शनिबार, ०५ जेठ २०८१

काँग्रेसभित्र पारदर्शीता आवश्यकः नेता सिटौला

२ बैशाख २०७५, आईतवार १९:३८ मा प्रकाशित

इनरुवा, २ वैशाख (रासस): नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्र पादर्शीताको आवश्यकता रहेको बताउनुभएको छ ।

काँग्रेस सुनसरीले आइतबार सदरमुकाम इनरुवामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्र पादर्शीता भयो भने पार्टी आफैँ अगाडि बढ्ने बताउनुभयो । उहाँले पार्टीलाई सबै कार्यकर्ताले थाहा पाउने गरी पादर्शी बनाउनुपर्ने, लोकतान्त्रिकीकरण गर्नुपर्ने बताउनुभयो ।

उहाँले काँग्रेसबिना देशको विकास सम्भव नभएका कारण देश विकास गर्न काँग्रेसको काँधमा थप बढी जिम्मेवारी आएको बताउनुभयो । नेता सिटौलाले संघ तथा प्रदेशसभा निर्वाचनमा पराजित हुँदैमा काँग्रेस कमजोर नभएको बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter