शनिबार, २२ बैशाख २०८१

मालपोत नापी कार्यालय हरु मा गलत गर्ने लाई कारवाही को दायरामा ल्याइनने

३ असार २०७५, आईतवार १४:४८ मा प्रकाशित

३ असार, काठमाडौं । केयर ख़बर :  मालपोत, नापी कार्यालयमा लामो समय बसी बिचौलियासँग नेक्सस जोड्ने र भ्रष्टाचार गर्ने कर्मचारीको गोप्य लिष्ट तयार हुदैछ । गलत गर्ने सबैलाइ कार्वाहीको दायरामा ल्याइन्छ ।

मालपोत कार्यालयहरुमा आमूल सुधार गरिन्छ । अहिले निवेदन दिँदा लामो र अप्ठ्यारा फर्म लेख्ने झन्झटबाट मुक्त गर्न ए फोर साइजको पेपरमा सजिलो भाषामा  नागरिकले सिधै निबेदन दिने ब्यवस्था गरिन्छ । यस क्षेत्रको आमूल सुधारको लागी म अहोरात्र खटिनेछु ।

जग्गा प्लटिङ्गमा बिचौलैया दलाली प्रथा हटाइनेछ । आबासयोग्य जग्गा खरिद बिक्रीको लागि बैधानिक कम्पनी मार्फत हुने गरि कर प्रणालीमा लिइनेछ । अब कोहि ठगिनुपर्ने छैन ।

भूमि सम्बन्धी नयाँ नीति आउँदैछ । भूमि सबै राज्यको हो, नागरिकलाई उपयोगको हिस्सा मात्र बितरण गरिएको हो । अब कुनै पनि नागरिक सुकुम्बासी हुनुपर्दैन । जमिनलाई नयाँ तरिकाले बर्गिकरण गरी कार्यान्वयन गरिन्छ ।

कृषियोग्य जमिनमा घर बनाउन दिइने छैन । कृषिमा अब टुक्रे जमिन होइन सिङ्गो चक्लाबन्दी जमिन चाहिन्छ । भूमीको उचित ब्यवस्थापन गरिन्छ ।

जथाभाबी ब्यापारिक पसल राख्ने, उद्योगहरु स्थापना गर्ने, घरघडेरी बनाउने अब्यवस्थित शहरीकरणलाई रोकिन्छ ।

आबासयोग्य भूमिमा बढी कर लगाइन्छ र कृषि प्रयोजनको लागि लिजमा भूमि लिने दिने ब्यवस्था हुन्छ । कार्यक्रममा राष्ट्रीयस्तरका दलहरु, भूमिबिज्ञहरु लगायतको उपस्थिती थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter