शनिबार, ०८ बैशाख २०८१

अन्तर्वाता

पोखरा र कोरियाको ग्याङ्वोन प्रान्तबीच साझेदारी सम्झौता

चिप्लेढुङ्गा, २० भदौ  विश्व कार्वन फोरम २०१९ को अवसरमा पोखरा महानगरपालिका, दक्षिण कोरियाको ग्याङ्वोन प्रान्त र त्यहाँकै हरित टेक्नोलोजी केन्द्रबीच त्रीपक्षीय साझेदारी सम्झौता भएको छ । सम्झौता पत्रमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, ग्याङ्वोन प्रान्तको गभर्नर मुनसुन चोइ तथा केन्द्रका प्रमुख कार्यकारी निर्देशक क्युङ नाम सिनले हस्ताक्षर गर्नुभएको छ ।...बाँकी अंश →


नेपालगञ्ज–लखनऊ मैत्री बस सञ्चालन हुँदै

राँझा, १९ भदौ  भारतीय शहर लखनऊसम्म अब नेपालगञ्जबाट नेपाल–भारत मैत्री बस सञ्चालन हुने भएको छ । सरकारबाट अनुमति पाएको नेपालगञ्जस्थित भेरी यातायात प्रालिले भारतको उत्तरप्रदेश परिवहन निगमसँगको सम्झौताअनुसार भदौ २२ गतेदेखि नेपालगञ्ज–लखनऊ नेपाल–भारत मैत्री बस सेवा सञ्चालन गर्न लागेको हो । प्रालिका अध्यक्ष राजेन्द्र गिरीका अनुसार प्रत्येक दिन उत्तरप्रदेश परिवहन...बाँकी अंश →


सञ्चारमाध्यममा स्वनियमनलाई प्राथमिकता दिई आमसञ्चार ऐन ल्याइँदै

काठमाडौँ, १८ भदौ  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आमसञ्चारसम्बन्धी विधेयकमा सञ्चार क्षेत्रलाई नियन्त्रण नभई स्वनियमनमा बढी जोड दिइने जनाउनुभएको छ । संविधानतः व्यवस्था गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थामाथि सरकारका तर्फबाट कुनै बन्देज, सेन्सर वा उल्झन नहुने स्पष्ट पार्दै उहाँले लोकतन्त्र र प्रेसलाई सँगसँगै हिँडाउने मान्यतालाई आत्मसात् गरी नयाँ कानून...बाँकी अंश →


केन्द्रीय कार्यसमितिको बैठक बिहीबार

काठमाडौँ, १८ भदौ  राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को केन्द्रीय कार्यसमितिको बैठक बिहीबार काठमाडौँमा बस्ने भएको छ । पशुपतिशम्शेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी) एकीकरणपछि पहिलोपटक बस्न लागेको उक्त बैठकले समान वैचारिक शक्तिसँगको एकता तथा सङ्गठन सुदृढीकरणका लागि छलफल गर्ने नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो...बाँकी अंश →


काउन्सिल विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत

काठमाडौँ, १३ भदौ  राष्ट्रियसभाको आजको बैठकले “नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । सो विधेयकमाथि उठेको सैद्धान्तिक प्रश्नको जवाफ दिनुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारितालाई नियन्त्रण गर्नेभन्दा पनि आमसञ्चारमाध्यमलाई सुरक्षित, मर्यादित र जिम्मेवार बनाउने उद्देश्यले काउन्सिल विधेयक ल्याइएको बताउनुभयो ।...बाँकी अंश →


प्रदेश स्वायत संस्था गठन विधेयक पारित

विराटनगर, ११ भदौ एक नं प्रदेश सभाको आजको बैठकले ‘प्रदेश स्वायत संस्था गठन गर्ने सम्बन्धमा बनेको विधेयक, २०७६’ पारित गरेको छ ।आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएकामा बैठकले सर्वसम्मतिले पारित गरेको यियो । उहाँले उक्त विधेयकले प्रदेशको विकास र संरचना निर्माण गर्न...बाँकी अंश →


प्रदेशसभाको बैठकबाट दुई विधेयक पारित

हेटौँडा, ११ भदौ  प्रदेश नम्बर ३ प्रदेशसभामा आज बसेको बैठकले दुई वटा विधेयकमाथि दफावार छलफल गरी बहुमतले पारित गरेको छ । पारित भएको विधेयकमध्ये प्रदेशमा सूचनाको हकको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेशभित्र राष्ट्रिय वनको संरक्षण गर्न बनेको विधेयक २०७६ रहेको छ । बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री...बाँकी अंश →


राप्रपा (संयुक्त) को निर्वाचन समिति गठन

काठमाडौँ, ११ भदौ  राप्रपा (संयुक्त) ले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई दृष्टिगत गरी नेता धु्रवबहादुर प्रधानको संयोजकत्वमा नौ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । उक्त समितिले सङ्घीय, प्रदेश र स्थानीय तहका उपनिर्वाचनका लागि तयारी गर्नाका साथै विभिन्न क्षेत्रका वस्तुगत अवस्था अध्ययन गरेर रणनीतिक कार्ययोजना तयार गर्नेछ ।सो...बाँकी अंश →


सभापति देउवाद्वारा उद्धार र राहतमा सहभागी हुन आग्रह

काठमाडौँ, ३० असार  ,,  नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकभर बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीका सबै सदस्य र शुभचिन्तकहरुलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गर्नुभएको छ । उहाँले आज एक विज्ञप्तिमार्फत पार्टीका सबै सदस्यलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गर्दै...बाँकी अंश →


किसानलाई वर्गीकरण गरी पहिचान गर्ने –कृषि मन्त्री खनाल

काठमाडौँ, २६ जेठ   ,,  कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रको दिगो विकासका लागि सरकारले किसानलाई वर्गीकरण गरेर योजना अघि सार्ने निर्णय गरेको बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले कृषिको दिगो विकासका लागि संसारभरी नै किसान वर्गीकरणको व्यवस्था रहेको उल्लेख गर्दै कृषिको दिगो विकासका लागि किसानको...बाँकी अंश →


इतिहास भजाएर मात्र जनताले विश्वास गर्दैनन् – काङ्ग्रेस नेता सिंह

सुर्खेत, २६ जेठ  ,,  नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले इतिहास भजाएर मात्रै काङ्ग्रेसलाई अब जनताले विश्वास नगर्ने बताउनुभएको छ । “काङ्ग्रेसले आफूलाई विधिअनुसार नचलाएमा, नयाँ संरचनामा नलगेमा र आन्तरिक कलह समाप्त नपारेसम्म जनताको मन जित्न सम्भव छैन्”, उहाँले भन्नुभयो, “इतिहासलाई भजाएर मात्रै हुँदैन, हामी आफू पनि सच्चिन तयार हुनुपर्छ ।”...बाँकी अंश →


लगानी सम्मेलनको दातासँग परामर्श बैठक

काठमाडौँ, २ माघ  ,,  नेपाललाई लगानीको आकर्षक गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी चैत १५ र १६ गते राजधानीमा आयोजना हुने ‘नेपाल लगानी सम्मेलन’बारे आज दातृ समूहसँग परामर्श बैठक भयो । सम्मेलन आयोजक समितिका संयोजक एवं अर्थमन्त्री डा युवराज खतिवडाको अध्यक्षतामा अर्थ मन्त्रालयमा भएको बैठकमा नेपालको विकासका द्विपक्षीय र बहुपक्षीय...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter