शनिबार, ०५ जेठ २०८१

सैनामैनामा ऐतिहासिक मूर्ति भेटिए

९ भाद्र २०७५, शनिबार २३:१८ मा प्रकाशित

बुटवल, ९ भदौं ,,   पर्यटकीय गन्तव्यको रुपमा रहेको सैनामैनामा विभिन्न ऐतिहासिक तथा पुरातात्विक मूर्ति भेटिएको छ ।
बज्रयानी शाखाका योगी मानिएको उहाँको सबैभन्दा ठूलो मूर्ति बुटवल र सैनामैनाको सीमामा रहेको बौराहा खोलामा फेला परेको समाजसेवी अध्ययनकर्ता रामप्रसाद भट्टराइले जानकारी दिनुभयो ।
यी मूर्ति बुद्धकालीन हुन वा होइनन् भन्ने कुरा पुष्टि भइसकेको छैन ।
उहाँले त्यस बाहेक पाँचवटा साना मूर्ति स्थानीयवासीले भेटाएर सैनामैना नगरपालिका– १ स्थित सङ्ग्रहालयमा राखेको र कतिपय व्यक्तिले घरमा नै लगेर पूजा गरेर राखेको बताउनुभयो । भेटिएका सबै मूर्ति योग मुद्रामा रहेको बताइएको छ ।
उनलाई हिन्दू धर्मबलम्वीले मच्छ्रेनाथको रुपमासमेत मान्ने गरेको जिकिर गर्दै भट्टराइले बुटबलस्थित चारपाला सामुदायिक वनको जोगीटारमा धातुको सानो बुद्धको मूर्ति फेला परेको उल्लेख गर्नुभयो ।
प्राचीन शाक्यको कपिलवस्तु राज्यको भौगोलिक क्षेत्रभित्र पर्ने विभिन्न उत्पादनशील गाउँमध्ये सामगाम नामलाई नै कालान्तरमा सैनामैना भनिएको र मायादेवीले यहाँकी मैना नाम गरेकी रानीसँग सैना ९मितेनी० लगाएकोले सैनामैना भन्न थालिएको संस्कृतिविद डा गितु गिरीले लेख्नुभएको वृहद लुम्बिनी क्षेत्रका पर्यटकीय सम्पदा पुस्तकमा उल्लेख छ ।
सैनामैना नगरपालिकामा कालीदह, पर्रोहा परमेश्वर मन्दिर, काललोचन मन्दिर, मलमला मन्दिरलगायतका विभिन्न धार्मिक तथा ऐतिहासिक, सांस्कृतिक पर्यटनको सम्भावना रहेको बताइएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter