शनिबार, २२ बैशाख २०८१

मुख्य खबर

‘सरकार सपना बाँड्नमै केन्द्रित भयो’

बाँके, ६ भदौ ,,   नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले वर्तमान सरकारको कार्य प्रगति सपना बाँड्ने मात्रै केन्द्रित भएको आरोप लगाउनुभएको छ । “पानीजहाज र रेलका सपना बाँडेर जनतालाई भुलाइरहेको छ”, महामन्त्री कोइरालाले भन्नुभयो । नेपाल महिला सङ्घ केन्द्रीय कार्य समितिले आज नेपालगञ्जमा आयोजना गरेको महिलाका लागि प्रदेश ५ को...बाँकी अंश →


कोषको यथार्थ मौज्दात रु ४१ अर्ब ३०

काठमाडौँ, ६ भदौ , सैनिक कल्याणकारी कोषको यथार्थ मौज्दात रु ४१ अर्ब २९ करोड ८२ लाख ४६ पुगेको छ । कोषद्वारा सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा कूल मौज्दातमध्ये रु पाँच अर्ब ५२ करोड ५७ लाख ८७ हजार विभिन्न आयोजनामा लगानीमा रहेको जानकारी दिइयो । नेपाली सेना संयुक्त राष्ट्रको आह्वानमा...बाँकी अंश →


आधुनिक शहर बनाउन गढवा छनोट

तुलसीपुर, ६ भदौ ,,शहरी विकास मन्त्रालयले तराई –मधेशमा सम्भावित नयाँ शहर बनाउन गढवा गाउँपालिकालाई छनोट गरेको छ । छनोटसँगै अब गाउँपालिकामा एकीकृत विकास गुरुयोजना सञ्चालन हुने भएको छ । तराई– मधेशमा नेपालका १५ आधुनिक शहर निर्माण गर्ने कार्यक्रममध्ये गढवा छनोट भएको र एकीकृत विकास गुरुयोजना कार्यक्रम लागू भएको गाउँपालिकाका अध्यक्ष...बाँकी अंश →


मलेसियाद्वारा चिनीया लगानीका तीन ठूला परियोजना रद्द

बेइजिङ, ५ भदौ ,, मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले करिब २२ अर्ब अमेरिकी डलरका चिनीया लगानीका तीनवटा परियोजना रद्द गर्ने पुष्टी गर्नुभएको छ । बेइजिङ भ्रमणका क्रममा चिनीया नेतृत्वलाई उक्त परियोजनाको ऋण रकम तिर्ने निश्चित नहुँदासम्म यस्तो लगानी स्वीकार नगरिने उहाँले बताउनुभयो । यी परियोजनामा मलेसियाको पूर्वी तटबाट दक्षिणी थाइल्यान्ड र...बाँकी अंश →


इरानको पहिलो लडाकू बिमान सार्वजनिक

तेहरान, ५ भदौ ,,  इरानले तेहरानमा आयोजित प्रतिरक्षा प्रदर्शनीका अवसरमा मङ्गलबार पहिलो घरेलु लडाकू बिमान सार्वजनिक गरेको छ । राज्य नियन्त्रित टेलिभिजनले इरानी राष्ट्रपति हस्सन रौहानीलाई राष्ट्रिय प्रतिरक्षा उद्योगको प्रदर्शनीमा राखिएको नयाँ “कौसार” विमानको ककपिटमा बसेको देखाएको छ । यो चौथो पुस्ताको लडाकू बिमान हो । यस बिमानमा अत्याधुनिक उपकरणहरु...बाँकी अंश →


अर्बुदरोगी खोज्दै स्वास्थ्य अनुसन्धान परिषद्

काठमाडौँ, ५ भदौ ,,    उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सबै प्रदेशमा जनशक्ति, उपकरण र औषधिको अभाव हुन नदिइने बताउनुभएको छ । नेपाल अनुसन्धान परिषद्द्वारा ‘स्वास्थ्यका नीति तथा कार्यक्रममा स्वास्थ्य अनुसन्धानबाट प्राप्त तथ्यको समावेश’सम्बन्धी कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले आधारभूत स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकार कार्यान्वयन गर्न सरकार...बाँकी अंश →


जग्गाधनीपुर्जाबाट वञ्चित

बर्दिया, ५ भदौ ,,  पश्चिम नेपालको पुरानो बजार राजापुर नगरपालिकामा बसोबास गर्दै आएकाहरुले स्थानीय बसोबास भएको ७५ वर्ष भैसक्दा पनि स्थानीय जग्गाधनी पूर्जा पाउनबाट मानिसहरु वञ्चित भएका छन् । पूर्जा वितरण कायमै राख्न त्यससम्बन्धी समितिको म्याद थप्न गर्न उद्योग वाणिज्य संघ प्रतिनिधिमण्डलले भूमि व्यवस्थापन, कृषि तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीलाई...बाँकी अंश →


आर्थिक वृद्धिदर ८ प्रतिशत घट्दैनः नेराबैँ

काठमाडौँ, ५ भदौ ,,   नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७५÷ ७६ मा आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुनेमा आशङ्का नगर्न संसदीय समितिलाई आश्वस्त तुल्याएको छ । प्रतिनिधिसभा, आर्थिक समितिको आजको बैठकमा बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पछिल्ला दुई वर्षमा कृषि, उद्योग र सेवा क्षेत्रमा भएको आर्थिक वृद्धिदरको विश्लेषणपछि गरिएको...बाँकी अंश →


प्रदूषणबाट पीडितले क्षतिपूर्ति पाउने

काठमाडौँ, ५ भदौ , नेपालको संविधानले व्यवस्था गरेबमोजिम अब प्रदूषणबाट पीडित व्यक्तिले तोकिएबमोजिम क्षतिपूर्ति पाउने भएका छन् । त्यसको लागि सरकारले वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानूनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था गर्न ‘वातावरण संरक्षण ऐन, २०५३ मा आवश्यक संशोधन गर्ने तयारी थालेको छ । पीडितलाई प्रदूषकबाट क्षतिपूर्ति पाउने...बाँकी अंश →


एचआइभी संक्रमितलाई उपचार खर्च

उर्लाबारी, मोरङ, ५ भदौ ,,  मिक्लाजुङ गाउँपालिकाले एचआइभी संक्रमितलाई उपचार खर्च उपलब्ध गराउने भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले सिफारिश गरी एआरटी औषधि खाँदै गरेका संक्रमितलाई वार्षिक रु १० हजार उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ । सोमबर बसेको गाउँपालिकाको २८औँ कार्यपालिका बैठकले सो निर्णय गरेको गाउँपालिकाका प्रवक्ता एवं...बाँकी अंश →


पाकिस्तानका विदेशमन्त्रीद्वारा भारतसँग वार्ताको आग्रह

इश्लामावाद, ४ भदौ ,,   पाकिस्तानका नवगठित सरकारका विदेश मन्त्रीले सहमति नभएसम्म नछोड्ने निरन्तरको वार्तामा बस्न भारतसँग आग्रह गर्नुभएको छ । भारतसँगको शत्रुतापूर्ण सम्वन्धलाई अन्त्य गर्नेतर्फ पाकिस्तानको चासो रहने उहाँले विषेश जोडका साथ सोमबार बताउनुभयो । “हामी दुई छिमेकी मात्रै होइन, आणविक हतियार सम्पन्न शक्ति पनि हौँ,” पाकिस्तानका नयाँ विदेश मन्त्री...बाँकी अंश →


प्रकाण्ड’लाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ, ४ भदौँ ,,  सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ । न्यायाधीश इश्वर खतिवडाको एकल इजलासले आज विश्वकर्मालाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र उपस्थित गराउन आदेश जारी गरेको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter