२० मंसिर २०८२

राष्ट्रिय

बिपीको सिद्धान्त र विचारका जगमा नेपालको परिवर्तन ः वरिष्ठ नेता पौडेल

पोखरा, २५ वैशाख (रासस) ः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिपीको सिद्धान्त र विचारका जगमा नेपालको परिवर्तन वर्तमान अवस्थामा आइपुगेको बताउनुभएको छ । बिपी कोइराला अध्ययन प्रतिष्ठान प्रदेश नं ४ द्वारा आज यहाँ आयोजित ‘आजको सन्दर्भमा बिपीको विचार’ विषयक अन्तरसंवाद कार्यक्रममा उहाँले बिपीले तत्कालीन अवस्थामा चाहेको शासन व्यवस्था संघीय...बाँकी अंश →


धानको दुई जात विकसित

काठमाडौँ, २५ वैशाख (रासस) ः तराई÷भित्री मधेश लगायतका क्षेत्रमा सुख्खा र डुबानलाई प्रतिकूल अवस्था सहन सक्ने धानको दुईवटा जात विकसित भएको छ । नेपाल कृषि अनुसन्धान परिषद्ले हालै बहुगुणी धान १ र बहुगुणी धान २ नामक दुई जातका धानको लामो अनुसन्धानपछि उन्मोचन गरेको हो । चैते र वर्षे दुवै समयमा...बाँकी अंश →


भूपू गोर्खा सैनिकका माग सम्बोधन हुँदै

काठमाडौँ, २५ वैशाख (रासस)ःगोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आफ्ना जायज माग पूरा हुने स्थिति उत्पन्न भएको जनाउँदै बेलायत सरकारसमक्ष ११ बुँदे माग पेश गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा समितिले निवृत्तिभरण सुविधावापतको रकम भारतीय बैंकमार्फत नभई नेपाल राष्ट्र बैंकबाट स्टर्लिङ पाउण्डमा उपलब्ध हुनुपर्ने तथा बेलायती गोर्खाका १८ वर्षभन्दा...बाँकी अंश →


भूउपयोग नीति बनाउन सुझाव

काठमाडौँ, २५ वैशाख (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वप्रधानमन्त्रीहरुले भूउपयोगसम्बन्धी नीति बनाउनुपर्ने सुझाव दिनुभएको छ । । सरकारको नीति तथा कार्यक्रमका सम्बन्धमा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबास प्रणाली मुलुकको विकासको बाधक भएकाले त्यसलाई व्यवस्थित गर्न बस्तीहरु स्थानान्तरण गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो । संघीय संसद्मा...बाँकी अंश →


राष्ट्रियसभा मातहत चार समिति

काठमाडौँ २५ वैशाख (रासस) ः राष्ट्रियसभामा चार समिति रहने व्यवस्थासहितको राष्ट्रियसभा नियमावली, २०७५ मस्यौदा गरिएको छ । मस्यौदा राष्ट्रियसभाको बैठकमा पेश गरिएको छ । सोमबार बसेको बैठकमा नियमावली मस्यौदा समितिमा सभापति परशुराम मेघी गुरुङले उक्त मस्यौदा पेश गर्नुभएको हो । नियमावली मस्यौदानुसार राष्ट्रियसभा मातहत दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन,...बाँकी अंश →


वैदेशिक रोजगार क्षेत्रको ठगी रोक्न मागपत्र जाँचबुझ निर्देशिका कार्यान्वयनमा

काठमाडौँ, २५ वैशाख (रासस) ः वैदेशिक रोजगार क्षेत्रको विकृति र ठगी रोक्न सरकारले आजदेखि ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँच निर्देशिका, २०७५’ कार्यान्वयनमा ल्याएको छ । निर्देशिका कार्यान्वयनमा आएसँगै वैदेशिक रोजगारमा पठाउनुपूर्व स्वीकृतिका लागि पेश हुने मागपत्रको आधिकारिकताका सम्बन्धमा सम्बन्धित मुलुक हेर्ने नेपाली कूटनीतिक नियोगको सिफारिस अनिवार्य हुनेछ । वैदेशिक रोजगार नियमावली,...बाँकी अंश →


धावन मार्ग पर्याप्त नहुँदा विमान अवतरण गराउन समस्या

चितवन, २५ वैशाख (रासस) ः भरतपुर विमानस्थलको धावन मार्ग पर्याप्त नहुँदा ठूला विमान अवतरण गराउन समस्या भएको छ । विसं २०१८ मा निर्माण गरिएको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको छ । विमानस्थलको विस्तार हुन नसक्दा समस्या भएको छ । यात्रुको चाप बढ्दै जाँदा धावनमार्गका कारण विमान कम्पनीले ठूला विमान यहाँ...बाँकी अंश →


माओवादी केन्द्रः राष्ट्रियसभामा दलका नेतामा शर्मा

काठमाडौँ, २५ वैशाख (रासस) ः सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) संसदीय दलको आज बसेको बैठकले राष्ट्रियसभामा दलको नेतामा सांसद दीनानाथ शर्मालाई चयन गर्ने निर्णय गरेको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले संसदीय दलको विधान पनि पारित गरेको छ । बैठकमा बजेट अधिवेशनबारे सरकारमा सहभागी दलबीच समान धारणा...बाँकी अंश →


वैदेशिक रोजगारसम्बन्धी ‘जाँचबुझ निर्देशिका’ स्वीकृत

काठमाडौँ, २५ वैशाख (रासस) ः श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारसम्बन्धी समस्या न्यूनीकरण गर्न पेश गरेको ‘जाँचबुझ निर्देशिका’ मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अब नेपाली नियोगबाट प्रमाणित भएका मागमा मात्रै श्रमिक पठाउने निर्णय गरेको हो । निर्देशिकाले ठगीको समस्यालाई न्यूनीकरण गर्न सहयोग गर्ने मन्त्रालयका सहसचिव डा...बाँकी अंश →


कर्मचारीले चार महिनादेखि तलब पाउन सकेनन्

काठमाडौँ, २५ वैशाख (रासस) ः नेपाल स्वास्थ्यकर्मी युनियनले देशभरका करीब ३० हजार कर्मचारीलाई चार महिनादेखिको तलब भत्ता उपलब्ध गराउन माग गरेको छ । गत माघ महिनादेखि ती स्वास्थ्यकर्मीले तलब खान नपाएपछि युनियनले सो विषयमा माग गरेको हो । युनियनका अध्यक्ष उज्ज्वलकुमार शर्माले कर्मचारीले विगत चार महिनादेखि तलब पाउन नसकेकोमा चिन्ता...बाँकी अंश →


धर्मगुरु श्रीनिवासाचार्य पक्राउ, आफैँले गोली हान्न लगाएको खुलासा

बिराटनगर: हिन्दु धर्मगुरु श्रीनिवासाचार्यमाथि गोली प्रहार भएको घटना उनकै योजनामा बनाइएको रहस्य खुलेको छ। देशमा हिन्दु धर्म कायम गर्ने वातावारण बनाउन भन्दै श्रीनिवासाचार्य आफैँले आफूलाई गोली हान्न योजना बनाएको कुरा प्रहरी अनुसन्धानबाट खुलेको हो । गत चैत २५ गते राति मोरङको बिराटनगरमा भएको गोली प्रहारको घटना अनुसन्धानका क्रममा प्रहरीले श्रीनिवासाचार्यलाई...बाँकी अंश →


अन्तरसरकारी वित्त परिषद्को बैठक सम्पन्न

काठमाडौँ, २४ वैशाख (रासस) ः अर्थमन्त्री डा युवराज खतिवडाको अध्यक्षतामा अन्तर सरकारी वित्त परिषद्को पहिलो बैठक बसेको छ । अर्थ मन्त्रालयमा आज बसेको बैठकमा प्रदेश नं. ५ का मुख्यमन्त्री तथा अर्थमन्त्री शंकर पोखरेलसहित सबै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, विभिन्न मन्त्रालयका सचिव...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter