२० मंसिर २०८२

राष्ट्रिय

भारतीय प्रम मोदीको सम्मानमा रात्रिभोज

काठमाडौँ, २८ वैशाख(रासस) प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको सम्मानमा आज साँझ यहाँ रात्रिभोजको आयोजना गर्नुभयो । त्यस अवसरमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिपरिषद्का सदस्य, प्रदेश नं ३ का प्रमुख, पूर्वप्रधानमन्त्री, संवैधानिक अंगका प्रमुख, सांसद, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति, त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलगायतको उपस्थिति...बाँकी अंश →


नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय वार्ता

काठमाडौँ, २८ वैशाख (रासस)ः नेपाल र भारतका प्रधानमन्त्रीबीच आज यहाँ प्रतिनिधिमण्डलस्तरीय वार्ता सम्पन्न भयो । सौहार्दपूर्ण वातावरणमा भएको उक्त वार्तामा नेपाल–भारत सम्बन्धका सबै पक्षमा विचार विमर्श भएको थियो । नेपालको भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको द्विपक्षीय उक्त वार्तामा पारस्पारिक हित र चासोका विषयमा...बाँकी अंश →


अन्तरदेशीय प्रसारण लाइन र पञ्चेश्वर अगाडि बढाइने

काठमाडौँ, २८ वैशाख (रासस) ः नेपाल र भारतले संयुक्त रुपमा केही महत्वपूर्ण जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका भारतका प्रधानमन्त्रीले पञ्चेश्वरलगायत महत्वपूर्ण बहुउद्देश्यीय आयोजना शीघ्र अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएको हो । यहाँ...बाँकी अंश →


जनकपुर भ्रमण यादगारः भारतीय प्रम

महेन्द्रनगर, धनुषा, २८ वैशाख (रासस) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राचीन मिथिलाको राजधानी जनकपुरधामस्थित जानकी मन्दिर दर्शन गर्ने धेरै वर्षदेखिको इच्छा आज पूरा भएको बताउनुभएको छ । नेपालको दुईदिने राजकीय भ्रमणका क्रममा आज जनकपुर आउनुभएका प्रधानमन्त्री मोदीले जानकी मन्दिरमा रहेको आगन्तुक पुस्तिकामा ‘नेपाल र भारत दुवै देशका तीर्थालुको धार्मिक तीर्थस्थलको यात्रा...बाँकी अंश →


करोडौँ मूल्यमा बुद्ध धर्मग्रन्थ बेच्न लैजाँदै गर्दा पक्राउ

काठमाडौँ, २८ वैशाख (रासस) नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले पुरातात्विक महत्वको ऐतिहासिक बुद्ध धर्मग्रन्थसहित आज पाँच जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले बुद्ध धर्मग्रन्थसहित भारतका किप्पा भुटिया, दोलखाका घ्याम्छो लामा, बाँकेका जयरावज आचार्य, कैलालीका प्रवीणकुमार शाह र झापाका पुष्कर मैनालीलाई बिहीबार सातदोबाटोबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।...बाँकी अंश →


भारतीय प्रधानमन्त्री मोदीसँग पूर्वप्रधानमन्त्रीहरुको भेटवार्ता

काठमाडौँ, २८ वैशाख (रासस) नेपालको राजकीय भ्रमणमा रहनु भएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका पूर्वप्रधानमन्त्रीहरुबीच भेटवार्ता भएको छ । आज साँझ होटल द्वारिकाजमा भएको उक्त भेटवार्तामा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, भलनाथ खनाल, शेरबहादुर देउवा, पुष्पकमल दाहाल‘प्रचण्ड’मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीको सहभागिता थियो । भेटवार्तामा आपसी हित र चासोका विभिन्न विषयमा...बाँकी अंश →


संघीयताले देशको अस्तित्व समाप्त पार्छः नेता केसी

पोखरा, २८ वैशाख (रासस) राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले ‘नेपाली जनताको चाहनाविपरीत लादिएको’ संघीयताले देशको अस्तित्वलाई संकटमा पर्ने बताउनुभएको छ । जनमोर्चाको भ्रातृ संगठन अखिल नेपाल युवक संघको साताँै राष्ट्रिय सम्मेलनको यहाँ आज उद्घाटन गर्दै उहाँले विप्रेषणले धानेको देशको अर्थतन्त्रले संघीयता धान्न नसक्ने बताउनुभयो । मुलुकमा रोजगारीको सिर्जना गर्न...बाँकी अंश →


केयर रिलीफ फण्डको प्रमुखमा हजरत अली, बिदेशमा रमजान मिया

केयर खबर, काठमांडौ केयर फाउंडेशनको विभागीय संगठन को रुपमा रहेको केयर रिलीफ फण्डको अध्यक्षपदमा हज़रत अली सर्वसहमतिमा नियुक्त भएका हुन । आज केन्द्रीय कार्यालय बिशालनगरमा एक कार्यक्रम गरी हजरत अलिलाई केयर रिलीफ़को अध्यक्षमा र रमज़ान अली मियांलाई केयर फाउंडेशनको बिदेश विभाग प्रमुखमा नियुक्त गरिएको केयर फाउंडेशनका अध्यक्ष मोबिन खानले जानकारी दिए...बाँकी अंश →


प्रधानमन्त्री मोदीको भ्रमण ः विगतको भन्दा पृथक

काठमाडौँ, २८ वैशाख (रासस) ः छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो नेपाल भ्रमण राजनीतिक, धार्मिक र पर्यटकीय दृष्टिले विगतको भन्दा पृथक बन्न पुगेको छ । नेपालमा नयाँ संविधानबमोजिम तीनवटै तहको निर्वाचन र सरकार गठनपछि भारतका प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपेको र आपसमा देखिएका समस्या...बाँकी अंश →


‘नेपालीको हृदय सागरभन्दा गहिरो र नेपालको स्वाभिमान सगरमाथाभन्दा उच्च छ’–भारतीय प्रधानमन्त्री मोदी

जनकपुरधाम, २८ वैशाख (रासस) ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबिना भारतको आस्था, विश्वास र इतिहास अधुरो भएको बताउनुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले प्रदेश नं २ को सरकार र जनकपुर उपमहानगरपालिकाद्वारा आज जनकपुरको ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदानमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो । उहाँले नेपालीहरुको...बाँकी अंश →


सेवा नपुगेका क्षेत्रमा पाँच वर्षभित्र विद्युत्

काठमाडौँ, २८ वैशाख (रासस) ः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विद्युत्को खपत बढाएर आर्थिक समृद्धिको आधार तयार पारिने बताउनुभएको छ । सामुदायिक विद्युत् उपभोक्ता महासंघ नेपालको पाँचौँं राष्ट्रिय महाधिवेशनको आज ललितपुरमा उद्घाटन गर्नुहुँदै मन्त्री पुनले आगामी पाँच वर्षभित्र सबै नागरिकलाई विद्युत् सेवा उपलब्ध गराइने बताउनुभयो । उहाँले अहिलेसम्म...बाँकी अंश →


वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन जोड

काठमाडौँ, २८ वैशाख (रासस) ः वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन वैदेशिक रोजगार ऐनमा समयानुकूल परिवर्तन हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । एमनेष्टी इन्टरनेशनल नेपालले आज यहाँ आयोजना गरेको ‘नीति, संवादमा राज्य र व्यापारिक उत्तरदायित्वमा दुव्र्यवहार न्यूनीकरण’ विषयक कार्यक्रममा उनीहरुले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउनका लागि यस सम्बन्धी ऐन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter