आइतबार, १६ बैशाख २०८१

डेङ्गु नियन्त्रण गर्न काङ्ग्रेसले औषधि छक्र्यो

१ आश्विन २०७६, बुधबार १२:३५ मा प्रकाशित

डडेल्धुरा, १ असोज  नेपाली काङ्गे्रस डडेल्धुराले जिल्ला सदरमुकामको बागबजार क्षेत्रमा र आसपासको ठाउँमा आज बिहान डेङ्गु नियन्त्रण गर्न लामखुट्टे मार्ने औषधि छर्केको छ । डेङ्गुको सङ्क्रमणबाट जोगिन डडेल्धुरामा पहिलो पटक सचेतना ¥यालीसहित नेपाली काङ्ग्रेस डडेल्धुराले औषधि छर्किएको हो । तराईका जिल्लामा लामखुट्टेको टोकाइबाट फैलिने डेङ्गु रोगको सङ्क्रमण पछिल्ला वर्षमा डडेल्धुरालगायत पहाडी र हिमाली जिल्लामा पनि देखिन थालेका छन् । डेङ्गुको औषधि छर्कनुकासाथै घर आँगन र वरिपरी सफा राखौं, सचेत रहांै भन्दै ¥याली निकालिएको काङ्ग्रेस डडेल्धुरा सभापति कर्णबहादुर मल्लले बताउनुभयो । डडेल्धुरा जिल्लाका तीन जना स्थानीयवासीमा अहिलेसम्म डेङ्गु रोगको सङ्क्रमण देखिएको डडेल्धुरा अस्पतालको तथ्याङ्क छ । यस्तै एक जना बझाङ्ग र एकजना डोटीबाट अस्पताल पुगेका बिरामीमा पनि डेङ्गीको सङ्क्रमण देखिएको अस्पतालका मेसु डा जीतेन्द्र कँडेलले बताउनुभयो । डडेल्धुरामा डेङ्गु रोग भन्दा पनि स्क्रवटाईफसको सङ्क्रमण बढी फैलिएको छ । पछिल्लो तीन सातायता डडेल्धुरा अस्पताल पुगेका बिरामीमध्ये ५० जना भन्दा बढीमा स्क्रवटाईफसको सङ्क्रमण देखिएको अस्पतालका ल्याब प्रमुख ईश्वरी भुसालले बताउनुभयो । काङ्ग्रेसको सचेतना ¥यालीमा राष्ट्रिय जागरण अभियानमा खटिआएका केन्द्रीय प्रतिनिधि अन्तराम भट्ट, बेलबहादुर रानालगायत जिल्लास्तरका नेता कार्यकर्ता एवं अगुवा बुद्धिजीवी समाजसेवीको सहभागिता थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter