कहिल्यै पनि उन्मुलन नहुने भन्दै खतरा औंल्याएको  अवस्थाप्रति सचेत बन्दै क्रमिक रुपमा रोजगारीहरुलाई खुकुलो बनाउँदै र सिमाबाट हुने आवागमनलाई ब्यवस्थित बनाउनुका साथै स्वास्थ्य परीक्षणलाई पनि प्रभावकारी बनाउन जरुरी छ । लक डाउन मात्र बिकल्प हुन सक्दैन , सरकारको ध्यान पुगोस्

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter