शनिबार, ०५ जेठ २०८१

हुरि पीड़ितलाई राहत वितरण गर्दै कन्फिडेन्स

२४ चैत्र २०७५, आईतवार ११:०५ मा प्रकाशित
आज पुरैनियाको हुरि पीड़ित ४५ घरपरिवार लाई कन्फिडेन्स नेपालले राहत वितरण गरेको छ ।
वारा को पुरैनीनियामा काठमाडौं बाट आर्थिक संकलन गरि ल्याएको २८हजार मूल्य बराबरको सामानहरू हुरि पीड़ितहरू हस्तांतरण गरेको हो। राहत स्वरुप प्रति घर एउटा प्लास्टिक बाल्टी,एउटा जग,एउटा स्टील कचौरा र दुई वटा स्टील प्लेट र एउटा स्टील कठरा वितरण गरेको कन्फिडेन्स नेपालका संयोजक शमशाद आदिलले बताए । राहत लिदै पीड़ित जैबुन निशाले हामीहरू लाई अहिले सब भन्दा बढ़ी किचेनको सामानको आवश्यकता छ जून की कन्फिडेन्सको राहत ले  सहयोग पुर्याएको छ।  बिद्यार्थीहरूले आफु पीड़ित हरूको दुःखमा सहयात्री भई किचेनको सामग्री उपलब्ध गराइ आवश्यकता परिपूर्ति गर्न सजिलो भएको हुरि पीड़ित सरफुल्लाह अंसारीले कुरा व्यक्त गरे।
 थोरै राहत भए पनि हामीले पीड़ित हरूको दुःखमा सहयात्री बन्ने अवसर पाएकोमा सन्तुष्टि प्राप्त गरेको कुरा कन्फिडेन्स नेपालका सदस्यहरूको भनाई थियो ।
राहत वितरणमा वितरक संस्थाको अब्दुल्लाह
 अंसारी , नुरुल्लाह अंसारी, नासिर मलिक,शाहिद अलि, सज्जाद आलम ,अफजल खान थिए।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter