बिहिबार, ०६ बैशाख २०८१

उपत्यकाका तीनै जिल्लामा सहित थपिए २७ जना कोरोना संक्रमित

६ जेष्ठ २०७७, मंगलवार २१:३७ मा प्रकाशित

मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लामासहित २७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मंगलबार ३ जना संक्रमित थपिएका छन् भने भक्तपुर र ललितपुरमा १/१ जना कोरोना संक्रमित भेटिएका छन्। ललितपुरमा कोरोनाभाइरसको संक्रमण पहिलो पटक देखिएको हो।

त्यस्तै  झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित थपिएका छन्।

आज थपिएका मध्ये २४ पुरूष र तीन महिला छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ। मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार अब कोरोनाभाइरसको संक्रमण ३६ जिल्लामा पुगेको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter