शनिबार, २२ बैशाख २०८१

आर्थिक

विचौलियाका कारण किसान मारमा

चितवन, १४ भदौ,,   किसानले उत्पादन गरेको अण्डा उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिशन लिने गरेको पाइएको छ । विचौलियाका कारण किसान र उपभोक्ता मारमा परेका छन् । लागत मूल्य पाउन किसानलाई मुस्किल परेको छ भने महँगो मूल्य तिर्न उपभोक्ता बाध्य छन् । किसानको फार्मबाट स्थानीय डिलरले अण्डा खरीद गर्छन् । त्यही...बाँकी अंश →


नेपालमा लगानीका लागि आग्रह

काठमाडौँ, १४ भदौ ,,    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेलायतका लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्नुभएको छ । बेलायती सरकारको दक्षिण एशिया विभाग निर्देशक ग्यारेथ बेलीसँग आफ्नो निवास खुमलटारमा भएको भेटमा उहाँले राजनीतिक परिर्वतनपछि नेपालमा आर्थिक समृद्धिको लहर आएको र राजनीतिक स्थायित्व कायम भएको बताउँदै नेपालमा...बाँकी अंश →


राष्ट्राध्यक्ष तथा सरकार प्रमुख राष्ट्रपति भवनमा

काठमाडौँ, १४ भदौ ,,   बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका लागि नेपाल आउनुभएका छवटै मुलुकका विशिष्ट पाहुनाहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवास प्रवेश गर्नुभएको छ । उहाँहरुलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले कार्यालयमा स्वागत...बाँकी अंश →


प्रधानमन्त्री ओली र बङ्गलादेशका प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, १४ भदौ ,,   प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा आज बिहान राजधानी आइपुग्नुभएका प्रधानमन्त्री हसिनासँग नेपाल–बङ्गलादेश सम्बन्धका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको...बाँकी अंश →


थाइल्याण्डका प्रधानमन्त्री काठमाडौँमा

काठमाडौँ, १४ भदौ ,,   बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा आज काठमाडौँ आइपुग्नुभयो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो । विशिष्ट पाहुना चान ओ चालाई नेपाली...बाँकी अंश →


बङ्गलादेशका प्रधानमन्त्रीको आगमन

काठमाडौँ, १४ भदौ ,,    बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना आज बिहान राजधानी आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो । विशिष्ट पाहुना हसिनालाई नेपाली सेनाको...बाँकी अंश →


बिम्स्टेक शिखर सम्मेलन आज

काठमाडौँ, १४ भदौ ,,   बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आज अपराह्न एक विशेष समारोहका बीच राजधानी आरम्भ हुँदैछ । प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्नुहुने कार्यक्रम छ । सम्मेलनमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार...बाँकी अंश →


‘सार्क र बिम्स्टेक मुलुकको सामाजिक–आर्थिक विकासका लागि महत्वपूर्ण’

काठमाडौँ, १३ भदौ ,,  प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासकालागि बंगालका खाडीको प्रयास (बिम्स्टेक) दुवै क्षेत्रीय सङ्गठन नेपालको सामाजिक–आर्थिक विकासका लागि महत्वपूर्ण सङ्गठन भएको बताउनुभएको छ । यही भदौ १४ र १५ गते राजधानीमा आयोजना हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनको...बाँकी अंश →


बिम्स्टेकलाई अनुभूत हुने उपक्षेत्रीय सङ्गठनका रुपमा विकास गर्ने प्रतिबद्धता

काठमाडौँ, १३ भदौ ,, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को १६औँ मन्त्रिस्तरीय बैठकले सङ्गठनलाई प्रभावकारी, परिणाममुखी र सदस्य देशका नागरिकलाई अनुभूत हुने उपक्षेत्रीय सङ्गठनका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । चौथो शिखर सम्मेलनको पूर्वसन्ध्यामा आज राजधानीमा सम्पन्न उक्त बैठकले सङ्गठनका सहायताका क्षेत्रहरुको प्राथमिकता...बाँकी अंश →


पश्चिम सेती जलविद्युत् आयोजना ,, द्विपक्षीय वार्ता निष्कर्षविहीन

काठमाडौँ, १३ भदौ ,,  पश्चिम सेती जलविद्युत् आयोजना प्रभावित क्षेत्रको पुनर्वास तथा पुनःस्थापना लगायतका विषयमा थप छलफल गर्नुपर्ने भएपछि नेपाली अधिकारी र चिनियाँ थ्री गर्जेजको उच्च प्रतिनिधिबीचको वार्ता बिनानिष्कर्ष सकिएको छ । मङ्गलबार र बुधबार राजधानीमा भएको द्विपक्षीय वार्तामा प्रभावित क्षेत्रको निजी तथा सरकारी जग्गाप्राप्तिको विषय जटिल रहेको भन्दै चिनियाँ...बाँकी अंश →


जियोमेट उपकरण बजारमा

इटहरी, १३ भदौ ,,  जियोमेट ट्रयाकिङ प्रणालीद्वारा सवारीसाधन र मानिसको गतिविधिसम्बन्धी यथार्थ जानकारी दिने उपकरण टेलिमेट्रिक्स टेक प्राइभेट लिमिटेडले बजारमा ल्याएको छ । शहरीकरणसँगै मानिसको जीवन व्यस्त बन्दै गएको तथा बढ्दो शहरीकरणले ल्याएको व्यस्ततामा थुप्रै आपराधिक क्रियाकलाप वृद्धि भइरहेका बेला यो प्रविधि बजारमा ल्याइएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी...बाँकी अंश →


बधशाला र मिटमार्ट निर्माण गरिने

दाङ, १३ भदौ ,,   तुलसीपुर उपमहानगरपालिकामा चालू आवमा आधुनिक बधशाला र मिटमार्ट निर्माण गरिने भएको छ । रु चार करोडको लागतमा बधशाला र मिटमार्ट निर्माण गरिनेछ । सो कार्यका लागि प्रदेश सरकारले रु दुई करोड तथा तुलसीपुर उपमहानगरपालिकाले रु दुई करोड विनियोजन गरेको नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter