२० माघ २०८२

राष्ट्रिय

आन्द्राको शल्यक्रिया सफल

बाजुरा, २२ भदौ ,,   बाजुरा जिल्ला अस्पतालमा पहिलो पटक आन्द्राको शल्यक्रिया गरिएको छ । गौमुल गाउँपालिका–५ की ३६ वर्षीया ऋतु रोकायाको आन्द्राको शल्यक्रिया गरिएकोे हो । डा दुर्गाराज महर्जन नेतृत्वको टोलीमा रहनुभएका डा टीकाराम राई, राजेश वर्मा, चुणामणि पन्त, सुनिता गुरुङ र यशोदा थापाले साढे चार घण्टा लगाएर आन्द्राको शल्यक्रिया...बाँकी अंश →


नागरिकलाई घरदैलोमा पुगेर सेवा दिन प्रधानमन्त्रीको आह्वान

काठमाडौँ, २२ भदौ ,,   प्रधानमन्त्री केपी शर्मा ओलीले १५औँ निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै एक्काइसाँै शताब्दीमा नागरिकका अपेक्षा सम्बोधनका लागि घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्न राष्ट्रसेवकमा आह्वान गर्नुभएको छ । ‘नतिजामुखी प्रशासन ः समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाइएकोे ‘निजामती सेवा दिवस, २०७५’ का अवसरमा उहाँले सम्पूर्ण...बाँकी अंश →


नेपालमा संवैधानिक अंगको रुपमा मुस्लिम आयोग

२०६८ सालमा राष्ट्रिय मुस्लिम आयोगको गठन भयो । यो आयोग स्थानीय विकास मन्त्रालयको मातहतमा राखियो । प्रथमपटक अर्घाखाँचीका निर्दाेष अलीको अध्यक्षतामा गठन भएको आयोग १३ सदस्यीय थियो । चार वर्षे कार्यकाल पूरा गरेपछि बर्दियाका नसिरुद्दीन शेषको अध्यक्षतामा दोश्रो कार्यकालको लागि मुस्लिम आयोगको गठन भयो । यो आयोग संवैधानिक थिएन ।...बाँकी अंश →


खाध स्वच्छता अभियान संचालन गर्ने तयारी अन्तिम चरणमा

२१ भदौं, काठमाडौं ।,,   कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभर सबै सरोकारवाला निकायको सक्रिय सहभागितामा खाध स्वच्छता अभियान संचालन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । मन्त्रालयले भदौं अन्तिमदेखि शुरु हुने अभियानको पूर्व तयारी स्वरुप आज बिहीबार मातहतका निकाय र सरोकारवालासँग छलफल गरी सुझाव संकलन गरेको छ । जुन अभियान...बाँकी अंश →


मालपोत तथा नापी कार्यालयमा सरल भाषाका फारम

काठमाडौँ, २१ भदौ ,,   भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत तथा नापी कार्यालयमा जग्गासम्बन्धी काम गर्न सरल भाषाको फारम लागू गर्न थालिएको बताउनुभएको छ । आज मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “झन्झटिला ठूला फारामको सट्टा सेवाग्राही आफँैले भरेर काम गर्नसक्ने खालको सानो तर सरल भाषाको...बाँकी अंश →


रोजगारी विधेयकको प्रस्ताव स्वीकृत

काठमाडौँ, २१ भदौ ,,   प्रतिनिधिसभाको आजको बैठकले ‘रोजगारीको हकसम्बन्धी विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सदनको दोस्रो बैठकमा सो विधेयक प्रस्तुत गर्नुभएको थियो । यसैगरी बैठकले जातीय भेदभाव तथा छुुवाछूत (कसुर र सजाय)...बाँकी अंश →


अध्यक्ष दाहाल भारत प्रस्थान

काठमाडौँ, २१ भदौ,,   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने भ्रमणका लागि आज अपराह्न नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका सहमति र समझदारीको सुदृढ...बाँकी अंश →


दोस्रो खेलमा नेपाल विजयी

काठमाडौँ, २१ भदौ ९रासस० ः बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भूटानमाथि शानदार जित हात पारेको छ । बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपालले भूटानलाई ४–० गोलले पराजित ग¥यो । नेपालले खेलको २१औँ मिनेटमा अनन्त तामाङको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा १–० को...बाँकी अंश →


फोरम अर्घाखाँची को जिल्ला भेला सम्पन्न

अर्घाखाँची २१ भदौ । संघीय समाजवादी फोरम नेपाल जिल्ला समन्वय तदर्थ समिति अर्घाखाँचीको जिल्लाभेला बुधबार सन्धीखर्कमा सम्पन्न भएको छ । जिल्ला ईन्चार्ज नेत्र थापाको अध्यक्षता तथा ५ नं.प्रदेश सह–इञ्चार्ज नबिन सुनुवारको प्रमुख आतिथ्यता एंव प्रदेश अध्यक्ष अशोक कुमार यादवको विशिष्ट आतिथ्यमा सम्पन्न भेलाले नेत्र थापा मगरको अध्यक्षता११ सदस्य जिल्ला समन्वय...बाँकी अंश →


मौलिक हकसम्बन्धी विधेयक निर्धारित समयभित्रै पारित हुन्छ,, सभामुख

काठमाडौँ, २१ भदौ ,,   सभामुख कृष्णबहादुर महराले आगामी असोज २ गतेभित्र संविधानअन्तर्गतका मौलिक हकसम्बन्धी विधेयक संसद्बाट पारित भइसक्ने बताउनुभएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै आज उहाँले प्रतिनिधिसभामा पेश भएका मौलिक हकसम्बन्धी विधेयकको अवस्थाका बारेमा जानकारी गराउनुभएको हो । सभामुख महराले आगामी असोज ३ गतेसम्म मौलिक हकसम्बन्धी कानून पारित भइसक्नुपर्ने संवैधानिक...बाँकी अंश →


नेपाली भाषाको प्रयोग घट्दो ,, प्रतिवेदन

काठमाडौँ, २१ भदौँ ,,   राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भाषा आयोगले आज आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन बुझाउँदै संविधानको मर्मअनुसार राष्ट्रभाषा र मातृभाषाको नीति एवं प्रयोगका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले सो प्रतिवेदन बुझाउनुभएको हो । राष्ट्रपति भण्डारीले आयोगको कामका...बाँकी अंश →


नेपाली क्रिकेट टोली शुक्रबार स्वदेश फर्किने

काठमाडौँ, २१ भदौ,,   मलेसियामा भएको एशिया कप छनोट क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली शुक्रबार स्वदेश फर्किने भएको छ । टोली शुक्रबार दिउँसो मालिन्डो एअरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो । नेपाली टोलीसँगै सन्दीप लामिछाने पनि स्वदेश फर्कने छन् । एशिया कपमा छनोट हुने...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter