मङ्गलबार, ०४ बैशाख २०८१

जेठ २० सम्म लकडाउन थप्ने मन्त्रिपरिषदको निर्णय

४ जेष्ठ २०७७, आईतवार २२:१९ मा प्रकाशित

आज बसेको मन्त्रिपरिषद बैठकले जेठ २० गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनका कारण संक्रमण नियन्त्रणमा सहयोग पुगेको निश्कर्ष निकाल्दै दुई साता लकडाउनको अवधि थप्ने र  बैठकले आपूर्ति व्यवस्थालाई भने सहज बनाउने निर्णय गरेको छ।

यसअघि प्रधानमन्त्री कार्यालयमा बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो।

चैत ११ गतेदेखि गरिएको लकडाउन पटक पटक थपिँदै आएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter