बुधबार, ०२ जेठ २०८१

रोजगारी विधेयकको प्रस्ताव स्वीकृत

२१ भाद्र २०७५, बिहीबार २३:४१ मा प्रकाशित

काठमाडौँ, २१ भदौ ,,   प्रतिनिधिसभाको आजको बैठकले ‘रोजगारीको हकसम्बन्धी विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सदनको दोस्रो बैठकमा सो विधेयक प्रस्तुत गर्नुभएको थियो । यसैगरी बैठकले जातीय भेदभाव तथा छुुवाछूत (कसुर र सजाय) (पहिलो संशोधन) २०७५ र सामाजिक सुरक्षा विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई पनि सर्वसम्मतिले स्वीकृत गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ती दुवै विधेयकलाई सदनको बैठकसमक्ष प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी ‘भूमिसम्बन्धी (सातौँ संशोधन) विधेयक, २०७५’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालको प्रस्तावलाई पनि बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको अर्काे बैठक यही भदौ २८ गते बिहान ११ बजे बस्नेछ

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter