
तनहुँ, १ असोज डिभिजन वन कार्यालयले वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका तथा घाइतेलाई रु ४४ लाख १९ हजार ७०४ राहत रकम वितरण गरेको छ । चितुवाको आक्रमणबाट जिल्लामा चारको मृत्यु र भालुको आक्रमणबाट सात घाइते भएका थिए । सोही क्षेत्रमा चितुवाको आक्रमणबाट तीन गाई, १२ बाख्रा, एक भेडा र एक सुँगुरको...बाँकी अंश →

चितवन, १ असोज सरकारले तोकेकोभन्दा बढी शुल्क लिइएको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले आन्दोलन गरेपछि १६ दिनदेखि पठनपाठन ठप्प भएको छ । कलेजको २६ वटा सङ्कायमा दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन् । त्यहीँ अध्ययनरत प्रकाश चन्दको नेतृत्वमा गठित चिकित्सा शिक्षा सङ्घर्ष समितिले आन्दोलनको नेतृत्व गरिरहेको छ । चन्दले...बाँकी अंश →

काभ्रेपलाञ्चोक, १ असोज अविरल वर्षाका कारण आज बिहान पहिरो गई काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ फेदीस्थित दोभानमा रहेको पसल पुरिँदा एक बालकको मृत्यु भएको छ । बिहान ६ बजे पसलमाथिबाट पहिरो खस्दा पुरिएर मण्डन देउपुर नपा–११ जैसिथोकका तेजबहादुर तामाङका चार वर्षीय छोरा दिपेशको मृत्यु भएको हो । बालकको बुबा बाहिर निस्केको र...बाँकी अंश →

डडेल्धुरा, १ असोज नेपाली काङ्गे्रस डडेल्धुराले जिल्ला सदरमुकामको बागबजार क्षेत्रमा र आसपासको ठाउँमा आज बिहान डेङ्गु नियन्त्रण गर्न लामखुट्टे मार्ने औषधि छर्केको छ । डेङ्गुको सङ्क्रमणबाट जोगिन डडेल्धुरामा पहिलो पटक सचेतना ¥यालीसहित नेपाली काङ्ग्रेस डडेल्धुराले औषधि छर्किएको हो । तराईका जिल्लामा लामखुट्टेको टोकाइबाट फैलिने डेङ्गु रोगको सङ्क्रमण पछिल्ला वर्षमा डडेल्धुरालगायत...बाँकी अंश →

कञ्चनपुर, १ असोज सुदूरपश्चिम प्रदेश, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले उखु खेती विस्तारका लागि कञ्चनपुर–कैलालीका ४५० किसानलाई अनुदान उपलब्ध गराएको छ । आव ०७५÷७६ मा उक्त मन्त्रालयले उखु खेतीका लागि रु एक करोड २५ लाख उपलब्ध गराएकाले किसानले उक्त रकमबाट ६०० बिघा जग्गामा उखु खेती गरेका छन् । कैलालीको...बाँकी अंश →

गोरखा, १ असोज गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिकहरुका लागि घरमा गएर उपचार सेवा दिन शुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि ‘ ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम’ सञ्चालन गरी ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर उपचार सेवा दिन शुरु गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले...बाँकी अंश →

काठमाडौँ, १ असोज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर सारङ्गीको आर्केष्टा ‘सारङ्गीमा देश’ प्रस्तुत गर्ने भएको छ । कलाकार समूहले नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मौलिक नेपाली लोकधुनहरूको विशेष प्रस्तुति गर्नेछ । मौलिक संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका निमित्त नेपाल भ्रमण वर्ष–२०२० को सन्दर्भसमेत जोडेर...बाँकी अंश →

जलेश्वर, १ असोज करीब डेढ महीनाअघि महोत्तरीको सदरमुकाम जलेश्वरमा एक युवकको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले दुई जनालाई जेल चलान गरेको छ । जेल चलान हुनेमा जलेश्वर नगरपालिका–२ मा प्रियङ्का वस्त्रालय सञ्चालन गर्दै आएका स्थानीय राजेश गुप्ता र सोही पसलमा काम गर्दै आएका उनका कर्मचारी जलेश्वर नपा–८ बस्ने...बाँकी अंश →
पोखरा, १ असोज निर्माण एवं वास्तु विद्याका आराध्यदेवका रूपमा आज बिहानैदेखि पोखरा र आसपासस्थित उद्योग तथा कलकारखानामा भगवान् विश्वकर्माको पूजा गरिएको छ । प्रत्येक वर्षको आश्विन सङ्क्रान्तिका दिन उद्योग तथा कलकारखानामा रहेका मेशिनरी समानको पूजा गर्नाले अपेक्षित लाभ हुने विश्वासका साथ विश्वकर्मा पूजा गर्ने प्रचलन छ । यस दिन उद्योग...बाँकी अंश →

भोजपुर, १ असोज अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा क्षति भएको छ भने ग्रामीण भेगमा यातयात आवतजावतमा समस्या भएको छ । बर्षाले कच्ची सडक हिलाम्य हुँदा यातयात सञ्चानलमा समस्या भएको हो । यसैबीच वर्षाकै कारण जिल्लाको आमचोक गाउँपालिका–४ मा एउटा घर भत्किएको छ । स्थानीय तिलकबहादुर कार्कीको दुईतले घर भत्किएको...बाँकी अंश →

दार्चुला, १ असोज महाकाली नगरपालिका–५ खलङ्गाका करनसिंह बोहराले महाकाली नदीको बालुवाका भरमा परिवारको जोहो गर्नुहुन्छ । बर्खायाममा नदीले थुपारेको र बगाएर ल्याउने बालुवा सङ्कलन गरेर उहाँले पाँच जनाको परिवार पाल्नुभएको छ । बैतडीको पुच्र्यौडी नगरपालिका–५ बाट कामको सिलसिलामा २० वर्षअघि यहाँ आउनुभएका बोहराले पूरै परिवार खलङ्गा ल्याउनुभएको छ । शुरुमा...बाँकी अंश →

मिक्लाजुङ, १ असोज पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने पर्यटकीयस्थलका रुपमा परिचित तिम्बुपोखरी जाने मौसम शुरु भएको छ । लेकाली स्थान तथा मानवीय गतिविधि कम हुने हुँदा फूल फुल्ने समयमा तिम्बुपोखरी जान उचित समय मानिन्छ । वर्षेनी कठिन भूगोल छिचोलेर यहाँ पुग्नेको सङ्ख्या उल्लेख्य हुन्छ । हिमाली क्षेत्रमा पर्ने तिम्बुपोखरी आफैँमा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: