मङ्गलबार, ११ बैशाख २०८१

मुख्य खबर

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै बन्छ ः मन्त्री पण्डित

पोखरा, २ असार (रासस) ः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पोखरामा निर्माण भइरहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै समयमा सम्पन्न हुने बताउनुभएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आज निरीक्षण गर्दै उहाँले राष्ट्रिय गौरवको आयोजना भएकाले सरकार विमानस्थल निर्माणमा गम्भीर रहेको बताउनुभयो । निर्माणका बारेमा विभागीय मन्त्रीसँग समेत पोखरा...बाँकी अंश →


थप हवाई मार्ग उपलब्ध गराउन भारत सहमत

काठमाडौँ, २ असार (रासस) ः भारतले उडान सुरक्षाको अध्ययनपछि नेपाललाई थप चार हवाई मार्ग उपलब्ध गराउन सहमत भएको छ । नेपाल र भारतका हवाई अधिकारीबीच भएको तीन दिने छलफलका क्रममा सो सहमति भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । नेपाल र भारतबीच थप हवाई मार्ग उपलब्ध गराउने विषयमा भएको...बाँकी अंश →


जग्गा कारोबारीको सम्पत्ति छानबिन हुने

काठमाडौँ, २ असार (रासस) ः सरकारले वैज्ञानिक भू–उपयोग नीति र नयाँ ऐनको मस्यौदा तयारी गर्न पहिलोपटक राजधानीमा केही विज्ञसँग गोप्य र सरोकारवालासँग खुल्ला परामर्श शुरु गरेको छ । खेतीयोग्य जमिनलाई भू–माफियाले टुक्रा टुक्रामा विभाजन गर्ने र चर्को मूल्यमा घडेरीका नाममा पल्टिङ गरी बिक्री वितरण गरेका कारण जग्गाको वर्गिकरण गरी जमिनलाई...बाँकी अंश →


तराई मधेशमा अठार हजार जनता बराबर एक बैंक

काठमाडौँ, २ असार (रासस) ः तराई मधेशका जिल्लालाई सुगम मानिए पनि एउटै बैंक तथा वित्तीय संस्थाले तोकिएभन्दा बढी सेवाग्राहीलाई सेवा दिनुपर्ने अवस्था रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो एक प्रतिवेदनका आधारमा तराईका जिल्लामा एक बैंक तथा वित्तीय संस्थाले १७ हजार ९७३ जनालाई सेवा दिनुपर्ने पाइएको हो...बाँकी अंश →


काँग्रेस नयाँ ढंगले अगाडि बढ्नुपर्छ ः नेता पौडेल

काठमाडौँ, २ असार (रासस) ः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस नयाँ ढंगले अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको छ । नेपाली काँग्रेस पर्वत–काठमाडौँ सम्पर्क समितिको बालाजुमा नयाँ कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उहाँले काँग्रेसको सर्वसत्तावाद विरुद्ध लड्न काँग्रेस नयाँ ढंगले अगाडि बढ्नुपर्ने बताउनुभयो । “कम्युनिष्टहरुले काँग्रेसलाई अफ््यारो अवस्थामा पु¥याएका छन्,...बाँकी अंश →


बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्र्देशन

काठमाडौँ, २ असार (रासस) ः प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ । नेकपाको संसदीय दलको आज प्रधाननमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सबै क्षेत्रका जनता र प्रतिनिधिका...बाँकी अंश →


इदमा राष्ट्रपति र प्रमको शुभकामना

काठमाडौँ, २ असार (रासस)ः राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले एक शुभकामना सन्देश दिँदै सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधताबीच अनुपम सुदृढ एकता कायम...बाँकी अंश →


प्रदेश ५ ः बजेट रु २८ अर्ब

बुटवल, १ असार (रासस) ः प्रदेश ५ को सरकारले आव २०७५÷७६ का लागि रु २८ अर्ब नौ करोड तीन लाखको बजेट प्रस्तुत गरेको छ । प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री शंकर पोखरेलले बजेट सार्वजनिक गर्दै सरकारले कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य र भौतिक निर्माणलाई मुख्य...बाँकी अंश →


भ्रष्टाचार, तस्करी, अपराध र एकाधिकारको अन्त्यका लागि ठोस कदम

काठमाडौँ, १ असार (रासस)ः गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचार, तस्करी, अपराध र एकाधिकारको अन्त्यका लागि मन्त्रालयले ठोस कदम चालिसकेको बताउनुभएको छ । यहाँ आज मगर समुदायको पवित्र चाड भूमे (भूमिया) का उपलक्ष्यमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले जनताको रगत पसिनाबाट जम्मा भएको राजश्वको सदुपयोगका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । सोही अवसरमा...बाँकी अंश →


नेपालस्थित राष्ट्रसंघीय शरणार्थी नियोगमा नयाँप्रतिनिधि

काठमाडौँ, १ असार (रासस) ः नेपालस्थित शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर) की नवनियुक्त प्रतिनिधि बुश्रा हालेपोटाले आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उहाँ नेपाल आउनुभन्दा अगाडि उहाँ सोमालियास्थित राष्ट्रसंघीय शरणार्थी नियोगमा कार्यरत हुनुहुन्थ्यो । सो अवसरमा उहाँले नेपालले विभिन्न देशबाट आएका शरणार्थीका लागि...बाँकी अंश →


शिक्षा र विज्ञान क्षेत्रमा चिनियाँ सहयोग वृद्धिको अपेक्षा

काठमाडौँ, १ असार (रासस) ः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको प्रयोग गरी आर्थिक विकासको वातावरण तयार गर्नु नेपाल सरकारको उच्च प्राथामिकता रहेको बताउनुभएको छ । चीनको विज्ञान प्रविधि मन्त्रालय तथा युनान प्रान्तका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको निमन्त्रणामा कुन्मिङमा आयोजित पाँचौँ चाइना साउथ एशिया एक्प्रो र तेस्रो...बाँकी अंश →


युवाशक्ति ःपोखरेलका अध्यक्षतामा कार्यसमिति

काठमाडौँ, १ असार (रासस) ः नयाँ शक्ति पार्टी नेपाल निकट युवाशक्ति नेपालको राष्ट्रिय युवा अभियानको विशेष संघीय भेलाले रमेश पोखरेलको अध्यक्षतामा ६० सदस्यीय कार्यसमिति गठन गरेको छ । भेलाले उपाध्यक्षमा भीम पराजुली, नीरज प्रधान, रामकृष्ण जैसी, राजेश विद्रोही, ज्ञानु खतिवडा र रञ्जितकुमार चौधरी तथा महासचिवमा घमनसिंह गुरुङ चयन गरेको छ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter