३० मंसिर २०८२

मुख्य खबर

भक्तपुर औद्योगिक मेलामा ३ करोडको कारोबार

भक्तपुर । भक्तपुरको सल्लाघारीमा सञ्चालन भइरहेको चौथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा तीन करोडभन्दा बढीको व्यापार भएको छ । नयाँ वर्षको अवसरमा गत २३ चैतदेखि सञ्चालन भइरहेको मेलामा हालसम्म ६० हजारभन्दा बढीले अवलोकन गरेका र दैनिक उपभोग्य सामग्रीका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा तीन करोडभन्दा बढीको कारोबार भएको आयोजक...बाँकी अंश →


मलेसियाबाट ३० नेपालीको उद्धार

काठमाडौं– मलेसियास्थित नेपाली दूतावासले समस्यामा परेका ३० जना नेपालीको उद्धार गरी नेपाल फर्काएको छ । मलेसियाको ‘बुकिट जलिल’ घर फिर्ती केन्द्रमा रहेका उनीहरूलाई वैदेशिक रोजगार प्रर्बद्धन बोर्डको सहयोगमा एकतर्फी हवाई टिकट उपलब्ध गराएर दूतावासले बुधबार नेपाल फर्काएको हो ।समस्यामा परेकालाई लामो समयसम्म घर फिर्ती केन्द्रमा राख्दा शारीरिक तथा मानसिक समस्या...बाँकी अंश →


हुलाकी र रेल मार्ग निरन्तर गफको विषय

तुलसी भण्डारी / वीरगन्ज प्रधानमन्त्री केपी शर्मा ओलीको भारतको राजकीय भ्रमणका वीरगन्ज काठमाडौं रेल मार्ग निर्माणमा समझदारी बनेपछि तराईका जिल्लामा हुलाकी राजमार्गको प्रसंगमा अर्को गफ थपिएको छ । २०४७ सालयता निरन्तर गफको विषय बनिरहेको हुलाकी मार्गले गति लिन नसकिरहेका बेला तराईलाई काठमाडौंसँग जोड्ने अर्को महŒवाकांक्षी योजना पूरा हुनेमा भने सर्वत्र...बाँकी अंश →


परराष्ट्रमन्त्री ज्ञवाली चीन जाँदै

काठमाडौं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सोमबारबाट चीनको भ्रमण गर्ने भएका छन् । चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणमा ज्ञवाली चीन जान लागेका हुन् । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि नेपालबाट चीनमा हुन लागेको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो । ज्ञवालीको सो भ्रमणलाई प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीका रूपमा हेरिएको छ...बाँकी अंश →


आठराई पब्लिसकेशन माफी माग्दै किताब सच्याउन बाचा गर्यो

शमशाद आदिल केयर खबर संवाददाता- काठमांडौ आठराई पब्लिसकेशन द्वारा प्रकाशिक कक्षा सातको सामान्य ज्ञानमा इस्लाम धर्मको संस्थापक भन्दै मोहम्मद (स.अ.व.) फ़ोटो छापेमा मुस्लिम समुदाय द्वारा बिरोध भई रहेको बेला पब्लिसकेशनले भुलबस छापिन गएको जानकारी गराउदै माफी मांगेको छ । इस्लामी संघ नेपालका राष्ट्रीय अध्यक्ष खुर्शीद आलम इस्लाहिले आफ्नो कार्यालयमा बोलाई...बाँकी अंश →


‘भारतले संविधान स्वीकार गरेकामा खुशी व्यक्त’

विराटनगर, २९ चैत (रासस): नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले भारतले नेपालको संविधानलाई स्वीकार गर्नु खुशीको कुरा भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधान बनाउने अधिकार नेपाली जनता र राजनीतिक पार्टीको भएकाले प्रधानमन्त्री केपी ओलीको हालै भएको भारत भ्रमणमा यस विषयमा कुरा नउठ्नुले संविधान सर्वस्वीकार्य...बाँकी अंश →


घुस लिएको आरोपमा नापी अधिकृत पक्राउ

काठमाडौँ, २९ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय उदयपुरका नापी अधिकृत श्यामबाबुप्रसाद साहले रु ५० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । आयोगका प्रवक्ता दीर्घराज मैनालीका अनुसार गाइघाटस्थित जग्गाको नक्सा सुधार गर्ने कार्यमा नापी अधिकृत साहले घुस मागेको आरोप लगाएको छ । आरोपी शाहलाई नापी कार्यालय...बाँकी अंश →


१९ वर्षपछि मेलम्ची सपना पूरा , दसैंमा मेलम्चीको पानी राजधानीवासीको धारामा

दिनेश थापा / सिन्धुपाल्चोक बहुचर्चित मेलम्चीको पानी अब छिट्टै नै राजधानीवासीले पिउन पाउने भएका छन् । मेलम्ची खानेपानी आयोजना सुरु भएको १९ वर्षपछि अब राजधानीवासीले मेलम्चीको पानी खान पाउने भएका हुन् । आयोजनाको मुख्य सुरुङमार्गको काम सकिए लगतै अबको केही महिनाभित्र मेलम्चीको पानी राजधानीवासीको घरघरमा पुग्नेछ । खानेपानी आयोजनाको मुख्य...बाँकी अंश →


स्वास्थ्य क्षेत्रमा अनुसन्धानको दायरा बढाउन जोड

काठमाडौँ, २८ चैत (रासस): स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले देश नयाँ संरचनामा गएकाले सोहीअनुसार स्वास्थ्यमा अनुसन्धानको दायरा बढाउनुपर्ने खाँचो भएको बताउनुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा आजदेखि यहाँ शुरु भएको चौथो ‘स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन’लाई सम्बोधन गर्दै राज्यमन्त्री अर्यालले भन्नुभयो, ‘‘स्वास्थ्यको सम्पूर्ण बजेटको २ प्रतिशत अनुसन्धानका लागि छुट्टयाउनु...बाँकी अंश →


युद्धका घाउमा मलहम लगाउन थबाङ आर्थिक क्रान्तिमा होमिँदै

लिबाङ, रोल्पा, २८ चैत (रासस) ः सधैँ राजनीतिक क्रान्तिका नामले चिनिँदै आएको थबाङ युद्धका घाउमा मलहम लगाउन भन्दै अबका दिनमा आर्थिक क्रान्तिमा होमिने भएको छ । बन्दुकले कृषकको जीवनस्तरमा कुनै किसिमको परिवर्तन नआएपछि कुटो, कोदालो, हँसिया र फरुवा बोकेर त्यहाँका कृषक आर्थिक क्रान्तिमा होमिएका हुन् । थबाङ गाउँपालिकाको कार्यालय रोल्पाले...बाँकी अंश →


प्रहरी महानिरीक्षकमा सर्वेद्र र सशस्त्र महानिरीक्षकमा शैलेन्द्र नियुक्त

काठमाडौँ, २७ चैत रासस: सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा शैलेन्द्र खनाललाई बढुवा नियुक्ति गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उहाँहरुलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । राज्यमन्त्री...बाँकी अंश →


उपत्यकामा मोनो र मेट्रो रेल पाँच वर्षभित्रै, तीन मार्गबाट उत्तर–दक्षिण रेल

काठमाडौं सत्तासीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेपालमा पाँच वर्षभित्र तीन रेलमार्ग सम्पन्न गर्ने लक्ष्य लिएका छन् । साथै १० वर्षभित्र अन्य तीन रेलमार्ग सम्पन्न गर्ने योजना बनाएका छन् । ती रेलमार्गहरू सम्पन्न गर्न १० वर्षका लागि १४ खर्ब रुपैयाँ बजेट लाग्ने अनुमानसमेत गरेका छन् । ७ माघमा सरकारका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter