आइतबार, २३ बैशाख २०८१

पार्टी नेतृत्वलाई एक हुन जिल्ला सभापतिको आह्वान

७ असार २०७५, बिहीबार २३:१३ मा प्रकाशित

हेटौंडा, ७ असार (रासस) ः नेपाली काँग्रेसका जिल्ला सभापतिहरूले नेतृत्वलाई मन, वचन र कर्मले एक हुन आह्वान गर्नुृभएको छ ।

यहाँ आज साँझ आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जिल्ला सभापतिको राष्ट्रिय भेलामा साँझसम्ममा बोल्ने ७७ मध्ये ७४ सभापतिले पार्टीको नेतृत्वमा सधैँ पार्टी एक ढिक्का बनाउन आत्मादेखि प्रतिबद्धता हुनुपर्नेमा जोड दिएको बताउनुभयो ।

उहाँले भेलाले संघीय प्रणालीअनुरुप प्रदेश, स्थानीय तह, वडामा पार्टी समिति स्थापना गर्न र विधिवत् अधिवेशन गराई निर्वाचन गराउन महासमिति र केन्द्रीय समितिको बैठकले निर्णय गरी विधान पारित गराउन सुझाव दिएको जानकारी दिनुभयो ।

सभापतिका सुझावलाई अभिलेखमा उतारी विधानको मस्यौदा तर्जुमा गर्न कार्यदल बनाइने भएको छ । प्रवक्ता शर्माले केही जिल्ला सभापतिले धर्मनिरपेक्षतालाई पुनः आत्मसमीक्षा गर्न सुझाव दिएको जानकारी पनि दिनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter