आइतबार, २३ बैशाख २०८१

संघीयताले देशको अस्तित्व समाप्त पार्छः नेता केसी

२८ बैशाख २०७५, शुक्रबार २३:१३ मा प्रकाशित

पोखरा, २८ वैशाख (रासस) राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले ‘नेपाली जनताको चाहनाविपरीत लादिएको’ संघीयताले देशको अस्तित्वलाई संकटमा पर्ने बताउनुभएको छ ।

जनमोर्चाको भ्रातृ संगठन अखिल नेपाल युवक संघको साताँै राष्ट्रिय सम्मेलनको यहाँ आज उद्घाटन गर्दै उहाँले विप्रेषणले धानेको देशको अर्थतन्त्रले संघीयता धान्न नसक्ने बताउनुभयो ।

मुलुकमा रोजगारीको सिर्जना गर्न नसक्दा अहिले पनि दैनिक एक हजार ५०० युवा विदेशिने गरेको उल्लेख गर्दै उहाँले नागरिकको सेवाभन्दा विदेशीको सेवा गरेर सत्ता टिकाउने खेल भएसम्म देशमा समृद्धि नआउने बताउनुभयो ।

‘राष्ट्रिय स्वाधीनताका लागि आमूल परिवर्तन, युवा अधिकार र जनतन्त्रको पक्षमा सातौँ राष्ट्रिय सम्मेलन’ भन्ने नाराका साथ आयोजित तीनदिने सम्मेलनमा मुलुकका ६० जिल्लाका ५०० प्रतिनिधि र पर्यवेक्षक सहभागी रहेको संघका केन्दीय अध्यक्ष तिलक थापाले जानकारी दिनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter