
काठमाडौँ, १ भदौ ,साझा यातायात तथा दिगो सार्वजनिक यातायातमा इ–टिकेटिङ तथा स्मार्ट कार्ड लागू हुने भएको छ । नेपाल बैंकको सहकार्यमा एनक्लाउड प्रालिले नेपालमा पहिलो पटक सार्वजनिक यातायातमा इ–टिकेटिङ तथा स्मार्ट कार्ड शुरु गर्न लागेको हो । यस प्रविधिमा नगद टिकट प्रिन्टिङ तथा स्मार्ट कार्ड दुवैको व्यवस्था गरिएको छ ।...बाँकी अंश →

काठमाडौँ, १ भदौ , संविधान प्रदत्त अधिकार कुण्ठित गर्ने गरी कुनै कानून ल्याउन नहुने संविधानका जानकारहरुले बताएका छन् । राष्ट्रिय ख्रिष्टियन महासङ्घ नेपालले आज राजधानीमा आयोजना गरेको फौजदारी ऐन तथा धार्मिक स्वतन्त्रताको प्रश्न विषयक छलफलमा उनीहरुले धर्मनिरपेक्ष मुलुक नेपालका सबै नागरिकलाई इच्छानुसार धर्म मान्ने अधिकार रहेको बताए । कार्यक्रममा वरिष्ठ...बाँकी अंश →

काठमाडौँ, १ भदौ , सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नयाँ उपलब्धि हासिल गर्न कतिपय पुराना कुरालाई त्याग्नुपर्ने बताउनुभएको छ । स्थानीय विकास पत्रकार समाजले आज यहाँ आयोजना गरेको समृद्धि र सुशासनका लागि प्रदेश र स्थानीय सरकारबीच सम्बन्ध र तहगत अन्तर सम्बन्ध विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री पण्डितले देश नयाँ...बाँकी अंश →

काठमाडौँ, १ भदौ , नेपाल कम्युनिष्ट पार्टी नेकपा०को भ्रातृ सङ्गठन विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ राखिने भएको छ । आज बसेको विद्यार्थी एकता कार्यदलको बैठकले विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ वा छोटकारीमा ‘अखिल’ राख्ने निर्णय गरेको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले जानकारी दिनुभयो । यसअघि नेकपा ९एमाले० निकट अनेरास्ववियु र नेकपा ९माओवादी केन्द्र०...बाँकी अंश →

काठमाडौँ, १ भदौ ,राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी ए ३३०–२०० सिरिजको ‘मकालु’ विमानले यसैसाताभित्र थाइल्याण्डको बैंककबाट व्यावसायिक उडान शुरु गर्ने भएको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट बिहीबार वायुयान उडान सञ्चालन अनुमतिपत्र (एओसी) पाएको मकालुले आउँदो मङ्गलबारसम्म उडान थाल्ने भएको हो । मकालुले...बाँकी अंश →

काठमाडौँ, १ भदौ , परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपालको प्रतिनिधित्व गर्दै भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको अन्त्येष्टिमा भाग लिन आज अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ । आजै अपराह्न नयाँ दिल्लीमा हुने अन्त्येष्टिमा भाग लिएर पररष्ट्रमन्त्री ज्ञवाली भोलि स्वदेश फर्कन कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । –––बाँकी अंश →

काठमाडौँ, १ भदौ , नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति बिमलेन्द्र निधि भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । भारतीय जनता पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयीको अन्त्येष्टिमा भाग लिन निधि नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । नेपाल र नेपाली जनताको मित्र तथा शुभेच्छा राख्ने बाजपेयीको निधनमा श्रद्धाञ्जलि अर्पण गर्न काङ्ग्रेस...बाँकी अंश →

काठमाडौँ, ३१ साउन , कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले भदौ १ गतेदेखि लागू हुन थालेको मुलुकी अपराध (सहिंता) ऐन २०७४ मा चिकित्सकको दण्ड सजाय सम्बन्धी व्यवस्थालाई संशोधन गर्ने जनाएको छ । चिकित्सकको दण्ड सजाय सम्बन्धी ऐनमा भएको व्यवस्थाप्रति नेपाल मेडिकल एसोशिएसनले व्यक्त गरेको चासोप्रति सरकार संवेदनशील रहेको र उक्त...बाँकी अंश →

काठमाडौँ, ३१ साउन , परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले समानता, सम्मान एवं आपसीहित र विश्वासका सिद्धान्तमा आधारित नेपाल–भारत सम्बन्धलाई दुवै देश नयाँ उचाइमा पु¥याउन प्रतिबद्ध रहेका बताउनुभएको छ । भारतको ७२ औँ स्वतन्त्रता दिवसका अवसरमा नेपाल–भारत मैत्री समाजले आज राजधानीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले आर्थिक–सामाजिकलगायत विविध क्षेत्रमा निरन्तर सहयोग जारी...बाँकी अंश →

काठमाडौँ, ३१ साउन , सुपर मादी जलविद्युत् आयोजनामा सानिमा बैंकको नेतृत्वमा विभिन्न आठ वाणिज्य बैंकहरुले रु पाँच अर्ब ७५ करोड लगानी गर्ने भएका छन् । आज यहाँ आयोजित कार्यक्रममा वित्तिय व्यवस्थापनसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भयो । सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र सुपर मादी हाइड्रोपावर लिमिटेडका कार्यकारी...बाँकी अंश →

काठमाडौँ, ३१ साउन , वैदेशिक रोजगारलाई थप व्यवस्थित बनाउन श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले अनलाइन प्रणालीको शुरुवात गर्ने भएको छ । वैदेशिक रोजगारसम्बन्धी काम गर्ने सम्पूर्ण निकाय तथा सरोकारवालालाई एउटै अनलाइन प्रणालीमा जोड्न लागिएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिनुभयो । “यसका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, वैदेशिक रोजगार...बाँकी अंश →

काठमाडौँ, ३१ साउन , वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विश्वव्यापी जलवायु परिवर्तनको असरबाट अतिप्रभावित मुलुकका नाताले नेपालले त्यसको क्षतिपूर्ति दाबी गर्ने बताउनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज मन्त्री बस्नेतसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रिचर्ड मोरिसले गर्नुभएको शिष्टचार भेटमा उहाँले जलवायु परिवर्तनमा नेपालको कुल योगदान ०.०२७ प्रतिशत भए पनि...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: