बिहिबार, २० बैशाख २०८१

विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ हुने

१ भाद्र २०७५, शुक्रबार २२:३१ मा प्रकाशित

काठमाडौँ, १ भदौ , नेपाल कम्युनिष्ट पार्टी नेकपा०को भ्रातृ सङ्गठन विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ राखिने भएको छ । आज बसेको विद्यार्थी एकता कार्यदलको बैठकले विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ वा छोटकारीमा ‘अखिल’ राख्ने निर्णय गरेको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले जानकारी दिनुभयो । यसअघि नेकपा ९एमाले० निकट अनेरास्ववियु र नेकपा ९माओवादी केन्द्र० निकट अनेरास्ववियु ९क्रान्तिकारी० नाम रहेका थिए ।

। नेतृत्वमा अझै सहमति हुन सकेको छैन । नयाँ बन्ने सङ्गठनको नेतृत्वका लागि अनेरास्ववियु ९क्रान्तिकारी०का अध्यक्ष रञ्जीत तामाङ र अनेरास्ववियुका महासचिव ऐन महर, उपाध्यक्ष महेश बर्तौला र सचिव सुरेश पराजुली दाबेदार रहेका छन् ।

क्रान्तिकारीका अध्यक्ष तामाङले भोलिसम्म नेतृत्व टुङ्ग्याएर नेकपाका महासचिव विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाउने बताउनुभयो । केन्द्रीय कमिटीमा पनि ४९९ राख्ने सहमति भएको छ । केन्द्रीय कमिटीमा अनेरास्ववियुबाट २६० जना र क्रान्तिकारीबाट २३९ जना रहने सहमति भएको छ ।

कार्यदलले विधान र राजनीतिक तथा शैक्षिक विषयमाथि थप अध्ययन गर्ने भएको छ । विधानका लागि अनेरास्ववियुका अध्यक्ष लामा र क्रान्तिकारीका तामाङ तथा राजनीतिक र शैक्षिक विषयका लागि अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुङ्गेल र किशोरविक्रम मल्ल तथा क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ललाई जिम्मा दिइएको छ ।

नेकपाको अर्को भ्रातृ सङ्गठन युवा सङ्गठनको युवा सङ्घ नेपाल र योङ कम्युनिष्ट लिग ९वाइसिएल० अझै एकताको खाका टुङ्गिएको छैन । वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाले नाम, नेतृत्व र केन्द्रीय कमिटीमा रहेने सदस्यको नाम अझै नटुङ्गिएको बताउनुभयो । उहाँले छलफलकै क्रममा रहेकाले भोलिसम्म नाम, नेतृत्व र केन्द्रीय कमिटीको सङ्ख्यामा सहमति गरिने जानकारी गराउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter