शनिबार, २२ बैशाख २०८१

भीमदत्तनगरमा अनिश्चितकालीन कफ्र्यु, एकको मृत्यु, पाँच घाइते

९ भाद्र २०७५, शनिबार ००:२६ मा प्रकाशित

भीमदत्तनगर, ८ भदौ ,,   कञ्चनपुरको भीमदत्तनगरमा जारी आन्दोलनले उग्ररुप लिएपछि शुक्रबार राति ८ बजेदेखि अनिश्चितकालीन कफ्र्यु लगाइएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले कफ्र्यु आदेश जारी गरी अर्को आदेश नभएसम्मका लागि कफ्र्यु लगाएको जानकारी दिनुभयो । शुक्रबार बेलुकी एक्कासि आन्दोलन उग्र हुँदा प्रहरी र आन्दोलनकारीबीच झडपसमेत भएको थियो । यहाँको ट्राफिक चोकमा भएको झडपमा प्रहरीले गोली चलाउँदा भीमदत्तनगरपालिका–१८ का १४ वर्षीय सनी खुनाको मृत्यु भएको छ भने गोली लागेर घाइते भएका पाँच जनालाई महाकाली अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढीतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर स्रोतले जनाएको छ । स्थानीय प्रशासन र सुरक्षा निकायका अधिकारीहरुले मृतकको विषयमा धारणा व्यक्त गर्न मानेका छैनन् ।

शुक्रबार दिउँसोसम्म सामान्य बन्दै गएको भीमदत्तनगर एकाएक अशान्त बनेपछि पुनः प्रशासनले कफ्र्यु लगाएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । आन्दोलनका कारणस्थिति जटिल बनेपछि प्रशासनले बिहीबार पनि बेलुकी ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म कफ्र्यु लगाएको थियो ।

बालिका निर्मलाको गत साउन १० गते हत्या भएको थियो । उनको शव साउन ११ गते उखुबारीमा भेटिएयता कञ्चनपुरको भीमदत्तनगरमा चरणबद्ध आन्दोलन हँुदै आएको छ । घटनाको छानबिनका लागि गृहमन्त्रालयले गठन गरेको उच्चस्तरीय टोली शुक्रबार बिहान भीमदत्तनगर पुगेको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter