शुक्रबार, १४ बैशाख २०८१

आठराई पब्लिसकेशन माफी माग्दै किताब सच्याउन बाचा गर्यो

केयर ख़बरको माध्यमबाट पब्लिसकेशन ले सम्पूर्ण मुस्लिम समुदाय संग माफी मागेको छ

२९ चैत्र २०७४, बिहीबार २१:५७ मा प्रकाशित
  • शमशाद आदिल

केयर खबर संवाददाता- काठमांडौ

आठराई पब्लिसकेशन द्वारा प्रकाशिक कक्षा सातको सामान्य ज्ञानमा इस्लाम धर्मको संस्थापक भन्दै मोहम्मद (स.अ.व.) फ़ोटो छापेमा मुस्लिम समुदाय द्वारा बिरोध भई रहेको बेला पब्लिसकेशनले भुलबस छापिन गएको जानकारी गराउदै माफी मांगेको छ ।

इस्लामी संघ नेपालका राष्ट्रीय अध्यक्ष खुर्शीद आलम इस्लाहिले आफ्नो कार्यालयमा बोलाई उक्त कुरा बारे पूछताछ गर्दै पब्लिसकेशनको कार्य कदापि स्वीकार नभएको र जति सुकै निन्दा गरे पनि कम हुने जनाए। यही
क्रममा पब्लिसकेशन र लेखकले क्षमा मांग्दै पुनः सच्याउन बाचा गरेका हुन।

पब्लिसकेशनले बहाई धर्मको संस्थापक भन्दै इब्राहिम अलैहिस्सलामको र इस्लाम धर्मको संस्थापक भन्दै पैगम्बर मोहम्मद  को फ़ोटो छापेको थियो।
इस्लामी मूल्य मान्यता अनुसार मोहम्मद र इब्राहिम अल्लाह का सन्देस्टा हुन।धर्मको संस्थापक होइन। साथै उहाँ हरुको कुनै चित्र छैन।

केयर खबर निरन्तर यस बिषयमा पब्लिसकेशन संग सम्पर्कमा रही सकारात्मक परिवर्तनका लागि अग्रसर रहदै आएको छ।साथै केयर ख़बरको माध्यमबाट पब्लिसकेशन ले सम्पूर्ण मुस्लिम समुदाय संग माफी मागेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter