०६ चैत २०८२

मुख्य खबर

काठमाडौं महानगरले भन्यो-उपत्यका प्रवेश गर्ने नाका सिल गरौं

काठमाडौं महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग आग्रह गरेको छ। महानगरपालिकाको ४६ औं विशेष नगर कार्यपालिका बैठकले यस्तो आग्रह गरेको हो। ‘कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनको अवधिमा...बाँकी अंश →


लिम्पियाधुरा, कालापानी, लिपुलेकको विषय सेलाउन दिइने छैन, भूमि फिर्ता ल्याइनेछ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता ल्याइछाड्ने बताएका छन्। संघीय संसदका दुबै सदनको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अतिक्रमित भूमि समेटेर मन्त्रिपरिषदले नयाँ नक्सा पारित गरिसकेको र केही दिनमा जारी हुने बताए। ‘अब लिम्पियाधुरा, कालापानी, लिपुलेकका विषय सेलाउन दिइने छैन, भूमि फिर्ता लिने...बाँकी अंश →


भारतीय सेना प्रमुखलाई प्रधानमन्त्रीको जवाफ- नेपाल कहिल्यै गुलामी नस्वीकारेको राष्ट्र हो, कसैको उक्साहट चल्दैन

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय  सेना प्रमुख मनोज मुकुन्द नरवानेलाई नेपाल कहिल्यै गुलामीमा नचलेकाले कुनै विषयमा अरूको उक्साहट/दबाबमा  नचल्ने जवाफ फर्काएका छन्। सरकारले संसदमा प्रस्तुत गरेका नीति तथा कार्यक्रममा प्रतिनिधि सभाका सांसदहरूले उठाएका प्रश्नको मंगलबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपालले कहिल्यै दासत्व नस्वीकारेले लिपुलेक विवादमा पनि कसैको उक्साहटमा नचलेको बताए।...बाँकी अंश →


उपत्यकाका तीनै जिल्लामा सहित थपिए २७ जना कोरोना संक्रमित

मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लामासहित २७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मंगलबार ३ जना संक्रमित थपिएका छन् भने भक्तपुर र ललितपुरमा १/१ जना कोरोना संक्रमित भेटिएका छन्। ललितपुरमा कोरोनाभाइरसको संक्रमण पहिलो पटक देखिएको हो। त्यस्तै  झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १,...बाँकी अंश →


कोरोना महासंकटमा पनि सरकार भ्रष्टाचारमा लिप्त: शशांक कोइराला

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद शशांक कोइरालाले कोरोना महामारीका बेला पनि सरकार भ्रष्टाचारमा लिप्त रहेको बताएका छन्। स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताले भ्रष्टाचारमा सरकार लिप्त रहेको प्रष्ट भएको कोइरालाले बताए। सोमबार नीति तथा कार्यक्रमबारे संसदमा भएको छलफलमा भाग लिएका सांसद कोइरालाले भने, ‘महासंकटका बेला सरकार संवेदनशील छैन। भ्रष्टाचारमा लिप्त रहेको...बाँकी अंश →


सीमामा अलपत्र मान्छे जोगाउन नसक्ने सरकारले भूमि फिर्ता ल्याउने विश्वास छैन: गगन थापा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले सीमामा अलपत्र परेका मानिसलाई स्वदेश ल्याउनुपर्ने बताएका छन्। सीमामा अलपत्र परेका नेपाली र विदेशमा कोरोनाका कारण रोजगारविहीन भई अलपत्र परेका नेपालीलाई सरकारले फिर्ता ल्याउन नसकेको उनले बताए। ‘जसले सीमानामा अलपत्र परेको मेरो साथीलाई जोगाउन सकेन, उसले सीमा जोगाउँछ। भूमि फिर्ता ल्याइदिन्छ भन्ने रत्तिभर...बाँकी अंश →


कोरोना महामारी रोक्न चीनले गरेका कामको बृहत् समीक्षा गर्न राष्ट्रपति सी तयार

चिनियाँ राष्ट्रपति सी चिनफिङ कोरोनाभाइरसको महामारी रोक्न आफ्नो देशले चालेका कदमहरूको बृहत् समीक्षा गर्न आफ्नो देशले सहयोग गर्ने बताएका छन्। सोमबार भएको विश्व स्वास्थ्य संगठनको विश्व स्वास्थ्य सम्मेलनमा भिडिओमार्फत् सम्बोधन गर्दै राष्ट्रपति सीले कोरोनाभाइरसको महामारी नियन्त्रणमा आएपछि त्यस्तो समीक्षा गर्नुपर्ने बताए। ‘त्यस्तो समीक्षा डब्लुएचओको नेतृत्वमा वैज्ञानिक र व्यवसायिक रूपमा तथ्यपूर्ण...बाँकी अंश →


मन्त्रिपरिषद्ले पारित गर्‍यो लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा

सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा पारित गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नक्सा पास गरेको बैठकमा उपस्थित एक मन्त्रीले बताए। आजैको बैठकमा भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नक्सा पेश गरेकी थिइन्। बैठकमा उपस्थित एक मन्त्रीले भने, ‘लिपुलेक, लिम्पियाधुरासहितको नक्सा आज पारित भएको छ।’ मन्त्री अर्यालले यसअघि नै नक्सा...बाँकी अंश →


एकैदिन थपिए 62 जना, कुल संक्रमितको संख्या ३५७ पुग्यो

काठमाडौँ- स्वास्थ्य मन्त्रालयले सोमबार एकैदिन नेपालमा ५३ जना नयाँ संक्रमित भेटिएको जानकारी दिएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३५७ पुगेको छ। बाँकेमा एकैदिन ४६ जना पुरुष र १ महिलामा संक्रमण देखिएको छ। त्यस्तै पछिल्लो अपडेटअनुसार मोरङमा १, गुल्मीमा १, धनुषामा १, रौतहटमा १, दाङमा १ र धादिङमा १ जना...बाँकी अंश →


विदेशमा अड्किएका करिब १५ लाख नेपाली फर्किन सक्ने गरी तयारी

काठमाडौँ– झण्डै नौ साताअघि सरकारद्वारा घोषित ‘लकडाउन’ र विदेशमा रहेका नेपालीहरुका लागि ‘प्रवेश निषेध’ गरे पनि बढ्दो आक्रोश र दबाबपछि व्यवस्थित तरिकाले उनीहरुलाई स्वदेश फर्काउने तयारीमा नेपाली सेनाले समन्वयकारी भूमिका खेलिरहेको छ। प्राप्त जानकारी अनुसार राजनीतिक नेतृत्वको ‘नो इन्ट्री’ अडानका कारण विदेशमा रहेका नेपालीहरुमा चुलिएको आक्रोश सेना लगायत सरकारका विभिन्न...बाँकी अंश →


सर्वोच्चको आदेश : तरकारी र फलफूल आयात गर्दा कोरोना परीक्षण गर्नू

४ जेठ, काठमाडौं । सर्वोच्च अदालतले तरकारी र फलफूलमा विषादी र कोरोना भाइरस संक्रमण परीक्षण गरेर मात्र आयात गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश दीपकुमार कार्की र हरिप्रसाद फुयालको इजलासले भारत लगायत अन्य देशबाट आयात हुने फलफूल तथा तरकारीमा विषादी तथा कोभिड १९ को उपलब्ध भएसम्मका परीक्षण सुविधा प्रयोग...बाँकी अंश →


जेठ २० सम्म लकडाउन थप्ने मन्त्रिपरिषदको निर्णय

आज बसेको मन्त्रिपरिषद बैठकले जेठ २० गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनका कारण संक्रमण नियन्त्रणमा सहयोग पुगेको निश्कर्ष निकाल्दै दुई साता लकडाउनको अवधि थप्ने र  बैठकले आपूर्ति व्यवस्थालाई भने सहज बनाउने निर्णय गरेको छ। यसअघि प्रधानमन्त्री कार्यालयमा बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter