०३ चैत २०८२

मुख्य खबर

वैदेशिक लगानी प्रवद्र्धन गर्ने मौद्रिक नीति आउने अपेक्षा

काठमाडौँ, २६ असार ९रासस० ः आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजित बजेटका लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर यही साता नयाँ मौद्रिक नीति सार्वजनिक हुँदैछ । नेपाल राष्ट्र बैंकले विनियोजित बजेट, वर्तमान वित्तीय अवस्था र चालू आवको मौद्रिक नीति कार्यान्वयनको सकारात्मक तथा नकारात्मक अवस्थाको विश्लेषणका आधारमा आगामी आवका लागि मौद्रिक...बाँकी अंश →


भूमिहिन र सुकुम्बासीहरुको समस्या फेरी नदोहोरिने (कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल)

असार २६, काठमाडौं केयर खबर:  कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले फेरी नदोहोरिने गरी भूमिहिन र सुकुम्बासीहरुको समस्या समाधान गरिने बताएका छन् । आफ्नै कार्यकक्ष सिंहदरवारमा कास्की जिल्लाबाट आएका अखिल नेपाल सुकुम्बासी संघका प्रतिनिधि मण्डलको ज्ञापन पत्र बुझ्दै मन्त्री खनालले संविधानले नै एक पटकका लागि भूमिहिन र सुकुम्वासीलाई...बाँकी अंश →


पदमुक्त भएका कर्मचारीहरु

काठमाडौँ  केयर खबर : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मिति २०७५।३।२१ को पत्रमा (संलग्न) उल्लेख भए अनुसार नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७५।३।२० को निर्णयले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका सिलसिलामा निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता लागू भएको मिति २०७४।५।१४ उपरान्त वर्तमान सरकार गठन हुनुभन्दा अगाडी नेपाल सरकारका...बाँकी अंश →


बालश्रमविरुद्धको गुरुयोजना पारित

काठमाडौँ, २५ असार (रासस) ः आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बालश्रमविरुद्धको गुरुयोजना पारित गरेको छ । गुरुयोजनाले अब कुनै पनि क्षेत्रमा बालश्रमको प्रयोग गर्न नपाउने प्रावधान राखेको छ । गुरुयोजनाअनुसार घरेलु बालश्रम, बाल भरिया, कृषि बालश्रम, लागूपदार्थ संकलन तथा बेचबिखन, बुनाई बालश्रम, इँटाभट्टाको बालश्रम, खानी क्षेत्रको बालश्रम, मनोरञ्जन क्षेत्रको बालश्रम (यौन...बाँकी अंश →


उपकुलपति कोइरालाले अनुमति नलिएको स्पष्ट

काठमाडौँ, २५ असार (रासस) ः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले प्रचलित कानूनबमोजिम विदेश जाने अनुमति नलिएको स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले उपकुलपति कोइरालालाई क्यानाडामा आयोजित कार्यक्रममा जान रोक लगाएको विषयमा विज्ञप्तिमार्फत सरकारको धारणा सार्वजनिक गर्दै प्रचलित कानूनबमोजिम त्यसरी विदेश...बाँकी अंश →


विकास र समृद्धिका लागि जगबाटै सुधार गर्नुपर्छ ः प्रधानमन्त्री

काठमाडौँ, २३ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि जगबाटै सुधार गर्नु पर्ने बताउनुभएको छ । प्रदेश नं २ का सांसदहरुसँग आज बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले समृद्धिको बाटोमा अघि बढ्नका लागि आर्थिक आधार तयार गर्नुपर्ने बताउनुभयो । प्रदेश नं २ का नेकपाका सांसदहरुले त्यहाँको विकास,...बाँकी अंश →


मुस्लिम समुदायको मुद्दा बारे संगठनहरुको आन्दोलन

शमशाद आदिल, केयरखबर आज असाढ़ २३ गते राष्ट्रीय मुस्लिम संघर्ष गठबन्धनको केंद्रीय कार्यालय बागबज़ारमा बसेको सचिवालय समितिको बैठकले अधिवेशनको लागि संरक्षक समितिलाई गृहकार्य गर्न अह्राएको छ ।साथै सचिवालयको बैठकले सशक्त आन्दोलनको लागि पनि तयारी गरी रहेको गठबन्धनका प्रवक्ता मोहम्मद शाहिद अलिले जानकारी दिएका हुन ।जब गठबन्धनले अधिवेशनको कार्यविधि र बिधान...बाँकी अंश →


शेयर बजार ः अर्ब बढीको कारोबार

काठमाडौँ, २३ असार (रासस) ः धितोपत्र बजारमा यस साता रु एक अर्ब ३३ करोड ७३ लाख ३३ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार कूल १८४ कम्पनीको ४२ लाख ५४ हजार पाँच सय ५० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २८...बाँकी अंश →


पाँच एआइजीद्वारा राजीनामा

काठमाडौँ, २१ असार (रासस) ः सशस्त्र प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक (एआइजी)ले आज राजीनामा दिएका छन् । राजीनामा दिइनेहरुमा जानकीराज भट्टराई, सुबोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठले रहेको गृहमन्त्रालयले जनाएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पाँच एआइजीको राजीनामा गृहमन्त्रालयका निमित्त सचिव रामकृष्ण सुवेदीलाई बुझाउनुभएको हो ।...बाँकी अंश →


न्यायालयप्रति हस्तक्षेप नगर्न आग्रह

काठमाडौँ, २१ असार (रासस) ः नेपाल बार एशोसिएशनले न्यायपालिका र न्यायमूर्तिप्रति हस्तक्षेप नगर्न सबैमा आग्रह गरेको छ । बारका महासचिव खम्बबहादुर खातीले आज जारी गरेको प्रेस विज्ञप्तिमा अदालतबाट भएका आदेश र फैसलामा विभिन्न किसिमका अतिरञ्जित टीकाटिप्पणी गर्ने कार्य दिनानुदिन बढ्दै गएको भन्दै यसबाट न्यायपालिकाप्रति जनआस्था घट्ने जनाई न्याय सम्पादनमा कुनै...बाँकी अंश →


सार्वजनिक स्थानमा विरोध प्रदर्शनमा रोक लगाउनेविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ, २१ असार (रासस) ः सर्वोच्च अदालतमा केही सार्वजनिकस्थलमा सभा, जुलुस वा प्रदर्शनमा रोक लगाउने काठमाडौँ जिल्ला सुरक्षा परिषद्को निर्णय बदर गर्न माग गर्दै आज रिट निवेदन दायर गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र काठमाडौँ जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाई आज दायर...बाँकी अंश →


नयाँ सडक र दरबारमार्गमा स्मार्ट पार्किङ

काठमाडौँ, २१ असार (रासस) ः काठमाडौँ महानगरपालिका आगामी साउनदेखि पार्किङ व्यवस्थित गर्न स्मार्ट पार्किङ निर्माण प्रक्रियामा जाने भएको छ । काठमाडौँमा अव्यवस्थित पार्किङको समस्या व्यवस्थापन गर्न साउन पहिलो हप्तादेखि खरीद एकाइ प्रक्रियामा लगिने कामपाका सहप्रवक्ता नवराज ढकालले राससलाई जानकारी दिनुभयो । पहिलो चरणमा परीक्षणका रुपमा लगिने पार्किङको सुविधा नयाँ सडक...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter