शनिबार, ०५ जेठ २०८१

शिक्षा

संस्कृत पाठशालाको पढाइ नेपालमा, प्रमाणपत्र भारतमा

कुश्मा, पर्वत, २८ भदौ ,,    जिल्लाको एकमात्र संस्कृत पाठशालाको रुपमा परिचित गुप्तेश्वर वेदवेदाङ्ग संस्कृत पाठशालामा संस्कृतका विषय पठनपाठन गरिने भए पनि प्रमाणपत्रका लागि छिमेकी राष्ट्र भारत पुग्नुपर्ने बाध्यता रहेको छ । संस्कृत भाषा, शुक्ल, यजुर्वेद, ब्याकरण, वेद, आचारसंहिता, कर्मकाण्ड, अमरकोश, श्रीमद्भागवत गीतालगायतको उपल्लो तहले अध्ययन गर्ने पुस्तकको अध्ययन गरिँदै...बाँकी अंश →


शिक्षा दिवस मनाइँदै

काठमाडौँ, २३ भदौ ,,  ‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’ भन्ने नारासहित आज ३९आँै राष्ट्रिय शिक्षा दिवस तथा ५२आँै अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ । यस अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको अध्यक्षतामा गठित मूल समारोह समितिले विभिन्न उत्कृष्ट विद्यालय र शिक्षासेवीलाई पुरस्कृत गरिने...बाँकी अंश →


शैक्षिक गुणस्तर सुधारको कार्यक्रम सार्वजनिक

काठमाडौँ, २२ भदौ,,  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको नीति तथा कार्यक्रम, २०७५ को थालनी गरेको छ । राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको पूर्वसन्ध्यामा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ‘हामी सबैको प्रण, सामुदायिक विद्यालयको रुपान्तरण’ को नारासहित सो कार्यक्रमको घोषणा गर्नुभएको हो...बाँकी अंश →


शिक्षा क्षेत्रको विकासका लागि प्रदेश सरकार गम्भीर

कलैया, २२ भदौ ,,     प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषाकुमारी यादवले शिक्षा क्षेत्रको बिकासका लागि प्रदेश सरकारले ठोस योजनासहित अगाडि बढिरहेको बताउनुभएको छ । करैयामाई गाउँपालिका–८ देवनारायण गणिया आधारभूत प्रावि औनियामा आज आयोजित ‘बालबालिका विद्यालय बाहिर नरहेको’ सार्वजनिकीकरण कार्यक्रममा उहाँले शिक्षा क्षेत्रमा देखिएको बेथितीलाई समाधान...बाँकी अंश →


निजी विद्यालयको उपस्थितिमा निःशुल्क शिक्षा नीति लागू गर्ने चुनौती

काठमाडौँ, २२ भदौ ,,     कास्कीको पोखराबाट एक अभिभावकले शिक्षाविद् डा मनप्रसाद वाग्लेलाई गत साता टेलिफोन गरी सोधे, “संविधानमा आधारभूत तहसम्म निःशुल्क शिक्षा भनिएको छ तर, मैले सकी नसकी छोरालाई निजी विद्यालयमा पैसा तिरेर पढाएको छु । यसको उपचार के हुन्छ ?” समाजवाद उन्मुख संविधानको मर्मअनुसार अब निजी विद्यालय अस्तित्वमा...बाँकी अंश →


सामुदायिक विद्यालय कर्मचारीद्वारा आन्दोलन घोषणा

काठमाडौँ, २२ भदौ ,, विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समितिले पेशागत अधिकार, सेवासुविधा र सुरक्षाको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । विद्यालय कर्मचारी सङ्गठन नेपाल र नेपाल विद्यालय कर्मचारी युनियन मिली बनेको समितिले प्रेस विज्ञप्ति जारी गरी सरकारले आफ्ना माग बेवास्ता गरी सुनुवाइ नगरेको जनाउँदै विद्यालय कर्मचारीको श्रम...बाँकी अंश →


कपिलबस्तु जिल्लालाई साक्षर जिल्ला घोषणा गरिने तयारी

कपिलवस्तु २१ भदौ । कपिलबस्तुमा समाजिक विकास मंत्रालयको तर्फबाट कपिलबस्तु जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नाका लागि प्रदेश नं.५ को तर्फबाट एउटा कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा मुख्य अतिथिको रुपमा कृषि मंत्री चक्रपाणी खनाल,प्रदेश नं.५को समाजिक विकास मंत्री सुदर्शन बराल,शिक्षा अधिकारी,जिल्ला प्रमुख ,विधायक,राष्ट्रीय मदरसा संघ नेपाल को राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनी...बाँकी अंश →


फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने

काठमाडाँै, २१ भदौ ,,    शिक्षक सेवा आयोगले यसपटकदेखि फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने व्यवस्था गरेको छ । यही असोज ११ गतेदेखि हुने शिक्षकको परीक्षालाई मर्यादित बनाउन फारम भरेको जिल्लाबाट नभई फरक जिल्लाबाट परीक्षा दिनुपर्ने व्यवस्था गरेको आयोगका उपसचिव दामोदर आचार्यले जानकारी दिनुभयो । “परीक्षालाई विश्वसनीय र मर्यादित बनाउन...बाँकी अंश →


नेपाली भाषाको प्रयोग घट्दो ,, प्रतिवेदन

काठमाडौँ, २१ भदौँ ,,   राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भाषा आयोगले आज आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन बुझाउँदै संविधानको मर्मअनुसार राष्ट्रभाषा र मातृभाषाको नीति एवं प्रयोगका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले सो प्रतिवेदन बुझाउनुभएको हो । राष्ट्रपति भण्डारीले आयोगको कामका...बाँकी अंश →


त्रिविका केन्द्रीय विभाग स्वायत्त बनाउन सुझाव

काठमाडौँ, २० भदौ ,,   उच्चशिक्षा सुधार परियोजना कार्यान्वयन परिषद्ले त्रिभुवन विश्वविद्यालयका केन्द्रीय विभागहरुलाई स्वायत्त बनाउन सुझाव दिएको छ । त्रिवि स्वायत्ततासम्बन्धी नियम, २०६२ (संशोधन) लाई संशोधन गर्न गठित संशोधन प्रस्ताव मस्यौदा समितिले त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियासमक्ष आज संशोधन प्रस्तावको मस्यौदा पेश गरेको हो । संशोधन प्रस्ताव मस्यौदा तयारी...बाँकी अंश →


प्रज्ञा–प्रतिष्ठानद्वारा १०६ कृति प्रकाशन

काठमाडौँ, १९ भदौ ,,   नेपालका भाषा, साहित्य, संस्कृति, कला, दर्शन र इतिहासको अध्ययन अनुसन्धान, संरक्षण र सम्वद्र्धन गर्दै आएको नेपाल प्रज्ञा प्रतिष्ठानले चार वर्षमा विभिन्न भाषाका १०६ कृति प्रकाशन गरिसकेकोे छ । विसं २०१४ मा नेपाली साहित्य कला एकेडेमीका नामले स्थापित प्रतिष्ठानले आफ्ना ११ प्राज्ञिक विभागबाट ती कृति प्रकाशन गरेको...बाँकी अंश →


शिक्षा विधेयक संसद्मा

काठमाडौँ, १८ भदौ ,,  प्रतिनिधिसभाको आजको बैठकले “अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयक २०७५” माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । यस अघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक माथि विचार गरियोस भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गर्नुभएको थियो । “अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयक २०७५”...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter