सोमबार, २४ बैशाख २०८१

राष्ट्रिय

माओवादी पार्टी बिग्रिनुको प्रमुख कारण नेता/कार्यकर्ता जनतामा नजानु हो: महरा

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम प्रवक्ता कृष्णबहादुर महराले पार्टी भित्र गुटबन्दी कुनै पनि अवस्थामा स्विकार्य नहुने दाबी गरेका छन्। प्रेस सेन्टर नेपालको १९ औ साधारण सभा र २१ औँ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन्। उनले भने, ‘पार्टी केही बिग्रिएको छ। यसको...बाँकी अंश →


मुलुकमा भ्रष्टाचार अन्त्य नभएसम्म विश्राम लिन्नौँः रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकमा भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन्। सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै भ्रष्टहरुलाई देशबाट नलखेटेसम्म आफूहरुले विश्राम नलिने बताएका हुन्। शनिबार पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफूमाथि जतिसुकै मुद्दा लगाइए पनि, घेराबन्दी...बाँकी अंश →


नक्कली कागजात पेश गरी नेपाली नागरिकता लिने १० जना भारतीय पक्राउ

काठमाडौँ – नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले करिब साढे ३ महिनाको अनुसन्धानबाट भारतीय नागरिकहरुले नक्कली कागजात पेश गरी नागरिकता लिएको तथ्य बाहिर ल्याएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले...बाँकी अंश →


प्रतिनिधिसभामा विद्युतीय हाजिरीको व्यवस्था गरिने

काठमाडौँ –  प्रतिनिधिसभामा सांसदहरूले विद्युतीय माध्यमबाट हाजिरी गर्नुपर्ने भएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभामा सांसदहरूले विद्युतीय हाजिरी गर्नुपर्ने निर्णय गरेको हो । यही अधिवेशनबाट यस्तो व्यवस्था गर्न लागिएको छ । सभामुख देवराज घिमिरेका अनुसार सांसदहरूको हाजिरी वेबसाइटमार्फत सोही दिन सार्वजनिक हुनेछ । सांसदहरूको विद्युतीय हाजिरीको व्यवस्था नहुँदा...बाँकी अंश →


राष्ट्रपतिद्वारा मिटरब्याजीलाई कारबाही गर्नेसम्बन्धी अध्यादेश जारी

काठमाडौँ- सरकारले मिटरब्याजीलाई कारबाही गर्न अध्यादेशमार्फत कानून ल्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । अध्यादेशले मुलुकी संहितामा संशोधन गर्दै मिटरब्याजलाई अनुचित लेनदेनका रूपमा रूपमा परिभाषित गर्दै यसलाई दण्डनीय हुने व्यवस्था...बाँकी अंश →


सुडानमा जारी हिंसा अन्त्य गर्न अन्तर्राष्ट्रिय दबाब बढ्दै

खार्तुम- सुडानमा जारी हिंसा अन्त्य गर्न अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ । सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स आरएसएफ र सरकारी सेनाबीचको झडपमा करिब तीन सय जनाले ज्यान गुमाएपछि युद्धविरामका लागि अन्तर्राष्ट्रिय समुदायले कूटनीतिक दबाब बढाएको हो । संयुक्त राष्ट्रसङ्घ, अमेरिकालगायत अन्य देशले मुस्लिम धर्मावलम्बीको...बाँकी अंश →


उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो

काठमाडौँ – आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ। बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टि हुने क्रम जारी रहेको छ।...बाँकी अंश →


देशमा शान्तिको कामनासहित हर्षोउल्लासका साथ मनाइयो ईद

काठमाडौँ –मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै छन् । एक महिना सम्म बसेको रोजा सकुशल पुरा गरेकोमा त्यसैको धन्यवाद दिन ईद मनाउने गरिएको छ । विभिन्न स्थानमा रहेको मस्जिद तथा ईदगाहहरुमा विशेष कार्यक्रमको साथै नमाज पढी ईद मनाउन शुरु गरिएको छ । विशेष गरि नेपालमा शान्तिको कामना लगायत...बाँकी अंश →


विदेशीको हस्तक्षेप बढ्यो, नेपालमा पार्टी नै खोलेर सञ्चालन गर्न थालेः चित्रबहादुर केसी

काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशी नागरिकहरुले नेपालमा पार्टी खोलेर सञ्चालन गर्न थालिसकेको बताएका छन्। बुधवार नयाँबानेश्वरस्थिति संघीय संसद् भवनमा सञ्चारकर्मीसँग अध्यक्ष केसीले नेपालमा विदेशी हस्ताक्षेप बढ्दा देशको राष्ट्रियता, सार्वभौमता र अखण्डता संकटमा परेको बताए। उनले विदेशी नागरिकले नेपालमा पार्टी नै खोलेर सञ्चालन गर्न थालेका बताए। उनले स्थापित...बाँकी अंश →


ढाकाकुमार श्रेष्ठलाई रास्वपाले सांसदबाट हटायो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई सांसद पदबाट हटाएको छ। बाहिरिएको अडियो ढाकाकुमार श्रेष्ठकै रहेको ठहर गर्दै रास्वपाले उनलाई पार्टीको साधारण सदस्यसहित सांसद पदबाटै हटाएको हो। रास्वपा केन्द्रीय समितिको बुधबार बसेको बैठकले उनलाई सांसदसहित पार्टीको सदस्यबाट हटाउने निर्णय गरेको सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमार्फत बताएका छन्। पत्रकार सम्मेलनमा...बाँकी अंश →


राहदानी विवादमा मुछिएका लामिछानेविरुद्ध मुद्दा नचल्ने

काठामडौँ- महान्यायाधिवक्ताको कार्यालयले राहदानी विवादमा मुछिएका पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ । महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेका हुन् । लागेको आरोप पुष्टि हुन नसक्ने निष्कर्षसहित प्रहरीले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा राहदानी ऐनअनुसार मुद्दा चलाउन आवश्यक प्रमाण नदेखिएपछि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरिएको महान्यायाधिवक्ताको...बाँकी अंश →


प्रधानमन्त्री दाहालले पाए दोस्रो पटक विश्वासको मत

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा २६२ जना सांसद उपस्थित रहेकोमा १७२ जनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिए। उनको विपक्षमा ८९ मत खस्यो। एक जना तटस्थ रहे। दाहालले प्रधानमन्त्री भएपछि संसदमा दोस्रो पटक विश्वासको मत लिएका हुन्। राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा अघिल्लो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter