मङ्गलबार, २५ बैशाख २०८१

धार्मिक स्वतन्त्रता पाउनुपर्छ

१ भाद्र २०७५, शुक्रबार २२:४२ मा प्रकाशित

काठमाडौँ, १ भदौ , संविधान प्रदत्त अधिकार कुण्ठित गर्ने गरी कुनै कानून ल्याउन नहुने संविधानका जानकारहरुले बताएका छन् ।

राष्ट्रिय ख्रिष्टियन महासङ्घ नेपालले आज राजधानीमा आयोजना गरेको फौजदारी ऐन तथा धार्मिक स्वतन्त्रताको प्रश्न विषयक छलफलमा उनीहरुले धर्मनिरपेक्ष मुलुक नेपालका सबै नागरिकलाई इच्छानुसार धर्म मान्ने अधिकार रहेको बताए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले विकसित मुलुकमा पनि धार्मिक स्वतन्त्रता रहेको उल्लेख गर्दै नेपालका अल्पमत समुदायलाई अनावश्यक बन्देज लगाएर धार्मिक स्वतन्त्रता कुण्ठित गर्न नहुने विचार व्यक्त गर्नुभयो ।

अधिवक्ता गोविन्द बन्दीले १६५ वर्ष पुरानो मुलुकी ऐन प्रतिस्थापन गर्दै अपराध संहिता र देवानी संहितासम्बन्धी नयाँ ऐन लागू गर्दा केही विवाद भएको बताउनुभयो ।

राष्ट्रिय ख्रिष्टियन महासङ्घ नेपालका अध्यक्ष सिबी गहतराजले ख्रिष्टियनहरु जबर्जस्ती धर्मपरिवर्तनको विरोधी भएको प्रष्ट पार्दै संविधानले सबै नागरिकलाई स्वतन्त्रतापूर्वक आफ्नो धर्म संस्कृति मान्न पाउने समान अधिकार प्रदान गरेको बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter