शनिबार, २२ बैशाख २०८१

मुख्य खबर

देवानी फौजदारी संहिता २०७४ संशोधनको माग

काठमाडौँ, ७ भदौ ,,   भदौ १ गतेदेखि लागु भएको मुलुकी (फौजदारी) संहिता २०७४ र मुलुकी (देवानी) संहिताका केही प्रावधानहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग बाझिने देखिएकाले यसलाई तत्काल संशोधन गर्नुपर्ने माग गरिएको छ । नेपाल पत्रकार महासङ्घद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा सहभागी वक्ताहरुले सो माग गरिएको हो । सो अवसरमा...बाँकी अंश →


छोराछोरी नपढाए पच्चीस हजारसम्म जरिवाना

काठमाडौँ, ७ भदौ ,,    के तपाईंले आफ्ना छोराछोरीलाई कुनै कारणले पढ्नबाट वञ्चित गर्नुभएको छ ? यदि छ भने तपाईंलाई राज्यले कसुरदार ठहर गरी जरिवाना र सजाय दिनेछ । संविधानको धारा ३१ को शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि नेपाल सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको “अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न...बाँकी अंश →


आचारसंहिताई व्यवहारमै कार्यान्वयन गर्न माग

काठमाडौँ, ७ भदौ ,,   फौजदारी तथा देवानी संहितामा प्रेससँग सम्बन्धित केही बुँदा सच्याउन आग्रह गरिएको छ । प्रेस काउन्सिल नेपाल र नेवाः पत्रकार राष्ट्रिय दबूले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रममा सञ्चार क्षेत्रका जानकारले सार्वजनिक स्थानमा फोटो खिच्दा, रेकर्ड गर्दा अनुमति लिनुपर्नेलगायतका बुँदाहरु प्रेस स्वतन्त्रता विरुद्ध...बाँकी अंश →


प्रकाण्ड पुनः पक्राउ

काठमाडौँ, ७ भदौ ,,   नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई प्रहरीले पुनः पक्राउ गरेको छ । आज सर्वोच्च अदालतले प्रवक्ता प्रकाण्डलाई छाड्न आदेश दिएलगत्तै भोजपुर जिल्लामा भएको बम विष्फोटको घटनामा समेत संलग्न रहेको भन्दै उहाँलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।...बाँकी अंश →


सिबिटी परीक्षा शुक्रबारदेखि

काठमाडौँ, ७ भदौ ,,   रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियामा काम गरी फर्केका नेपालीलाई पुनः रोजगारीको अवसर प्रदान गर्न दोस्रो चरणको कम्प्युटरमा आधारित भाषा विशेष परीक्षा (सिबिटी) शुक्रबारदेखि शुरु हुँदैछ । परीक्षाको सम्पूर्ण तयारी सम्पन्न भएको वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो । दोस्रो...बाँकी अंश →


प्रधानन्यायाधीशमा मिश्र सिफारिश

काठमाडौँ, ७ भदौ ,,   संवैधानिक परिषद्ले कायमुकामम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशमा आज सिफारिश गरेको छ । परिषद्को आजको बैठकले सो सिफारिश गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो । तत्कालीन कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नामलाई संसदीय सुनुवाइ समितिले अनुमोदन नगरेपछि मिश्रले कामुको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।...बाँकी अंश →


काङ्ग्रेसको विधान मस्यौदा समिति गठन

काठमाडौँ, ७ भदौ ,, नेपाली काङ्ग्रेसले सङ्घीय संरचनाअनुसार पार्टीको विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न विधान संशोधन मस्यौदा समिति गठन गरेको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा, २४ (८) बमोजिम आज विधान संशोधन मस्यौदा समिति गठन गर्नुभएको हो । मुलुकको नयाँ सङ्घीय...बाँकी अंश →


‘टुरिजम स्याटेलाइट एकाउन्ट’ सञ्चालन गर्दै सरकार

काठमाडौँ, ७ भदौ,,  सरकारले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको ‘टुरिजम स्याटेलाइट एकाउन्ट’ राख्ने भएको छ । हवाई मार्गबाट आउने पर्यटकको मात्रै तथ्याङ्क राखिने गरेकोमा अबदेखि स्थलमार्गबाट आउने सबै पर्यटकको स्पष्ट तथ्याङ्क राखिन लागेको हो । आगामी महीनादेखि सो प्रणाली पूर्णरुपमा लागू हुनेछ । कुन स्थानमा कति पर्यटक पुगे, उनीहरुले के...बाँकी अंश →


रोजगारीको सिर्जना गर्न राज्यले प्रोत्साहन गर्नुपर्छ – अध्यक्ष दाहाल

काठमाडौँ, ७ भदौ ,,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले रोजगारीको सिर्जना गर्न राज्यले प्रोत्साहन गर्नुपर्ने बताउँनुभएको छ । इभेन्टस् एण्ड भेन्यू एशोसिएशन अफ नेपालको आठौँ वार्षिक साधारणसभाको आज यहाँ उदघाटन गर्दै उहाँले राज्यले अनावश्यकरुपमा व्यवसायीलाई नियन्त्रण गर्न नहुने र व्यवसायीले सरकारलाई तिर्नुपर्ने कर छल्न नहुने बताउनुभयो ।...बाँकी अंश →


सात दिनभित्र समस्या समाधानको उपाय पेश गर्नू’

काठमाडाँै, ६ भदौ ,,  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कार्यक्षेत्रमा देखिएका समस्या र समाधानको उपायसहित सात दिनभित्र प्रतिवेदन पेश गर्न मातहतका निकाय र प्रमुखलाई निर्देशन दिनुभएको छ । आव २०७४÷७५ को मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक समीक्षा कार्यक्रममा उहाँले भन्नुभयो, “कार्यसम्पादनका क्रममा हामी अझै पनि...बाँकी अंश →


साक्षर नेपाल घोषणा अभियानलाई सफल बनाउनुपर्छः शिक्षामन्त्री पोखरेल

महोत्तरी, भदौ ६,,   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बालबालिकालाई अनिवार्यरुपमा विद्यालय भर्ना गराउनका लागि सबैमा आग्रह गर्नुभएको छ । आज महोत्तरीको बर्दिवासमा ‘विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि’ विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा उहाँले विस २०८६ पछि आधारभूत शिक्षा नलिएको व्यक्तिले राज्यबाट कुनै सुविधा नपाउने हुँदा आजैबाट सबै बालबालिकालाई विद्यालयको...बाँकी अंश →


विश्वकर्मा अदालतमा उपस्थित हुनुपर्ने

काठमाडौँ, ६ भदौ,,   सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई बिहीबार १० बजे अदालतमा उपस्थित हुन भनेको छ । विश्वकर्मा ढिला गरी सर्वोच्च अदालतमा उपस्थित भएको हुँदा इजलास तोकेर बहस गर्ने समय नभएका कारण बिहीबार बिहान १० बजे अदालतमा उपस्थित हुन भनिएको सर्वोच्च अदालतका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter