०२ चैत २०८२

समाचार

लिबियामा ठूलो बाढी : नेपाली शान्ति सैनिक सबै सुरक्षित

काठमाडौँ, २८ भदौ : संयुक्त राष्ट्रसङ्घको आह्वानमा लिबियामा तैनाथ सबै दुई सय ३५ नेपाली शान्ति सैनिक सुरक्षित रहेका छन् । पूर्वी लिबियामा डानिएल आँधीका कारण आएको विनाशकारी बाढीमा परी पाँच हजारभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ । घटनास्थलबाट नेपाली शान्ति सैनिकको गार्ड युनिटको शिविर करिब एक सय १३...बाँकी अंश →


सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

भरतपुर (चितवन), २६ भदौ : सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिनुभयो । अहिले पहिरो पन्छाउने तयारी गरिएको छ । सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा...बाँकी अंश →


एमाले उपाध्यक्ष नेम्वाङको निधन, नेम्वाङको निधनबाट मर्माहत भएको छु: प्रधानमन्त्री दाहाल

काठमाडौँ, २६ भदौ : संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उहाँका स्वकीय सचिव कृष्णप्रसाद काफलेले राससलाई बताउनुभयो ।...बाँकी अंश →


नेताहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया : चीन भ्रमण फलदायी र प्रभावकारी हुनेछ

काठमाडौँ, २४ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न संयुक्त राष्ट्रसङ्घको महासभा र चीन भ्रमणका विषयमा उच्च राजनीतिक दलमा छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार आज आयोजित छलफलमा प्रधानमन्त्री प्रचण्डले भ्रमणबारेमा जानकारी गराउँदै संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता र पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्नुभएको हो । बैठकमा...बाँकी अंश →


मलङ्गवामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

मलङ्गवा (सर्लाही), २४ भदौ : सर्लाही सदरमुकाम मलङ्गवामा शनिबारदेखि लगाइएको कर्फ्यु आज आइतबार बिहान ८ बजेदेखि हटाइएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कर्फ्यु हटाइए पनि निषेधाज्ञा भने जारी रहने जानकारी दिनुभयो । कर्फ्यु हटाइएपछि मलङ्गवाको जनजीवन सामान्य बन्दै गएको छ । बजार, पसल खुल्न थालेका...बाँकी अंश →


हेल्लो सरकारको २४सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा   

काठमाडौँ, १९ भदौ : हेल्लो सरकारको २४ घण्टे सेवा सुरुआतपछि कार्यान्वयन प्रक्रियालाई तीव्रता दिएसँगै गुनासा बढ्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको बिगु गाउँपालिका दोलखाको गुनासो सम्बोधन गरी आइतबार शुभारम्भ भएको २४ घण्टे सेवाअन्तर्गत सोमबार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–८ की देवीमाया दर्जीले शिक्षण अस्पतालमा ‘बेड’ नपाएको गुनासो गर्नुभएको...बाँकी अंश →


भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेटबाट बाहिरियो

काठमाडौँ, १९ भदौ : भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो । श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा टस हारेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले ४८ दशमलव दुई ओभरमा सवै विकेट गुमाउँदै दुई सय ३० रन बनायो । दुई सय ३१...बाँकी अंश →


तातोपानी नाका ८ वर्षपछि खुल्यो

सिन्धुपाल्चोक – चीनले ८ वर्षपछि उत्तरी नाका तातोपानीमा नेपालीका लागि आवत जावत खुला गरेको छ। तत्कालका लागि सिन्धुपाल्चोकबासीका लागि मात्र आउजाउ खुला गरिएको हो। शुक्रबार सिन्धुपाल्चोक–१ का प्रतिनिधिसभा सदस्य माधव सापकोटाको नेतृत्वमा नेपाली तातोपानी नाकास्थित चिनियाँ भूमि प्रवेश गरे। सांसद सापकोटासहितको नेताली टोलीलाई तिब्बत सरकारका बित्त प्रमुख वाङ फिङ र...बाँकी अंश →


नक्कली बुवा बनाएर नागरिकता लिन खोज्दा एक भारतीय नागरिक प्रहरीको फन्दामा ।

रबिन्द्र यादव / पश्चिम नवलपरासी नवलपरासी प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले प्रतापपुर गाउँपालिका वडा नं ९ अठलही स्थित मामा घर बस्दै आएका बर्ष १९ का राहुल कर्मीलाई पक्राउ गरेको हो । कुुर्मीले प्रतापपुर गाउँपालिका वडा नं ६ कठहवा गाउँ बस्ने गौरीशंकर कुर्मीलाई नक्कली बुवा बनाएर नेपाली...बाँकी अंश →


मनसुन अवधिमा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्य

काठमाडौँ, १४ भदौ : मुलुकमा यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गएको छ । मनसुन अवधिमा एक सय दुई जना घाइते हुनका साथै २० जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका...बाँकी अंश →


एसिया कप क्रिकेट : नेपालका लागि विश्वका क्रिकेट प्रेमीमाझ फरक ढङ्गले चिनिने अवसर

काठमाडौँ, १४ भदौ : कूल स्कोर २५ रन छँदा दुवै ओपनर आउट भएपछि बुधबार मुल्तान रङ्गशालामा पाकिस्तानी क्रिकेट टोलीका समर्थकबीच सन्नाटा छायो । यसअघि यही मैदानमा दशमध्ये सात खेलमा घरेलु टोलीको विजय देखिसकेका स्थानीय दर्शक पाकिस्तानको फितलो प्रदर्शन कदापि हेर्न चाहँदैनथे । अझ त्यसमा पनि क्रिकेटमा भर्खर उदाउँदै गरेको नेपालसित...बाँकी अंश →


अन्तर्वार्ताः नेपाल साहसिक पर्यटनको गन्तव्य बन्नसक्छ ःनिमा नुरु शेर्पा

काठमाडौँ, १४ भदौ : नेपालको पर्वतीय पर्यटनको विकास, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको नेपाल पर्वरोहण सङ्घ (एनएमए) ५० वर्ष पुग्दैछ । विसं २०३० कार्तिक १६ गते तद्नुसार ०१ नोभेम्बर, १९७३ मा दर्ता भएको ‘एनएमए’ले २०३४ सालमा १५ वटा हिमाल आरोहणको अनुमतिदेखि त्यहाँ हुने गरेका गतिविधि सञ्चालन गर्दै आएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter