मङ्गलबार, १८ बैशाख २०८१

भूउपयोग नीति बनाउन सुझाव

२५ बैशाख २०७५, मंगलवार १७:०९ मा प्रकाशित

काठमाडौँ, २५ वैशाख (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वप्रधानमन्त्रीहरुले भूउपयोगसम्बन्धी नीति बनाउनुपर्ने सुझाव दिनुभएको छ । ।
सरकारको नीति तथा कार्यक्रमका सम्बन्धमा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबास प्रणाली मुलुकको विकासको बाधक भएकाले त्यसलाई व्यवस्थित गर्न बस्तीहरु स्थानान्तरण गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो । संघीय संसद्मा आगामी जेठ १ गते सरकारको नीति तथा कार्यक्रम आउँदैछ ।

बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, डा बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको सहभागिता थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter