मङ्गलबार, १८ बैशाख २०८१

वन्यजन्तुको आक्रमणमा मृत्यु भएका र क्षति पुगेकालाई राहत

१ आश्विन २०७६, बुधबार १३:३९ मा प्रकाशित

तनहुँ, १ असोज  डिभिजन वन कार्यालयले वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका तथा घाइतेलाई रु ४४ लाख १९ हजार ७०४ राहत रकम वितरण गरेको छ । चितुवाको आक्रमणबाट जिल्लामा चारको मृत्यु र भालुको आक्रमणबाट सात घाइते भएका थिए । सोही क्षेत्रमा चितुवाको आक्रमणबाट तीन गाई, १२ बाख्रा, एक भेडा र एक सुँगुरको मृत्यु भएको थियो । मृत्यु हुने सबै बालबालिका भानु नगरपालिकाका थिए । दुई वर्ष अघि एक र गत वर्ष तीन गरी चार जनाको चितुवाको आक्रमणबाट मृत्यु भएको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिनुभयो । उहाँका अनुसार वन्यजन्तुको आक्रमणबाट गत वर्ष छ र आव ०७५÷०७६ मा एक गरी सात जना घाइते भएका थिए । मृत्यु भएकामध्ये एक जनाको परिवारलाई रकम हस्तान्तरण गर्न बाँकी रहेको उक्त कार्यालयका सहायक वन अधिकृत एवं सूचना अधिकारी बाबुराम देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष ०७५÷०७६ मा उक्त नगरपालिकामा १५, व्यासमा चार, बन्दीपुरमा एक, म्याग्दे र घिरिङ गाउँपालिकामा एक÷एक गरी २४ पटक मानव र वन्यजन्तुबीच द्वन्द्व भएको थियो । चितुवाको आहारा मानिसले मारेर खाइदिने गरेकाले आहाराको खोजीमा मानव बस्तीमा चितुवा पस्न सक्ने हुँदा त्यसतर्पm सर्तक रहन आग्रह गरिएको उक्त कार्यालयका प्रमुख केदार बरालले बताउनुभयो । मुहानको पूरै पानी बस्तीमा लागियो भने पानीको खोजीमा पनि बस्तीतिर जङ्गली जनावर आउन सक्छन् । उहाँले भन्नुभयो, “जङ्गलमा रहेको खानेपानी वन्यजन्तुलाई पनि आवश्यक पर्ने हुँदा आवश्यक मात्रामा छाडेर मात्रै मानव बस्तीमा लैजानुपर्छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter