शुक्रबार, ०७ बैशाख २०८१

‘भारतले संविधान स्वीकार गरेकामा खुशी व्यक्त’

२९ चैत्र २०७४, बिहीबार २१:२८ मा प्रकाशित

विराटनगर, २९ चैत (रासस): नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले भारतले नेपालको संविधानलाई स्वीकार गर्नु खुशीको कुरा भएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधान बनाउने अधिकार नेपाली जनता र राजनीतिक पार्टीको भएकाले प्रधानमन्त्री केपी ओलीको हालै भएको भारत भ्रमणमा यस विषयमा कुरा नउठ्नुले संविधान सर्वस्वीकार्य बनेको प्रष्ट पार्नुभयो ।

नेता गच्छदारले आगामी वैशाख ७ गते बस्ने काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकबाट पार्टीमा खाली रहेका केन्द्रीय पदाधिकारी चुनिने बताउनुभयो । उहाँले विगतमा लोकतान्त्रिक फोरमसँग भएको सहमतिअनुसार कार्यकर्तालाई काँग्रेसमा सम्मानजनक सहभागिता हुने बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter