०४ चैत २०८२

मुख्य खबर

‘रेल परियोजनासम्बन्धी वार्ता सकारात्मक’

काठमाडौँ, १० भदौ ,,     नेपाल–चीन सीमापार रेल परियोजनासम्बन्धी वार्ता सकारात्मक दिशामा अघि बढेको छ । उक्त परियोजनाको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनबारे हालै चीनको सियानमा भएको द्विपक्षीय छलफल दुवै देशका सरकारको सहमतिमा विस्तृत अध्ययन गर्नेगरी सकारात्मक निष्कर्षमा टुङ्गिएको हो । चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेबाट शुरु भई केरुङ हुँदै नेपाल–चीन सिमाना...बाँकी अंश →


कर घटाउने तयारी

विराटनगर, १० भदौ ,,   नेपाली काङ्ग्रेसका नेता एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारले आफ्नो पार्टी विजयी भएका स्थानीय तहमा कर घटाउने तयारी भइरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अत्यधिकरुपमा लगाइएको करका कारण जनताले विभिन्न समस्या झेल्नु आरोप लगाउनुभयो । गच्छदारले काङ्ग्रेसबाट विजयी भएका नगरपालिका...बाँकी अंश →


विश्वकर्मालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

काठमाडौँ, १० भदौ ,,   सर्वोच्च अदालतले नेत्रविक्रम चन्द निकट नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई २४ घण्टाभित्र उपस्थित गराउन सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले विश्वकर्मालाई २४ घण्टाभित्र उपस्थित गराई महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्न गृह मन्त्रालयलाई आदेश दिएको अदालतका सहप्रवक्ता...बाँकी अंश →


खाद्य अधिकारसम्बन्धी विधेयक २०७५ स्वीकृत

काठमाडौँ, १० भदौ ,,  सङ्घीय संसद् प्रतिनिधिसभाले खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५ सर्वसम्मतिले स्वीकृत गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले विधेयक प्रस्तुत गर्नुभएको थियो । विधेयकको सैद्धान्तिक छलफलमा भाग लिनुहुँदै सांसदहरुले खाद्यको पोषण मापदण्ड तोकिनु पर्ने, भोकमरीबाट कोही पनि मर्न नहुने, खाद्य अधिकारको परिभाषा तोकिनु पर्ने, सिँचाइ सेवा...बाँकी अंश →


इरानका अर्थमन्त्रीमाथि अभियोग

तेहरान, १० भदौ ,,   अर्थतन्त्रमा एकपछि अर्को सङ्कट खेप्नु परेको इरानको संसदले अर्थमन्त्री मसूद कार्बासिएनलाई अर्थतन्त्र खस्किदै गएको भन्दै आइतबार अभियोग लगाएको छ । कार्बासिएनलाई अभियोग लगाउने प्रस्तावमाथि संसदमा भएको मतदानमा प्रस्तावको पक्षमा १३७ जना र विपक्षमा १२१ जनाले मतदान गरेका थिए भने दुई जना अनुपस्थित भएका थिए । राष्ट्रपति...बाँकी अंश →


मन्त्री पुनलाई प्रश्न ? महिना दिनमै किन पड्कन्छ ट्रान्सफर्मर

काठमाडौँ, १० भदौ ,,    “मन्त्रीज्यू पटक–पटक ट्रान्सफर्मर पड्कियो, जिल्लामा रहेको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रलाई आग्रह ग¥यो कुनै सुनुवाइ भएन, हामीले नियमित विद्युत् बाल्न नपाउने हो र रु” पाँचथरबाट सन्तोष नेपालीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई टेलिफोन गरेर गुनासो गर्नुभयो । मन्त्री पुनले नियमित टेलिफोनमा गुनासो सुन्ने र...बाँकी अंश →


बैंकमा तालाबन्दी

जनकपुरधाम, १० भदौ ,,   प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जनकपुरस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा तालाबन्दी गर्नुभएको छ । प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरी भदौ १० गते रक्षा बन्धनका दिन बिदा घोषणा गरे पनि सङ्घीय सरकार मातहतका कार्यालयले अवज्ञा गर्न...बाँकी अंश →


पर्यटकीय गन्तव्यका लागि गुरुयोजना

काठमाडौँ, १० भदौ ,,   सरकारले सीमित क्षेत्रमा केन्द्रिकृत भएको पर्यटन गतिविधिलाई विस्तार गर्ने उद्देश्यका साथ सातवटै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्य छनोट गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातै प्रदेशमा पर्नेगरी नमूना पर्यटन गन्तव्य पहिचान गरी पर्यटन विकास क्षेत्र निर्माणको गुरुयोजना तयार गरेको हो । पर्यटन मन्त्रालयले हालै...बाँकी अंश →


अझै व्यवस्थित भएन सेमेस्टर प्रणाली

काठमाडौँ, १० भदौ ,,  पर्वतका मनहरी शर्मा सेमेस्टर प्रणाली अन्तर्गत त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा पढ्न थालेको तीन वर्ष पुग्न लाग्यो । दुई वर्षमा सकिने भनेको स्नातकोत्तर तहको अध्ययन अहिलेसम्म नसकिँदा उहाँ निकै चिन्तित हुनुुहुन्छ । हाल उहाँ अंग्रेजी विषयमा स्नातकोत्तर गर्दै हुुनुहुन्छ । शुरुमा भर्ना हुँदा उहाँमा ठूलो उमंग र उत्साह...बाँकी अंश →


फौजदारी र देवानी संहिताका कमजोरी हटाइनुपर्छ ,, डा भट्टराई

काठमाडौँ, १० भदौ ,,   प्रतिनिधिसभाका सदस्य डा बाबुराम भट्टराईले फौजदारी र देवानी संहितामा भएका कमजोरी एवं त्रुटि सच्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको बैठकमा विशेष समय लिएर उहाँले विधेयकमा गम्भीर छलफल नगरी पारित गर्दा कार्यान्वयनका बेला समस्या आउने गरेकाले आवश्यकताबमोजिम बहस हुनुपर्नेमा जोड दिनुभयो । संसद्मा दर्ता भएका विधेयकमा...बाँकी अंश →


प्रेस स्वतन्त्रतालाई कुण्ठित बनाउने प्रावधान संशोधन हुनुपर्छ,, देउवा

काठमाडौँ, १० भदौ ,,   प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले फौजदारी एवं देवानी संहितामा रहेको प्रेस स्वतन्त्रतालाई कुण्ठित बनाउने प्रावधान संशोधनको प्रक्रिया अघि बढाउन माग गर्नुभएको छ । आजको बैठकमा विशेष समय लिएर नेता देउवाले प्रेस स्वतन्त्रताविना लोकतन्त्र सुदृढ हुन नसक्ने भएकाले कानून संशोधनको तयारी शुरु गर्न माग गर्नुभयो...बाँकी अंश →


साइबर सुरक्षा र प्रकोप नियन्त्रणमा सहयोग गरिने

काठमाडौँ, १० भदौ ,,   नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भौतिक पूर्वाधार, पर्यटन क्षेत्र, जलविद्युत् र कृषिमा आधारित उद्योगको विकासमा अमेरिकी सहयोग आवश्यक रहने बताउनुभएको छ । आफ्नो निवास खुमलटारमा अमेरिकी दक्षिण तथा मध्यएशिया मामिला उपसहायकमन्त्री एलिस जी वेल्ससँगको भेटमा उहाँले नेपाल सरकारका तर्फबाट लगानीको सुरक्षा गरिने...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter