आइतबार, १६ बैशाख २०८१

आर्थिक

चेपाङ बस्तीमा विद्यालय बनाउन जापानको सहयोग

हेटौँडा, १५ असोज  मकवानपुरमा विद्यालय बनाउन भन्दै जापान सरकारले रु एक करोड आर्थिक सहयोग गरेको छ । अति सीमान्तकृत समुदायको रुपमा रहेको चेपाङ बाहुल्य विकट राक्सिराङ गाउँपालिका–२ सरिखेतको कुडुलेमा रहेको प्रजा प्रगति आधारभूत विद्यालयको भवन बनाउन जापानी राजदूतावासले रु एक करोड सहयोग गर्ने सम्झौता गरेको हो । जापानी राजदूतावासका डेपुटी...बाँकी अंश →


बाघको आक्रमणमा मृत्यु भएकाका परिवारलाई १० लाख

धम्बोझी, १५ असोज  बाघको आक्रमणबाट मृत्यु भएका घरपरिवारलाई बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासनले रु १० लाख प्रदान गरेको छ । बाघको आक्रमणबाट मृत्यु भएका ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँका पहरिया थारूका परिवारलाई निकुञ्ज प्रशासनले क्षतिपूर्तिस्वरुप उक्त रकम दिएको होे । थारूका परिवारलाई निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल, नगर प्रमुख घननारायण श्रेष्ठ र...बाँकी अंश →


शेयर बजार ः दोहोरो अङ्कले बढ्यो

काठमाडौँ, १३ असोज  ः लगातार ओरालो लागेको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०.४२ विन्दुले बढेर एक हजार १३५.५६ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत ०.६८ विन्दुले बढेर २४७.०२ विन्दुमा पुगेको छ । नेप्से बढे...बाँकी अंश →


वर्षमा रु १७ लाख ५२ हजार राजश्व सङ्कलन

मिक्लाजुङ, १३ असोज  जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले एक वर्षको अवधिमा रु १७ लाख ५२ हजार राजश्व सङ्कलन गरेको छ । गत आव ०७५÷७६ को अवधिमा उक्त रकम राजश्व सङ्कलन गरिएको कार्यालय प्रमुख जनक तिम्सिनाले जानकारी दिनुभयो । ट्रक, बस, ट्र्याक्टर, जीप कार, मोटरसाइकललगायत तीन हजार पाँच वटा सवारीलाई कारवाही...बाँकी अंश →


बैतडीमा जैतुनखेतीको विस्तार गरिने

बैतडी, १३ असोज    स्याउका लागि प्रसिद्ध मानिएको बैतडीको सतबाँझमा जैतुनखेतीको विस्तार गरिने भएको छ । केही वर्षअघि सम्म प्रसिद्ध मानिएको सतबाँझमा गएको १२ वर्षयता देखि स्याउ फल्न छोडेको छ । स्याउका लागि निकै प्रसिद्ध रहेको सतबाँझमा जलवायु परिवर्तनका कारण पछिल्लो समयमा स्याउ उत्पादन हुन छोडेको हो । विसं २०१९...बाँकी अंश →


चार हजार पाँच सय किमी सडक निर्माण हुने : मन्त्री पण्डित

विराटनगर, १३ असोज  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मन्त्रालयअन्तर्गत नगर र गाउँपालिका केन्द्र जोडिने चार हजार पाँच सय किमी सडक सञ्जाल निर्माण कार्य अगाडि बढेको बताउनुभएको छ । विराटनगर बसपार्क व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित बडादशैँ, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा प्रहरी बिट र नागरिक सहायक...बाँकी अंश →


नीतिगत परिवर्तन गरी रूपान्तरित हुन निर्देशन

काठमाडौँ, १३ असोज  प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारण कोषलाई विगतको अनुदानको ढाँचाबाट परिवर्तन भई गरिबी निवारणसम्बन्धी काम गर्ने मन्त्रालय र निकायका लागि ‘थिङ्क ट्याङ्क’का रूपमा रूपान्तरित हुन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सम्पन्न कोषको बैठकमा प्रधानमन्त्री ओलीले प्राप्त रकमको सदुपयोग वा दुरुपयोग के भइरहेको छ...बाँकी अंश →


व्यासको स्याउका ग्राहक भारतीय सुरक्षाकर्मी

दार्चुला, १० असोज    व्यास गाउँपालिका–१ छांगरु गागास्थित जीतसिंह बोहराले लगाएको स्याउ अहिले बारीभरि लटरम्म फलेको छ । उहाँका ५५० बोटमा स्याउ फलेका छन् । केही स्याउ योपटक आएको असिना पानीका कारण नोक्सान भएको उहाँले बताउनुभयो । अझै यो वर्ष २० क्विन्टलको हाराहारीमा स्याउ बगँैचामा फलेको छ । “स्याउ पाक्ने...बाँकी अंश →


लहरे खेतीबाटै लखपति भए मामा भाञ्जा

भद्रपुर, १० असोज  झापाको अर्जुनधारा–५ मा साझेदारीमा कृषि फार्म खोलेका मामा भक्तबहादुर भुजेल र भाञ्जा निर्मल अधिकारी लहरे तरकारी खेती गरेरै लखपति बनेका छन् । उहाँहरुले फार्मको नाम पनि ‘मामा–भाञ्जा सिर्जनशील कृषि फार्म’ राख्नुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँघरमै बसेर आधुनिक खेती गर्नु उचित ठान्दै लहरे तरकारी खेतीमा होमिएको...बाँकी अंश →


विश्व बैंकको सहयोगः पूर्वाधार र क्षमता विकासलाई ५६ करोड

बलेवा, ९ असोज  बागलुङ नगरपालिकामा शहरी शासकीय क्षमता तथा पूर्वाधार सुधार कार्यक्रम सञ्चालन हुने भएको छ । विश्व बैंकको सहयोगमा शहरी शासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजनाले दोस्रो चरणको कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रम सञ्चालनका लागि आवश्यक तयारीको थालनी भएको आयोजनाका कायम मुकायम निर्देशक रोशन श्रेष्ठले जानकारी दिनुभयो...बाँकी अंश →


एघार सय घरधुरीलाई पुनःनिर्माणमा सहयोग

बनेपा, ९ असोज  भूकम्पपछिको पुनःनिर्माणको काममा सहयोग गर्दै आइरहेका कारितास नेपालले मण्डनदेउपुर नगरपालिका–१० स्थित चण्डेनीमण्डनमा एक हजार १११ घरधुरीलाई पुनःनिर्माणमा सहयोग गरेको छ । भूकम्प पुनःनिर्माण कार्यक्रमअन्तर्गत निजी आवास पुनःनिर्माण, खानेपानी सरसफाइ तथा स्वच्छता, जीविकोपार्जन र विपद् जोखिम न्यूनीकरणका साथै मनोसामाजिक सहयोग कार्यक्रम सञ्चालन गरेको सो संस्थाले जनाएको छ ।...बाँकी अंश →


चामल उद्योगलाई रु ५० हजार जरिवाना

बाँके, ९ असोज  मापदण्डविपरीत सञ्चालनमा रहेको नेपालगञ्ज खजुरा रोडस्थित शान्ति चामल उद्योगलाई रु ५० हजार जरिवाना गरिएको छ । स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा उद्योगले साइनबोर्ड, मूल्यसूची, उपभोग्य मिति, ब्याच नम्बर नराखेर कानूनविपरीत व्यवसाय सञ्चालन गरेको पाएपछि संयुक्त बजार अनुगमन टोलीले बुधबार तत्कालका लागि रु ५० हजार जरिवाना गराइएको वाणिज्य...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter