०३ चैत २०८२

मुख्य खबर

काँग्रेसभित्र पारदर्शीता आवश्यकः नेता सिटौला

इनरुवा, २ वैशाख (रासस): नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्र पादर्शीताको आवश्यकता रहेको बताउनुभएको छ । काँग्रेस सुनसरीले आइतबार सदरमुकाम इनरुवामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्र पादर्शीता भयो भने पार्टी आफैँ अगाडि बढ्ने बताउनुभयो । उहाँले पार्टीलाई सबै कार्यकर्ताले थाहा पाउने गरी पादर्शी बनाउनुपर्ने, लोकतान्त्रिकीकरण गर्नुपर्ने बताउनुभयो ।...बाँकी अंश →


बिपी राजमार्गको दायाँबायाँ १५÷१५ मिटर कायम हुने

सिन्धुली, २ वैशाख (रासस) : बिपी राजमार्गअन्तर्गत सिन्धुलीमा पर्ने सडकखण्डको दायाँबायाँ २५÷२५ मिटरबाट १५÷१५ मिटर बनाइने भएको छ । कमलामाई नगर कार्यपालिकाको महत्वपूर्ण निर्णयमध्ये बिपी राजमार्गको क्षेत्राधिकार घटाउने निर्णय पहिलो प्राथमिकतामा रहेको कार्यपालिकाका प्रवक्ता कर्ण घिसिङले जानकारी दिनुभयो । उक्त नगरपालिका वडा नं ७ को बुकापुलदेखि वडा नं ४ को...बाँकी अंश →


भक्तपुर औद्योगिक मेलामा ३ करोडको कारोबार

भक्तपुर । भक्तपुरको सल्लाघारीमा सञ्चालन भइरहेको चौथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा तीन करोडभन्दा बढीको व्यापार भएको छ । नयाँ वर्षको अवसरमा गत २३ चैतदेखि सञ्चालन भइरहेको मेलामा हालसम्म ६० हजारभन्दा बढीले अवलोकन गरेका र दैनिक उपभोग्य सामग्रीका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा तीन करोडभन्दा बढीको कारोबार भएको आयोजक...बाँकी अंश →


मलेसियाबाट ३० नेपालीको उद्धार

काठमाडौं– मलेसियास्थित नेपाली दूतावासले समस्यामा परेका ३० जना नेपालीको उद्धार गरी नेपाल फर्काएको छ । मलेसियाको ‘बुकिट जलिल’ घर फिर्ती केन्द्रमा रहेका उनीहरूलाई वैदेशिक रोजगार प्रर्बद्धन बोर्डको सहयोगमा एकतर्फी हवाई टिकट उपलब्ध गराएर दूतावासले बुधबार नेपाल फर्काएको हो ।समस्यामा परेकालाई लामो समयसम्म घर फिर्ती केन्द्रमा राख्दा शारीरिक तथा मानसिक समस्या...बाँकी अंश →


हुलाकी र रेल मार्ग निरन्तर गफको विषय

तुलसी भण्डारी / वीरगन्ज प्रधानमन्त्री केपी शर्मा ओलीको भारतको राजकीय भ्रमणका वीरगन्ज काठमाडौं रेल मार्ग निर्माणमा समझदारी बनेपछि तराईका जिल्लामा हुलाकी राजमार्गको प्रसंगमा अर्को गफ थपिएको छ । २०४७ सालयता निरन्तर गफको विषय बनिरहेको हुलाकी मार्गले गति लिन नसकिरहेका बेला तराईलाई काठमाडौंसँग जोड्ने अर्को महŒवाकांक्षी योजना पूरा हुनेमा भने सर्वत्र...बाँकी अंश →


परराष्ट्रमन्त्री ज्ञवाली चीन जाँदै

काठमाडौं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सोमबारबाट चीनको भ्रमण गर्ने भएका छन् । चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणमा ज्ञवाली चीन जान लागेका हुन् । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि नेपालबाट चीनमा हुन लागेको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो । ज्ञवालीको सो भ्रमणलाई प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीका रूपमा हेरिएको छ...बाँकी अंश →


आठराई पब्लिसकेशन माफी माग्दै किताब सच्याउन बाचा गर्यो

शमशाद आदिल केयर खबर संवाददाता- काठमांडौ आठराई पब्लिसकेशन द्वारा प्रकाशिक कक्षा सातको सामान्य ज्ञानमा इस्लाम धर्मको संस्थापक भन्दै मोहम्मद (स.अ.व.) फ़ोटो छापेमा मुस्लिम समुदाय द्वारा बिरोध भई रहेको बेला पब्लिसकेशनले भुलबस छापिन गएको जानकारी गराउदै माफी मांगेको छ । इस्लामी संघ नेपालका राष्ट्रीय अध्यक्ष खुर्शीद आलम इस्लाहिले आफ्नो कार्यालयमा बोलाई...बाँकी अंश →


‘भारतले संविधान स्वीकार गरेकामा खुशी व्यक्त’

विराटनगर, २९ चैत (रासस): नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले भारतले नेपालको संविधानलाई स्वीकार गर्नु खुशीको कुरा भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधान बनाउने अधिकार नेपाली जनता र राजनीतिक पार्टीको भएकाले प्रधानमन्त्री केपी ओलीको हालै भएको भारत भ्रमणमा यस विषयमा कुरा नउठ्नुले संविधान सर्वस्वीकार्य...बाँकी अंश →


घुस लिएको आरोपमा नापी अधिकृत पक्राउ

काठमाडौँ, २९ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय उदयपुरका नापी अधिकृत श्यामबाबुप्रसाद साहले रु ५० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । आयोगका प्रवक्ता दीर्घराज मैनालीका अनुसार गाइघाटस्थित जग्गाको नक्सा सुधार गर्ने कार्यमा नापी अधिकृत साहले घुस मागेको आरोप लगाएको छ । आरोपी शाहलाई नापी कार्यालय...बाँकी अंश →


१९ वर्षपछि मेलम्ची सपना पूरा , दसैंमा मेलम्चीको पानी राजधानीवासीको धारामा

दिनेश थापा / सिन्धुपाल्चोक बहुचर्चित मेलम्चीको पानी अब छिट्टै नै राजधानीवासीले पिउन पाउने भएका छन् । मेलम्ची खानेपानी आयोजना सुरु भएको १९ वर्षपछि अब राजधानीवासीले मेलम्चीको पानी खान पाउने भएका हुन् । आयोजनाको मुख्य सुरुङमार्गको काम सकिए लगतै अबको केही महिनाभित्र मेलम्चीको पानी राजधानीवासीको घरघरमा पुग्नेछ । खानेपानी आयोजनाको मुख्य...बाँकी अंश →


स्वास्थ्य क्षेत्रमा अनुसन्धानको दायरा बढाउन जोड

काठमाडौँ, २८ चैत (रासस): स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले देश नयाँ संरचनामा गएकाले सोहीअनुसार स्वास्थ्यमा अनुसन्धानको दायरा बढाउनुपर्ने खाँचो भएको बताउनुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा आजदेखि यहाँ शुरु भएको चौथो ‘स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन’लाई सम्बोधन गर्दै राज्यमन्त्री अर्यालले भन्नुभयो, ‘‘स्वास्थ्यको सम्पूर्ण बजेटको २ प्रतिशत अनुसन्धानका लागि छुट्टयाउनु...बाँकी अंश →


युद्धका घाउमा मलहम लगाउन थबाङ आर्थिक क्रान्तिमा होमिँदै

लिबाङ, रोल्पा, २८ चैत (रासस) ः सधैँ राजनीतिक क्रान्तिका नामले चिनिँदै आएको थबाङ युद्धका घाउमा मलहम लगाउन भन्दै अबका दिनमा आर्थिक क्रान्तिमा होमिने भएको छ । बन्दुकले कृषकको जीवनस्तरमा कुनै किसिमको परिवर्तन नआएपछि कुटो, कोदालो, हँसिया र फरुवा बोकेर त्यहाँका कृषक आर्थिक क्रान्तिमा होमिएका हुन् । थबाङ गाउँपालिकाको कार्यालय रोल्पाले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter