सोमबार, २४ बैशाख २०८१

खाध स्वच्छता अभियान संचालन गर्ने तयारी अन्तिम चरणमा

२२ भाद्र २०७५, शुक्रबार ००:२३ मा प्रकाशित

२१ भदौं, काठमाडौं ।,,   कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभर सबै सरोकारवाला निकायको सक्रिय सहभागितामा खाध स्वच्छता अभियान संचालन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । मन्त्रालयले भदौं अन्तिमदेखि शुरु हुने अभियानको पूर्व तयारी स्वरुप आज बिहीबार मातहतका निकाय र सरोकारवालासँग छलफल गरी सुझाव संकलन गरेको छ । जुन अभियान केन्द्रमा प्रधानमन्त्रीबाट र सातै प्रदेशमा प्रदेशका मुख्यमन्त्रीहरुबाट शुरु गर्ने मन्त्रालयको तयारी छ । पिउने पानी, प्रसोधित दूध तथा खाने तेलको स्वच्छता र गुणस्तरमा उल्लेख्य सुधार गरी आम उपभोक्ताको विश्वास अभिवृद्धि गर्ने उदेश्यले अभियान सञ्चालन गर्न लागएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मन्त्रालयमा आयोजना गरेको खाद्य सुरक्षा तथा गुणस्तर अभियान सम्बन्धी अन्तरकृयामा व्यक्त विचारहरु ।
चक्रपाणी खनाल बलदेव– मन्त्री, कृषि तथा पशुपन्छी विकास
खाद्य सुरक्षा तथा गुणस्तर अभियान हिजोको निरन्तरता होइन । खाद्य बस्तुमा कुनै पनि हालतमा सम्झौता गरिन्न । बरु जति सकिन्छ त्यति नै गरिन्छ । सम्बन्धित निकायहरु खाद्यान्न, दुध, पानी जस्ता अत्यावश्यक बस्तुमा पनि जिम्मेवार नभए सरकार कठोर भएर अघि बढ्छ । खाद्य सुरक्षा र गुणस्तर कायम नराख्ने निकायलाई सम्झाएर, बुझाएर, फकाएर पनि जिम्मेवार भएनन् भने कानूनको अन्तिम अस्त्र प्रयोग गरिन्छ । म अराजक ढंगले अघि बढौं भन्दैन, तर कानुनको पालना गर्दै त्यही अनुसार अघि बढौं । खाद्य स्वच्छता नीति र कानुन निर्माणको काम अघि बढेको छ । पहिले जस्तो नीति नियम र कानुन बन्न महिनौं लाग्दैन । त्यो दु्रत गतिमा अघि बढ्छ । मातहतका निकायहरु पुरै निकम्मा त होइन तर प्यारालाईसिस भए जस्ता भएका छन् । एउटा अंग चल्न खोज्दा अर्को अंगले काम गर्दैन ।
ज्योती बाँनिया –उपभोक्ता अधिकारकर्मी
सरकारले अघि सारेको अभियान प्राविधिक मात्र नहोस्, व्यवहारमा लागु होस् हामी साथ दिन तयार छौं । कार्पेट मुनिको विषय बस्तु जस्तो भएको थियो अहिले कार्पेट माथि आएको छ । खाद्य स्वच्छता नीति र ऐन विना अभियान सफल हुन्न । त्यसैले कानुन निर्माणको कामलाई प्राथमिकतामा राखियोस् । प्रत्येक प्रदेशमा खाद्य अनुसन्धान केन्द्र हुनुपर्छ । प्रत्येक स्थानीय तहमा अभियान लैजाने प्रतिवद्धता हुनुपर्छ र खाद्य निरिक्षक राख्नुपर्छ । अहिले केन्द्र र प्रदेशमा रहेका सबै ६ वटा खाद्य मन्त्रीले कृषकसँग जोडिने गरी हर्टलाइन राख्नुपर्छ ।
जीवन प्रभा लामा– उपभोक्ता अधिकारकर्मी
अभियान राम्रो छ चेतना अभिबृद्धिमा जोड दिनुपर्छ । अन्य मन्त्रालयसँग सहकार्य र समन्वय हुनुपर्छ ।
उत्तमकुमार भट्टराई– पूर्व सचिव
वाणिज्य मन्त्रालयले अधिकारक्षेत्र मिचेको जस्तो देखिन्छ । यसले गर्दा अन्तर मन्त्रालय समन्वय हुन सकेको छैन । स्तरोन्नती गर्न नसक्ने उद्योगलाई सरकारले अनुदार दिनुपर्छ । अनुज्ञा पत्र दिँदा प्राविधिक राख्नुपर्छ । प्रत्येक प्रदेशमा अनिवार्य खाद्य प्रयोगशाला राख्नुपर्छ ।
विमला खनाल राजभण्डारी –उपभोक्ता अधिकारकर्मी
कृषिजन्य उत्पादनमा प्रयोग भएको विषादी नियन्त्रण गर्न पहल गरियोस् । डलर तिरेर रेडबुल किन्ने र जुम्लाको स्याउ बेचेर कोकाकोला खाने प्रबृतिलाई अन्त्य गर्न सचेतना अभियान चलाइनु पर्छ । क्वारेन्टाइन चुस्त छैनन् । ध्यान दिइयोस् । कालिमाटी फलफुल तथा तरकारी बजारमा रहेको विषादी नियन्त्रण उपकरण प्रभावकारी भएन । किसानलाई तालिम र यान्त्रीकिकरणको आवश्यकता छ ।
हरिकुमार श्रेष्ठ –प्रतिनिधि काठमाडौं महानगरपालिका
कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवार र सकृय बनाउनु पर्छ ।

  • अभियानका उदेश्यहरु
    पिउने पानी, प्रसोधित दूध तथा खाने तेलको स्वच्छता र गुणस्तरमा उल्लेख्य सुधार गरी आम उपभोक्ताको विश्वास अभिवृद्धि गर्ने
    पिउने पानी, प्रसोधित दूध तथा खाने तेलको स्वच्छता र गुणस्तर नियमन कार्यको प्रभावकारितामा वृद्धि ल्याउने
    पिउने पानी, प्रसोधित दूध तथा खाने तेलको स्वच्छता एवम् गुणस्तरसँग सम्बन्धित सरोकारवालाहरुको क्षमता अभिवृद्धि गर्ने
  • अभियान सञ्चालन प्रकृया
    प्रथम चरणमा प्रदेश स्थित प्रमुख शहरर महानगरपालिका उप महानगरपालिकाहरुमा केन्द्रित
    दोश्रो चरणमा मुख्य मुख्य बजार क्षेत्र र नगरपालिकाहरुमा केन्द्रित
    कृषि तथा पशुपन्छी विकास मन्त्रीको अध्यक्षतामा उच्चस्तरीय अभियान निर्देशक समिति
    सचिव (कृषि तर्फ) को अध्यक्षतामा अभियान अनुगमन तथा मूल्याङ्कन समिति
    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशकको अध्यक्षतामा अभियान सञ्चालन समिति (केन्द्रीय)
    खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका कार्यालय प्रमुखको अध्यक्षतामा अभियान सञ्चालन समिति (प्रादेशिक)
    खाद्य वस्तुको स्वच्छता एवम् गुणस्तर सम्बन्धमा उपभोक्ताहरुको सचेतनाको स्तरमा सुधार ल्याउने
  • बजेट ब्यवस्थापन
    आ. व. २०७५र७६ मा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको स्वीकृत बार्षिक कार्यक्रम २.२१.१.१० अनुसार खाद्य पोषण तथा प्रविधि कार्यक्रम
    विभागबाट विस्तृत कार्यक्रम बजेट प्रस्ताव तयार गरी मन्त्रालय मार्फत् अर्थ मन्त्रालयमा पेश गरी एल एम वि आइ एस सिस्टममा समाविष्ट भई अन्तिम कार्यक्रम बजेट तय हुने
    स्वीकृत बजेटको परिधिभित्र रही कार्यक्रम सञ्चालन हुने

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter