मङ्गलबार, २५ बैशाख २०८१

नयाँ उपलब्धि हासिल गर्न पुराना त्याग्नुपर्छ , मन्त्री पण्डित

१ भाद्र २०७५, शुक्रबार २२:३४ मा प्रकाशित

काठमाडौँ, १ भदौ , सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नयाँ उपलब्धि हासिल गर्न कतिपय पुराना कुरालाई त्याग्नुपर्ने बताउनुभएको छ ।

स्थानीय विकास पत्रकार समाजले आज यहाँ आयोजना गरेको समृद्धि र सुशासनका लागि प्रदेश र स्थानीय सरकारबीच सम्बन्ध र तहगत अन्तर सम्बन्ध विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री पण्डितले देश नयाँ संरचनामा गएकाले पुराना केही कुरालाई त्यागी अघि बढ्नुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “देशलाई आर्थिक समृद्धितिर लान आवश्यक छ, त्यसको लागि सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ । राष्ट्रसेवक कर्मचारी दुर्गम स्थानमा रहेका जनताको सेवामा जान नमान्ने गरेको भन्दै उहाँले आगामी दिनमा त्यस्तो नहुने र मन्त्रालयले आवश्यकताअनुसार देशको जुन कुनामा पठाए पनि तयार रहनुपर्ने बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले संविधानलाई सफल बनाउन र मुलुकलाई समृद्धतिर लानको लागि कर्मचारी संविधानअनुसार परिचालन हुनुपर्नेमा जोड दिनुभयो ।

प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले सबैले आफ्नो जिम्मेवारी पूरा गरेमात्र संविधान कार्यान्वयन हुने धारणा राख्नुभयो । आयोजक संस्थाका अध्यक्ष शिव रेग्मीले मुलुकलाई विकास र समृद्धितिर लाने हो भने स्थानीय र प्रदेश सरकारको हरेक काम कारवाहीमा सहकार्य र समन्वय हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)को सहभागिता रहेको थियो ।

दुई पसलमा शिलबन्दी

यसैगरी बजार अनुगमनको क्रममा नियम विपरीत सञ्चालनमा रहको दुई पसललाई शिलबन्दी गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज काठमाडौँको विभिन्न स्थानमा गरेको अनुगमनको क्रममा एक मासु र खाद्य पसल गरी दुई पसलमा शिलबन्दी गरेको हो ।

कुलेश्वरमा रहेको स्वच्छ मासु सेन्टर, खसी काट्ने स्थानमा अत्यधिक दुर्गन्ध भएको तथा पहिले दिइएको निर्देशन पालना नगरेको तथा पसलमा रहेका फ्रिज तथा अन्य सामान फोहर रहेकाले सबै सामग्री सञ्चालक स्वयंको जिम्मामा रहने गरी शिलबन्दी गरी २४ घण्टाभित्र यस विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

अनुगमन संयोजक खगेन्द्रराज जोशीसहितको टोलीले गरेको अनुगमनको क्रममा एसआर डिष्ट्रिब्यूटर्स प्रालिमा म्याद नाघेका सामान धैरै भेटिएपछि शिलबन्दी गरिएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter