
काठमाडौँ, २६ भदौ : संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उहाँका स्वकीय सचिव कृष्णप्रसाद काफलेले राससलाई बताउनुभयो ।...बाँकी अंश →

काठमाडौँ, २४ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न संयुक्त राष्ट्रसङ्घको महासभा र चीन भ्रमणका विषयमा उच्च राजनीतिक दलमा छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार आज आयोजित छलफलमा प्रधानमन्त्री प्रचण्डले भ्रमणबारेमा जानकारी गराउँदै संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता र पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्नुभएको हो । बैठकमा...बाँकी अंश →

मलङ्गवा (सर्लाही), २४ भदौ : सर्लाही सदरमुकाम मलङ्गवामा शनिबारदेखि लगाइएको कर्फ्यु आज आइतबार बिहान ८ बजेदेखि हटाइएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कर्फ्यु हटाइए पनि निषेधाज्ञा भने जारी रहने जानकारी दिनुभयो । कर्फ्यु हटाइएपछि मलङ्गवाको जनजीवन सामान्य बन्दै गएको छ । बजार, पसल खुल्न थालेका...बाँकी अंश →

काठमाडौँ, १९ भदौ : हेल्लो सरकारको २४ घण्टे सेवा सुरुआतपछि कार्यान्वयन प्रक्रियालाई तीव्रता दिएसँगै गुनासा बढ्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको बिगु गाउँपालिका दोलखाको गुनासो सम्बोधन गरी आइतबार शुभारम्भ भएको २४ घण्टे सेवाअन्तर्गत सोमबार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–८ की देवीमाया दर्जीले शिक्षण अस्पतालमा ‘बेड’ नपाएको गुनासो गर्नुभएको...बाँकी अंश →

काठमाडौँ, १९ भदौ : भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो । श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा टस हारेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले ४८ दशमलव दुई ओभरमा सवै विकेट गुमाउँदै दुई सय ३० रन बनायो । दुई सय ३१...बाँकी अंश →

सिन्धुपाल्चोक – चीनले ८ वर्षपछि उत्तरी नाका तातोपानीमा नेपालीका लागि आवत जावत खुला गरेको छ। तत्कालका लागि सिन्धुपाल्चोकबासीका लागि मात्र आउजाउ खुला गरिएको हो। शुक्रबार सिन्धुपाल्चोक–१ का प्रतिनिधिसभा सदस्य माधव सापकोटाको नेतृत्वमा नेपाली तातोपानी नाकास्थित चिनियाँ भूमि प्रवेश गरे। सांसद सापकोटासहितको नेताली टोलीलाई तिब्बत सरकारका बित्त प्रमुख वाङ फिङ र...बाँकी अंश →

रबिन्द्र यादव / पश्चिम नवलपरासी नवलपरासी प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले प्रतापपुर गाउँपालिका वडा नं ९ अठलही स्थित मामा घर बस्दै आएका बर्ष १९ का राहुल कर्मीलाई पक्राउ गरेको हो । कुुर्मीले प्रतापपुर गाउँपालिका वडा नं ६ कठहवा गाउँ बस्ने गौरीशंकर कुर्मीलाई नक्कली बुवा बनाएर नेपाली...बाँकी अंश →

काठमाडौँ, १४ भदौ : मुलुकमा यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गएको छ । मनसुन अवधिमा एक सय दुई जना घाइते हुनका साथै २० जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका...बाँकी अंश →

काठमाडौँ, १४ भदौ : कूल स्कोर २५ रन छँदा दुवै ओपनर आउट भएपछि बुधबार मुल्तान रङ्गशालामा पाकिस्तानी क्रिकेट टोलीका समर्थकबीच सन्नाटा छायो । यसअघि यही मैदानमा दशमध्ये सात खेलमा घरेलु टोलीको विजय देखिसकेका स्थानीय दर्शक पाकिस्तानको फितलो प्रदर्शन कदापि हेर्न चाहँदैनथे । अझ त्यसमा पनि क्रिकेटमा भर्खर उदाउँदै गरेको नेपालसित...बाँकी अंश →

काठमाडौँ, १४ भदौ : नेपालको पर्वतीय पर्यटनको विकास, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको नेपाल पर्वरोहण सङ्घ (एनएमए) ५० वर्ष पुग्दैछ । विसं २०३० कार्तिक १६ गते तद्नुसार ०१ नोभेम्बर, १९७३ मा दर्ता भएको ‘एनएमए’ले २०३४ सालमा १५ वटा हिमाल आरोहणको अनुमतिदेखि त्यहाँ हुने गरेका गतिविधि सञ्चालन गर्दै आएको...बाँकी अंश →

काठमाडौँ– संयुक्त राज्य अमेरिकीको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल भ्रमणमा आइपुग्नुभएको छ । नेपालसँगको एमसीसी सम्झौताको सुरुआतको अवसर पारेर एमसीसीका सम्झौता कार्य–सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्ड आज नेपाल भ्रमणमा आउनुभएको हो । नेपालको नेतृत्वदायी भूमिका रहेको यस एमसीसी सम्झौताको प्रगतिबाट अमेरिकी सरकार उत्साहित भएको उहाँस्थित अमेरिकी दूतावासले जनाएको...बाँकी अंश →

काठमाडौँ– जनमत पार्टीकी अनिता देवी साहले सोमबार बिहान १० बजे मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिने भएकी छन् । उनको शपथको तयारीबारे राष्ट्रपति कार्यालयले जानकारी दिएको हो। जनमतलाई सरकारमा सहभागी गराउन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी नेता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: