बुधबार, १२ बैशाख २०८१

चिनियाँ जहाजको उडानमाथि रोक लगाउँदै अमेरिका

२२ जेष्ठ २०७७, बिहीबार २०:५७ मा प्रकाशित

अमेरिकाले बुधबार चिनियाँ यात्रुवाहक विमानहरूलाई आफ्नो मुलुकमा उडान गर्न नदिने बताएको छ।

उसले जुन १६ देखि आफ्ना गन्तव्यहरूमा चिनियाँ विमानहरूलाई रोक लगाउने जनाएको हो।

आफ्ना विमानहरूलाई चिनियाँ गन्तव्यमा सेवा पुनः संचालन गर्न नदिएपछि अमेरिकाले यस्तो निर्णय गरेको बताएको छ।

गत महिना अमेरिकी पारवहन विभागले चिनियाँ उड्ययन विभागसमक्ष आफ्ना जहाजहरूलाई पुनः सेवा सुरू गर्ने अनुमति दिन आग्रह गरेको थियो।

तर चिनियाँ उड्डयन विभागले भने घरेलु तथा विदेशी कम्पनीहरूलाई त्यस्तो कुनै पनि अनुमति दिएको छैन।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अध्यागमन विभागलाई चीनबाट आउने गैर-अमेरिकी यात्रुहरूको अमेरिका प्रवेशमा रोक लगाउने आदेश दिएपछि अमेरिकी विमान कम्पनीले कोरोना भाइरसको महामारीलाई ध्यानमा राख्दै फेेेेब्रुअरीमा चीनबाट हुँदै आएको हवाई उडान बन्द गरेका थिए।

यद्यपी अमेरिका डेल्टा र युनाइटेड एयरलाइन्सले चीनमा हुने कार्गो उडान भने जारी राखेका थिए। उनीहरूले यसै महिनाबाट पुनः यात्रुसेवा सुरू गर्न चीनसँग अनुमति मागेका छन्।

अमेरिकी पारवहन विभागले लगाएको प्रतिबन्ध एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स, चाइना साउदर्न एयरलाइन्स, हेनान एयरलाइन्स र तीनका साझेदार कम्पनीमा लागु हुनेछ।

ट्रम्पको गैर-अमेरिकी नागरिकलाई अमेरिका प्रवेश नदिने निर्णयपछि एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स र चाइना साउदर्न एयरलाइन्सले सीमित संख्यामा अमेरिकी गन्तव्यहरूमा उडान गर्दै आइरहेका थिए।

अमेरिकी यात्रुवाहक विमानलाई चिनियाँ गन्तव्यमा लगाइएको प्रतिबन्धले दुबै देशले सन् १९८० गरेको हवाइ यातायात सन्धिको उल्लघंन गर्छ।

अमेरिकाको पारवहन विभागले चार्टर्ड उडानहरूको प्रयोगबाट चीनले आफ्नै नियमहरू उल्लघंन गरेको आरोप लगाएको छ। वासिङटनस्थित चिनियाँ दूतावासले भने यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन।

‘हामी निमायक संस्थाले अनुमति दिनेबित्तिकै अमेरिका र चीनबिच यात्रु हवाइ सेवा सुरू हुने पर्खाइमा छौं’, अमेरिकाको पारवहन मन्त्रालयले भनेको छ।

मे २२ मा ट्रम्प प्रशासनले चीनले आफ्ना विमान कम्पनीहरूलाई चीनमा सेवा सुरू गर्न रोकेको आरोप लगाउँदै चार चिनियाँ एयरलाइन्सलाई उडान तालिकालाई सूचिकृत गर्ने आदेश दिएको थियो।

चिनियाँ जहाजहरूले हाल सातामा एउटा मात्र नियमित उडान गर्दै आएका छन् भने यसअघि विद्यार्थीहरूलाई घर ल्याउन धेरै चाटर्ड उडानहरू गरेको थियो।

कोरोना भाइरसलाई ध्यानमा राख्दै जनवरी ३१ मा अमेरिकाले १४ दिनको अवधिमा चीन गएका गैर-अमेरिकी नागरिकको अमेरिका प्रवेशमा रोक लगाएको भएपनि चिनियाँ जहाजको उडानमा भने कुनै रोक लगाएको थिएन।

हाल चिनियाँ जहाजहरूले अमेरिकी गन्तव्यहरूमा आप्नो नियमित उडान गरिरहेका छन् भने डेल्टा र युनाइटेड एयरलाइन्सले कार्गो उडान गरिरहेका छन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter