शनिबार, ०५ जेठ २०८१

विकास र समृद्धिका लागि जगबाटै सुधार गर्नुपर्छ ः प्रधानमन्त्री

२३ असार २०७५, शनिबार २२:१५ मा प्रकाशित

काठमाडौँ, २३ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि जगबाटै सुधार गर्नु पर्ने बताउनुभएको छ ।

प्रदेश नं २ का सांसदहरुसँग आज बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले समृद्धिको बाटोमा अघि बढ्नका लागि आर्थिक आधार तयार गर्नुपर्ने बताउनुभयो । प्रदेश नं २ का नेकपाका सांसदहरुले त्यहाँको विकास, समृद्धि, शिक्षा, स्वास्थ्य, सामाजिक सुधार आदि जस्ता क्षेत्रमा उठाएका समस्याको बारेमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले प्रदेश नं २ को स्वरुप फेर्न यहाँका सांसद नै लाग्नु पर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले महिला हिंसा भएका ठाउँमा जनप्रतिनिधिले मिलापत्र गराउन खोज्नु बेठिक भएको बताउनुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । “यस किसिमका हिंसा मिलापत्रमा टुंगिदैनन् । यस्तो मुद्दामा मिलापत्र गराउन खोज्नेलाई पनि कारबाही हुन्छ”–प्रधानमन्त्री ओलीले भन्नुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter